• २०८१ बैशाख २, आइतवार
  • |
  • Sunday 14th April 2024
  • जापानमा यौनप्रति युवाको अनिच्छा बढ्दा जनसंख्या घट्दो

    २२ जेष्ठ २०७५, मंगलवार १६:१८

    अनुप अधिकारी /

    “मैले कहिल्यै केटीहरुलाई आफुप्रति आकर्षित पार्न सकिँन । एक पटक मैले एकजना केटीसाथीलाई डेटको लागि प्रस्ताव राखेको थिएँ उनले अस्वीकार गरिन् । त्यसले मलाई निक्कै चोट पुर्यायो ।”

    माथि उल्लेखित कुरा जापानको राजधानी टोकियोका एकजना २६ बर्षीय कलाकारले बताएका हुन । यी हास्यक्षेत्रका यी कलाकारले लुकेको बेदना पोखेका मात्र होइनन कि जापानी युवाहरूको पनि प्रतिनिधित्व गरेका हुन । उनको यो बेदना जापान स्थित नेश्नल इन्टिच्युट पपुलेशन र सोसियल सेकुरिटी रिसर्च को पछिल्लो तथ्याङ्कमा मिल्छ । तथ्याङ्क अनुसार १८ देखि ३४ वर्ष उमेर समूहका ६१ प्रतिशत पुरुष र  ४९ प्रतिशत महिला अहिले सम्म कुनै यौन क्रयाकलापका रमझममा समाबेस नभएको उल्लेख गरेको छ । त्यस्तै, ३६ प्रतिशत पुरूष र ३९ प्रतिशत महिलाले अहिलेसम्म कुनैपनि किसिमको यौन सम्बन्ध नराखेको जनाएको उल्लेख छ । सो तथ्याङ्कमा यौनसम्पर्क प्रति वितृष्णा हुने युवाहरूमा विगतको ५ वर्षको तथ्याङ्क भन्दा १० प्रतिशले बढेको उल्लेख छ ।

    ती युवा कलाकारले बताए कि “महिलासँगको सम्पर्कबाट टाढै रहन चाहने  म जस्ता केटाहरू  प्रशस्तै छन । आफै देखि घृणा पनि लाग्छ र यसमा म अब केही गर्न सक्दिँन । केटीहरूले लत्याएको भन्दा बरु यौनका एनिमेसन गरेर बस्नुमा नै मज्जा लाग्छ ।”

    अविवाहितहरूमा मात्र यौन वितृष्णा भएको होइन कि विवाहित जोडीबीच पनि यौनसम्पर्क हुन छाडेकोमा जापान सरकार चिन्तित भएको हो । जसमध्ये एक जापानी परिवार नियोजन सँघले गरेको  अध्ययन अनुसार ५०५ विवाहित युवा दम्पतीहरू बीच यौनसम्बन्ध हुन छाडेका छन ।

    त्यसैगरी, ४५ वर्षका एक कलाकार रोकुदेनाशिकोले अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्दै एक जिज्ञाशाको जवाफमा भने ” नयाँ पुस्ताका युवाहरूमा ठूलो परिवर्तन आएको देखिन्छ । मेरो जमानाका युवाहरूका लागि यौनसम्बन्ध जीवनको महत्वपूर्ण हिस्सा हुनेगर्दथ्यो तर त्यो त्यतिबेला पनि सजिलो भने थिएन । यौनसम्पर्कको शुरुवात केटाले केटीलाई डेटको प्रस्ताव राखेबाट शूरु हन्थ्यो तर आजका नयाँ पुस्ताका केटाहररूले डेटलाई झन्झटको रुपमा लिन थालेको देखिन्छ । बरु उनीहरु पोर्न (नग्न यौन चलचित्र) हेरेर सन्तुष्टी लिन चाहन्छन् ।”

    अर्का पुरुषको भनाइ पनि यस्तैछ । उनका अनुसार शहरको जीवन महङ्गो छ । यहाँ परिवार शुरु गर्नु वा बच्चा जन्माउनु त झन् धेरै कठिन कुरा हो ।

    केटीहरूको अवस्था पनि केटाहरूको भन्दा फरक छैन । एकजना २४ वर्षिया युवती भन्छिन्, “मेरो लागि यौनसम्पर्क भन्दा महत्वपूर्ण कुरा मिठो खाना र निन्द्रा नै हो ।” विवाह गर्न वा ब्वाफ्रेण्ड बनाएर यौनसम्बन्ध राख्ने जस्ता कुराहरू प्रति उनलाई किन घृणा लाग्यो भन्ने जिज्ञाशामा उनी भन्छिन “म विश्वविद्यालय जान थाले पछि पहिलोपटक अभिभावकको नियन्त्रणबाट स्वतन्त्रता पाएको महसुस गरेँ । साथीहरुसँग अबेरसम्म घुम्न वा पिउन सक्ने भएँ । मेरो ब्वाइप्रेण्ड थियो भने मेरा ती नयाँ स्वतन्त्रता माथि नियन्त्रण गरिदिने थियो, म त्यो नियन्त्रण होस भन्ने चाहन्न थिएँ ।”

    यहि सन्दर्भमा जापानी युवाहरूको बदलिदो यौनिक व्यवहार र समाजिक अवस्थाको बारेमा टोकियोकी एक युवतीले भनिन्, “आजकल धेरै महिलाहरु घरबाहिरको काम गरिरहेका छन् । यसले जापानमा खुम्चदो श्रमशक्तिलाई पुर्ति गरिरहेको छ । यही कारणले धेरै महिलाहरुको विवाह ढिला भइरहेको छ ।”

    यौनसम्पर्क प्रति वितृष्णा हुनुका कारणमा २१.३ प्रतिशत पुरुषले कामका कारण हुने थकानलाई देखाएका छन् भने २३ प्रतिशत महिलाले यौनलाई अनावश्यक झमेलाको रुपमा लिएका बताए । हुनपनि जापान विश्वमा सबैभन्दा लामो अफिस टाइम भएको देशमा पर्छ । लामो समयको कामले यौनमा असर पर्ने कुरा मनोवैज्ञानिक तथ्य हो । जापानमा धेरै कामले सम्बन्धमा असर पर्ने मात्र होइन ज्यान नै जाने प्रसस्त घटनाहरु बाहिर आइरहन्छन् । जपानमा विधमान श्रमशक्तिलाई लामो समय काम गराएर अभाव पुर्ति गर्न खोजिदैछ । तैपनि सरकारले यो चिन्ताजनक अवस्था समाधान गर्न चासो राखेको छ । जस अनुसार युवाहरुलाई विवाह गर्न प्रोत्साहनका कार्यक्रमहरू ल्याएको छ ।

    वल्डोमिटरका अनुसार जापानको जनसङ्ख्या सन् २००५ देखि २०१५ बीचको रेकर्ड अनुसार ३ लाख ६० हजारले घट्यो। घट्दो जन्मदर तर बढ्दो औसत आयूको कारणले यो देशमा ६५ बर्ष उमेर माथिकाको जनसङ्ख्याको हिस्सा २०३० सम्ममा सम्पूर्ण जनसँख्याको ३० प्रतिशत पुग्न सक्ने बताउछन् । संसारका कुनै पनि देशले यस अगाडि नभोगेको अवस्था हो यो ।

    जापानमा यो समस्याको समाधानका लागि दुई विकल्पमा बहस भइरहेको छः रोबोटको प्रयोग र लचक आप्रबासी नीति । बहस यी दुबै विकल्पमा भएपनि मुख्य ध्यान रोबर्टमा दिइएको छ ।

    जापानि साथिको सहयोगमा तयार पारिएको हो ।

    तपाइको मत
  • भिडियो सामाग्री