[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. आफ्नै दुध बेच्ने आमा र कुमारित्व बेच्ने किशोरी | Yaunik Media
  • २०८१ चैत्र ६, बिहिबार
  • |
  • Thursday 20th March 2025
  • आफ्नै दुध बेच्ने आमा र कुमारित्व बेच्ने किशोरी

    ३० बैशाख २०७५, आईतवार १३:४३

    चेतनाथ आचार्य /

    नेपालको छिमेकी मुलुक चीनको जनसंख्या एक अर्ब ३९ करोडभन्दा बढी छ । विशाल भूगोल र वृहत जनसंख्या भएको ठाउँमा विभिन्न चर्चिकलाहरु हुनु पनि स्वाभाविक हो । चिनियाँ सामाजिक संजाहरुमा कहिलेकाहीँ अचम्म लाग्दा समाचारहरु भाइरल हुने गर्दछन् । संसारमै यौन र यौनिकता सम्बन्धी समाचार सबैभन्दा चर्चित हुने  गर्दछन् । नेपाली समाजभन्दा फरक ढंगबाट चीनमा चर्चा कमाएका केही विषय यहाँ उल्लेख गरिएको छ ।

    दूध बेच्ने आमाहरु

    केही समय अगाडि चिनियाँ सामाजिक संजालमा एउटा दर्दनाक समाचार फोटो सहित प्रकाशन भयो । त्यो विषय चीनमा भाइरल बनेपछि चिनियाँ स्वास्थ्य विमा तथा महङ्गो उपचार पद्धतिका बारेमा निकै आलोचना पनि भयो ।

    चीनको दक्षिणपूर्वमा पर्ने सन्चन सहरमा भएको थियो त्यो घटना । एकजना महिलाले सडकमा आफ्नो स्तनबाट बोतलमा दूध भरेर बेचिरहेको फोटो थियो । उनले कसैको बच्चालाई एक मिनेट दूध चुसाएर १० युआन याचना गरिरहेकी थिइन् । उनको साथमा सानो शिशु पनि थियो र छेउमा उनका श्रीमान्ले एउटा प्लेकार्ड बोकेका थिए जसमा लेखिएको थियो शिशुको ज्यान बचाउनका लागि कृपया दूध किनिदिनुहोस् ।

    ती दम्पतिको जुम्ल्याहा बच्चा जन्मिएका रहेछन् । एउटा बच्चा सकुसल भए पनि अर्को बच्चा अस्पतालको आइसियुमा राखिएको रहेछ । चिकित्सकले उपचार खर्च एक लाख युआनभन्दा बढी लाग्ने बताएपछि दम्पतिले पैसा जुटाउन वाध्यताबस सडकमा यस्तो उपाय लिनु परेको रहेछ । उनीहरुको छेउको साइनबोर्डमा लेखिएको थियो ‘म स्वस्थ २४ वर्षीय महिला हुँ । मैले जुम्ल्याहा छोरीलाई जन्माएकी थिएँ । अहिले मेरी एउटी छोरीको उपचारका लागि मलाई सक्त पैसाको जरुरी छ । म एकापट्टिको स्तन उपलब्ध गराउँछु । जुनसुकै उमेरका व्यक्ति स्वीकार्य छ । तपाईंको सहयोगका लागि धन्यवाद ।’ साइनबोर्डको तल उपचाररत छोरीको फोटो, मेडिकल रिपोर्ट र सरकारले वितरण गरेको गरिबीको प्रमाणपत्र पनि थियो ।       ती महिला क्वाङसी प्रान्तकी थिइन् भने उनका श्रीमान् सिचुवान प्रान्तका थिए । उनीहरु विगत १६ वर्षदेखि सन्चनमा गएर मजदुरी गरिरहेका थिए । उनी एक महिनाकी सुत्केरी थिइन् ।

    सन् २०१७ को जुनमा अर्को एउटा समाचार चीनमा सार्वजनिक भयो । सो समाचार अनुसार केही महिलाहरुले आफ्नो स्तनको दूध अनलाइनबाट बेचेर पैसा कमाउने गरेका छन् । भलै यसो गर्न चीनमा प्राविधिक रुपमा गैर कानुनी हो । दूधको मूल्य २५० मिलिलिटरको १५ युआनदेखि ६० युआनसम्म पर्ने समाचारमा बताइएको छ । त्यही दिनको ताजा दूधका लागि भने मूल्य १५० युआनसम्म पर्दछ ।

    चीनमा यो अभ्यास क्रमशः बढिरहेको छ । चीनमा दुई सन्तानको नीति लागू भएको तीन वर्ष भएको छ । यसर्थ चीनमा जन्मदर पनि वृद्धि भएको छ भने कामकाजी महिलाहरुले चाहेर पनि बच्चालाई दूध खुवाउन भ्याउँदैनन् । यस कारण महिलाको ताजा दूधको माग क्रमशः बढ्दै गएको हो ।       सिचुवान प्रान्तको छन्दूमा बसोबास गर्ने ली सिसी आफ्नो बच्चाले खानेभन्दा बढी दूध आउने भएकाले आफूले बेच्ने गरेको बताउँछिन् । बच्चा अघाएर पनि हरेक दिन उनी तीनदेखि चार प्याकेट दूध निचोरेर फ्याँक्नुभन्दा बेचेर पैसा कमाउनु उत्तम रहेको सोचेर यसो गर्न थालेकी हुन् । २५० मिलिलिटरको चार प्याकेटका दरले उनको हरेक दिन एक लिटर दूध खेर जाने गर्दथ्यो । त्यसकारण उनले आफ्नो दूध बेच्न थालिन् । उनी भन्छिन् ‘हरेक दिन दुई सयदेखि तीनसय युआन पैसा कुनै बिना झन्झट कमाउनु राम्रो हो । बच्चा जन्माएको सुरुको छ महिनामा मैले दस हजार युआनभन्दा बढी कमाएँ ।’

    यसले केही गलत अभ्यासको पनि विकास गरेको छ । कतिपय महिलाहरुले आफ्नो बच्चालाई अघाउँची दूध नखुवाएर बेच्ने गरेको, बच्चालाई दूध छुटाएको, दूध पगार्न हार्मोनयुक्त खानेकुरा अत्यधिक खाने गरेको, महिलाको दूधको व्यापार गर्ने दलालहरुले बीचमा अत्यधिक नाफा कमाएको जस्ता कुराहरु पनि बाहिर आएका छन् । महिलाको ताजा दूधको बिक्रीबाट इन्फेक्सन फैलिने संभावना पनि रहेकाले स्वास्थ्य सरोकार व्यक्तिले पनि यसलाई रोक्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

    कुमारित्व लुटाउने विज्ञापन

    सन् २०१७ को नोभेम्बरमा चीनमा प्रकाशित एउटा समाचारले चिनियाँ समाजलाई जुरुक्कै उचाल्यो । पश्चिमा समाजमा भए सामान्य मानिने घटना पहिलोपटक चिनियाँ समाजमा भएको थियो । हाङचौको सबवेमा एउटी १९ वर्षकी सु नामकी चिनियाँ युवतीले अचम्मको विज्ञापन गरेर उभिइन् । उनले ठूलो पोस्टरमा लेखेकी थिइन् ‘मलाई दुई लाख चिनियाँ युआन दिनुहोस् र मेरो कुमारित्व लुट्नुहोस् ।’ यस प्रकारका गाईजात्रे विज्ञापन पश्चिमा समाजमा छ्यापछ्याप्ती देखिए चीनमा पहिलोपटक देखिएको थियो । उनले आफ्नो २३ वर्षीय दाजुको रगतको क्यान्सरको उपचार गराउन यसो गरिएको लेखेकी थिइन् । उपचार गर्दागर्दै आफ्नो परिवारको सर्वस्व सकिएको उल्लेख गर्दै उनले आफ्नो प्यारो दाजु बचाउन यसो गर्नु परेको लेखेकी थिइन् । उनले यो पनि खुलाएकी थिइन् कि उनीसँग कुमारित्व कायम रहेको चिकित्सकीय प्रमाणपत्र पनि छ ।

    उनको यस्तो हर्कतले चिनियाँ समाजिक संजालमा ठूलै बहस पैदा गरायो । हाङचौ जस्तो व्यस्त सहरमा गुड्ने सबवेका दैनिक हजारौँ यात्रीले उनलाई घुरेर हेरिरहेका थिए भने उनको विज्ञापनले प्रहरीलाई पनि ध्यानाकर्षण गरायो । उनलाई तुरुन्तै प्रहरीले प्रकाउ ग¥यो । अस्पतालमा गएर जाँच गर्दा उनले भने अनुसार नै उनका दाइ क्यान्सरले थलिएका थिए । प्रहरीका अनुसार उनले गलत काम गरिन् तर उनको नियत चाहिँ खराब थिएन । त्यसकारण उनीमाथि कारवाही भन्दा पनि सान्त्वना राखियो । आफन्तको उपचारका लागि आफ्नै शरीर बेच्न तयार भएको घटना चीनमा पहिलो भएको चिनियाँ संचारमाध्यमहरुले लेखेका छन् ।

      chetnath@ymail.com

    लेखक चिनिया अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन् ।

    तपाइको मत
  • भिडियो सामाग्री