- अनुप अधिकारी /
एसएलसीको परीक्षा सकिएको थियो । दुईचार दिन त रमाइलो भयो तर त्यसपछि के गर्ने भन्ने कुराले मन मन्थन हुनथालेको थियो । घरको काम पनि कहिलेकाहीं मात्र पर्दथ्यो । यस्तैमा दिनहरू वित्दै थिए ।
एक दिन साथीको घरमा पूजाको निम्ता मान्न गएको थिएँ । पूजा पछिको साँजमा भजनकृतनसँगै नाचगान हुन थाल्यो । अरूसँगै नाँचमा रमाएँ । घर फर्किन धेरै ढिला भइसकेकोले साथीको घईरमै सुतेँ । साथी र म एउटै खाटमा सुतेका थियौं । सपनामा पनि त्यहि भजन देखेँ । एकैछिन अघि मसँगै नाचेकि साथीको छिमेकी केटी नै मसँगै नाचिरहेकि थिइन । उनीसँग कुराकानी हुन थाल्यो । एकै छिनमा हामी एकान्तमा भएको पायौं । हाम्रो चाहना मिल्यो र यौन सम्पर्क गर्न सहमत भयौँ । हामी अलौकिक स्वप्नमा डुबेका मात्र के थियौ, म अचाना सपनाबाट व्युझिएँ । तत्कालै थाहा पाएँ कि म स्खलित भएर छताछुल्ल भइसकेको रहेछु । यस्ता कुरा त साथीहरूले पनि पहिला पहिला सुनाएका थिए । विस्तारै छामेँ । हात भरी च्याल्ल परेको झोलले हात भिज्यो । झन धेरै घिन लाग्यो । साथी मज्जाले निदाएको थियो तर म भने घिनले गर्दा निदाउँन सकेको थिइन । धोइपखाली गर्न बाहिर निस्कने हिम्मत पनि आएन । धेरै बेरपछि निधाएछु ।
मैले सुनेको थिएँ, स्वप्न दोष भएपछि कमजोर भइन्छ रे । पटकपटक भयो भने त रोगी पो भइन्छ रे । विस्तारै लिङ्ले यौन सम्पर्कको लागि केहि कामै गर्न सकिँदैन रे । कसैकसैले त स्वप्नदोष हुँदा पोखिएको वीर्यमा गिदी पनि मिसिएको हुन्छ त्यस कारण विस्तारै मानिस त खाली दिमाखको लद्दु पनि हुनसक्छरे । अरू के के हो, के के चिन्तैचिन्ताको माकुरी जालले गर्दा त्यसपछिको मेरो निद्रा हरायो । विहानीपख एक्कैछिन निदाएछु । विहान उठ्दा असजिलो मान्दै कागती निचोरेको जस्तो अनुहार बनाएर घरतिर लागेँ । आफ्ना दौँतरी साथीहरूलाई त्यो घटना सुनाएँ । उनीहरूले अझै धरै डरलाग्दा कुराहरू सुनाए । ती अधिकांश कुराहरू प्रति मलाई विश्वास त लागेको थिएन तै पनि कतिपय कुराहरूले भने मेरो मनमा चिसो पसेको थियो । त्यहि चिन्ताले म महिनौंसम्म पिरोल्लिन्थेँ । कहिलेकाहि लिङ्ग कतिको कम्जोर भयो भनि जाँच्न हस्तमैथुन गरिहेर्थे । कम्जोर त भएको हुँदैनथ्यो तर त्यहि हस्तमैथुनले पनि त कम्जोर भइन्छ भन्ने कुराले अर्को पाटोबाट पिरोलो भइहन्थ्यो ।
जब म कलेजमा पढ्न थालेँ, स्वास्थ्य विज्ञानमा मेरो रुची पढ्यो । पढाइ र खोजीको क्रममा धेरै बर्ष म छर्लङ्ग भएँ कि यतिका बर्षसम्म मैले मेरो दिमागमा भ्रम मात्र पालेको रहेछु । न त रोगी भएँ, न मलाई यौन दलुर्वलता नै भयो । अहिलेसम्म गरिएको अध्ययन अनुसन्धानहरूले पनि यस कुरालाई पुष्टि गरेको छैन । बरू स्वास्थ्य विज्ञानले यसलाई सामान्य यौन व्यवहारको साथै मानिसहरू बाँच्ने शैलीको रूपमा पुष्टि गरेको छ । सपना दोष जसलाई पनि हुन सक्दछ । सुतिरहेको अवस्थामा यौन कामुकतासम्बन्धी सपना देखेर वा नदेखिई पनि बीर्य स्खलन हुनुलाई स्वप्नदोष भनिन्छ ।
किन हुन्छ स्वप्नदोष ?
जब केटा मान्छे किशोरावस्थामा प्रवेश गर्छ, उसको अण्डकोष, वीर्य थैली र प्रोस्टेट ग्रन्थिको विकास हुन थाल्छन् । यौनाङ्गहरूको विकाससँगै वीर्यको उत्पादन पनि हुन थाल्छ । अण्डकोषले शुक्रकीट उत्पादन गर्छ भने वीर्य थैली र प्रोस्टेड ग्रन्थिहरूले एकै प्रकारको सेतो पदार्थ उत्पादन गर्छन् । उक्त सेतो पदार्थमा शरीर मै उत्पन्न हुने विभिन्न रसायनहरूको मिश्रण हुन्छ, जसले शुक्रकीटलाई पालन पोषण गरिरहेका हुन्छ । वीर्य भन्नाले शुक्रकीट सहितको सम्पूर्ण सेतो पदार्थ भन्ने वुझिन्छ । यसरी उत्पादन हुँदा वीर्य थैली भरिएपछि पोखिएर बाहिर निस्कन्छ, जसरी मूत्र थैली भरिएपछि पिसाब बाहिर निस्कन्छ । यस्तो प्रक्रियालाई स्खलन भएको भनिन्छ । प्रायः राति निदाएको बेला हुनेहुनाले त्यसलाई स्वप्नदोष भनिएको तर कहिलेकाहीँ दिउँसै पनि स्खलन् भइदिन्छ । स्वप्नदोष हुँदैगर्दा यौन क्रियामा संलग्न भएको सपना देख्नु स्वाभाविकै हो ।
बरू, खुसि मान्नु पर्छ
स्वस्थ मानिसको मात्रै स्वप्न दोष हुन्छ । स्वप्नदोष सक्रिय यौनजीवनको एक सामान्य प्रक्रिया हो । यो कुनै प्रकारको रोग होइन र स्वप्नदोषले कमजोर पार्छ भन्नु भ्रम मात्रै हो । कसै कसैलाई स्वप्नदोष हुँदैन, त्यो पनि असामान्य चाहिँ होइन । एकै पटक नपोखिएको हो तर उनीहरूको पनि कुनै न कुनै प्रक्रियाले वीर्य स्खलन चाहिँ भैरहेको हुनसक्छ ।