[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. बालबालिकाको यौनिकता | Yaunik Media
  • २०८२ जेष्ठ ४, शनिबार
  • |
  • Saturday 17th May 2025
  • बालबालिकाको यौनिकता

    २५ फाल्गुन २०७४, शुक्रबार १५:२५

    बालबालिकाहरूले पनि यौन अनुभूति गर्छन र विभिन्न क्रयाकलामहरूबाट यौन आनन्द लिन्छन । उनीहरूलाई ठुला मानिसहरूले सिकाएका भन्दा बाहेक आफ्नै योजनामा खेल्दा धेरैजसो जसो खेलहरूमा कतै न कतै यौनिकताका हुने गर्छन । त्यो नै उनीहरूको लागि रमाइलो खेल हुन्छ ।

    बालमनोविज्ञ गुणकेशरी मिश्र बालबालिकाले लिने यौन आनन्दको बारेमा भन्नुहुन्छ “सबै बालबालिकाहरूले उमेर अनुसार विभिन्न माध्यमहरूबाट यौनआनन्द लिएका हुन्छन र यो कुनै हानिकारक होइन बरू स्वभाविक व्यवहार हो । अभिभावकहरूले यसमा गाली गर्ने वा कुनैपनि किसिमको सजाय गर्नुहुदैन । बरू सरसफाइका बारेमा चाहि ख्याल राख्ने गर्नुपर्दछ । अलि अस्वभाविक कृयाकलाप गरेको पाइएम उनीहरूको बुझाइको क्षमता अनुसार त्यसो किन गर्नु हुदैन भनेर सम्झाइ व्यवहार परिवर्तन गर्न सहयोग गर्नुपर्दछ तर बर्जित गर्नुहुदैन ।”

    भाँडाकुटि खेल्दा उनीहरू मध्ये नै बाबाममी र छोराछोरी बनेर अभिभावकका दैनिक कामहरूको नक्कल गरिरहेका हुन्छ । डाक्टर- बिरामीको खेलमा डाक्टर बन्नेले विरामीको भूमिका निभाउँनेको जाँच गर्दा यौनाङ्गहरू छुने चलाउँने गरेका हुन्छन । पुतली खेलाउँदा बाबाममी बनेर दुइजनाको बीचमा पुतलीलाई बच्चा बनएर सुताएको, दुध चुसाएको अभिनय गरेका हुन्छन । एक्लै खेल्दा पनि कुनैकुनै बेला आफ्नो यौनाङ्गहरू चलाएका हुन्छन । किशोरावस्थामा पुग्दा यौन अनुभूति फरक होला तर साना बाल्यावस्थामा पनि यौनाङ्ग चलाएर आनन्द लिएका हुन्छन । काखे बालकको पनि लिङ्ग चलाइदिदा विस्तारै उसको लिङ्ग उत्तेजित भएर आउँदछ । यसैमा उनीहरूले यौन आनन्द लिइरहेको हुन्छन ।

    बालमनोबैज्ञानिकहरूको भनाइ अनुसार पनि मानिसहरू जन्मदैदेखि यौनिक हुन्छन । यसलाई पुष्टी गर्दै उनीहरू भन्छन- साना बालकले आमाको स्तनपान गर्दा पनि यौन आनन्द लिएको हुन्छ । प्रय सबै बालकहरूले आमाको एउटा स्तन चुसिरहँदा अर्को चाहिँ स्तनलाई  हातले खेलाइरहेका हुन्छन । यस कार्यबाट उनीहरूले धेरै आनन्द लएका हुन्छन र आमाले पनि संगसँगै आनन्द लिएकि हुन्छिन । उनीहरूको भनाईमा यो यौनिक बात्सल्यपन हो । बच्चाहरूको यस्तो व्यवहालाई नकारात्मक तरिकाले सोच्न जरूरी नभएको बालविकास क्षेत्रमा लामोसमय काम गर्नुभएकि शोभा मालाकार पनि बताउँनुहुन्छ ।

    बालमनोविज्ञान अनुसार चार वर्षको उमेरसम्ममा बालबालिकाहरू आफ्नो यौनाङ्ग अरूलाई देखाएर, अरू साथीहरूको पनि यौनाङ्गहरू हेरेर र नुहाउँदा वा खेल्दा पनि छोएर आनन्द लिइ रहेको हुन्छन । आफू नाङ्गै बस्न खोज्ने र अरूले कपडा फेर्दै गरेको हेर्न चाहने भइसकेका हुन्छन । त्यस्तैगरी मनोविज्ञाले बताए अनुसार छ बर्षको हुँदासम्ममा हस्तमैथुन गर्न कोशिश गर्ने, यौनहरूकाबारेमा आफुलाइ मनपरेका वा भरोसा लाग्ने ठुलामानिसहरू वा आफ्ना दौतरीहरूसँग जिज्ञाषा राख्न थालेका हुन्छन । किनकि यतिबेलासम्ममा उनीहरूले  मानिसका यौन व्यवहारहरूका बारेमा धेरै बुझ्न थालेका हुन्छन । जस्तैः ‘मेरा बाआमाको यौनसम्पर्क भएर नै आमाको गर्भधारण भएको र म जन्मिएको हुँ । भोली मेरो पनि विवाह हुन्छ र त्यसैगरी यौनसम्पर्क हुन्छ होला । मेरो पनि बच्चा हुन्छहोला ।’ उनी।हरूले शरीरका विभिन्न अङ्गहरू मध्ये यौनाङ्गहरू कुनकुन हुन र यिनीहरूका काम के के हुन भन्ने बारेमा जानाकारी प्रप्त हुन थाल्ने हुँदा मनमा यौनका अनेकौं कौतुहलताहरू आउँन थालेको हुन्छ । यौनका बारेमा साथीहरूसँग हुने सम्बादले यौनिकतासम्बन्धी गलत र सही दुबै किसिमका धेरै जानाकारीहरू पाउँन थालेका हुन्छन ।  परिवारमा स्मार्ट मोबाइल फोन हुनेहरूले नाङ्गा फोटा वा फिल्म पनि हेर्न भ्याइसकेका हुन्छन । साथीहरू बीच चुम्बन गर्ने, हात बाँधेर हिँडने, यौन सम्बन्धी शब्दहरू प्रयोग गरी ठठ्ठा   गर्न थालेका हुन्छन ।  यति बेलासम्म अभिभावकहरूले यौनका कुराहरूलाई लाजको विषय बनाइ कुरा गर्न बर्जित गरेका हुनाले सही जानाकारी नपाउँदा बाहिर साथीहरूबाट धेरैजसो गलत र भ्रमका जानाकारीहरू पाएका हुन्छन जसका कारण उनीहरू या त धेरै डराएका हुन्छन या जोखिमपूर्ण व्यवहार गरेका हुन्छन ।

    आठ देखि नौ बर्ष पार गर्दासम्म उनीहरू किशोरावस्थामा प्रवेश गरेका हुन्छन । यति बेलासम्म उनीहरूमा शारीरिक तथा संबेगात्मक परिवर्तन हुन थालेक हुन्छन । विपरित लिङ्गी साथीहरूसँग नजिक हुनथालेका हुन्छन । बाह्रबर्षको हुँदासम्म बालबालिकाको मस्तिष्कमा पनि यौनसम्पर्कका सम्बन्धमा अनेकौँ जिज्ञासा र परिकल्पनाहरू हुनथालेको हुन्छ । यौनिकताका विभिन्न शैलीहरू अपनाएर मनोरञ्जन गर्न थालेका हुन्छन । एघर बाह्र बर्ष पार गर्दासम्ममा उनीहरूमा शारीरिक परिवर्तन हुनथालेको हुन्छ । यौनाङ्गहरूको विकास हुनथालको हुन्छ । जस्तै किशोरहरूको लिङ्ग, किशोरीहरूका योनी र स्तनको बृध्दि हुने,  हातगोडा र यनाङ्गहरूको वरीपरी कपालहरू बढ्न थाल्ने आदि । किशोरीहरू प्राय सबै महिनावारी भइसकेका हुन्छन भने कतिपय किशोरकिशोरीहरूले यौन कौतुहलताका कारण साथीहरूको लहैलहैमा यौनसम्पर्क पनि गरेका हुन्छन ।

    यो उमेरमा आफ्ना अभिभावकहरू कोठा भित्र के गरी रहेका होलान् भन्ने कौतूहलता सबै बालबालिकाहरूलाई हुन्छ । मोका मिले ढोका वा कुनै प्वालहरूबाट चियाएर हेर्ने गर्छन् । बाआमाको यौनसम्पर्कका गतिविधिहरूका बारेमा देखे वा थाहा पाए भने ती क्रियाकलापहरूले उनीहरूको मस्तस्कमा ठूलो यौनिक तरङ्गहरू पैदा हुन्छन र त्यसका बारेमा आफ्ना मन मिल्ने साथीहरूसँग कुराकानी पनि गरेका हुनछन । कतिपय अभिभावकहरू छोराछोरीहरूले आफ्ना यौनिकताका बारेमा चियोचर्चो गरेको थाहा पाएमा वा उनीहरूको आफ्ना साथीहरूसँग यौनिक व्यवहार गरेको थाहा पाएमा गाली गर्ने र पिट्नेसमेत गरेको पाइन्छ । यस्ता सवालमा बालबालिकालाई गाली गर्नु वा पिट्नु समाधान होइन । पिटाइले उनीहरूको यौन जिज्ञाशा घट्दैन । त्यसैले उनीहरूले अभिभावकबाट छलिएर अझ धेरै यौन व्यवहार गरेका हुन्छन र  सही जानाकारीको अभावमा जोखिमपूर्ण यौन व्यवहार अपनाउने सम्भावना हुन्छ ।

    बालबालिकाहरूको यौनिकताका बारेमा राम्रोसँग बुझेर उनीहरूसँग बेग्लाबेग्लै बसेर सरल तरिकाले बुझ्नेगरी कुराकानी गर्नुपर्दछ । सुरक्षित र असुरक्षित यौनसम्बन्धका बारेमा ज्ञान दिनुपर्दछ । यसका जटिलताहरूका बारेमा सचेत गराउँनुपर्दछ । उमेर बढ्ने क्रमसँगै मानिसमा शारीरिक, मानसिक र अरू यौन व्यवहारमा किन परिवर्तन हुँदैजान्छ र त्यसलाई स्वभाविकरुपमा कसरी लिनुपर्दछ र सही तरिरकाले व्यवस्थापन कसरी गर्नसकिन्छ भन्नेबारेमा व्यवहारिक ज्ञान दिनुपर्दछ । यौन हिंसा भनेको केहो र कसरी नजानिदो तरिकाले यौन हिंसामा परिन्छ र कसरी बच्ने भन्ने बारेमा जीवनोपयोगी सीपको विकास गर्नु पर्दछ । त्यस्ता ज्ञान र सीप विकासको लागि अध्ययन सामाग्री पाएसम्म उपलब्ध गराउँनु पर्दछ । अरुको यौनिकता प्रति ईर्श्या गर्ने वा दुर्व्यवहार गर्ने होइन बरू सम्मान गर्नुपर्ने धारणाको विकास गर्न मद्दत गर्नुपर्दछ ।

    सबै धन्दा महत्वपूर्ण कुरा के हो भने छोराछरीहरूले बाआमाको हरेक व्यवहारहरूलाई नजिकबाट नियालिरहेका हुन्छन । त्यसकारण आफ्नो व्यवहार एकथरी अनि छोराछोरीलाई दिने शिक्षा र अर्ती अर्कोथरी हुँदा अभिभावकका कुनैपनि कुरामा बालबालिकाहरू विश्वास गर्दैनन ।

    तपाइको मत
  • भिडियो सामाग्री