• २०८० जेष्ठ २१, आइतवार
  • |
  • Sunday 4th June 2023
  • लिङ्गः कति भ्रम कति यथार्थ ?

    २४ जेष्ठ २०७५, बिहीबार १६:०७

    • अनुप अधिकारी/

    साधारणतय पुरूषहरूमा लिङ्गको बारेमा निकै भ्रम हुनु स्वभाविकै हो, किनकि यसको आकारका बारेमा अधिकांशलाई सही जानाकारी हुँदैन । सामान्य भन्दा केहि ठुलो लिङ्ग हुनेहरूले बढी घमण्ड गर्नु र सानो हुनुले ग्लानी गर्नु यस प्रतिको मुख्य भ्रमको कारणले हो ।

    यौन शिक्षा वा सही जानाकारीको अभावमा किशोरावस्था देखि नै लिङ्गको आकार (लम्बाई र मोटाइ) सम्बन्धी अनावश्यक चिन्ता सिर्जना हुनथाल्दछ । यस्तो हुनुमा यसका बारेमा समाजमा अनेकौं भ्रमहरू ब्याप्त हुँदा गलत किसिमका जानाकारीहरू पाएका हुन्छन ।

    लिङ्गको मुख्य काम के हो ?

    पुरुषहरूको लिङ्गको मुख्य काम सन्तान उत्पादनका लागि योनिमार्गमा वीर्य राखिदिनु हो । त्यसको लागि प्रेरित गराउँन प्रकृतिले यौनसम्पर्क गर्दा यौन आनन्द आउँने प्रणाली बनाइदिएको हुन्छ । त्यसैले यौन आनन्द आउँने पहिलो मुख्य अङ्ग नै लिङ्ग हो । यौन आनन्द लिदा योनि छेदनका अतिरिक्त अरू विधिमा पनि लिङ्गमा घर्षण गर्दा वा गराउँदा आनन्द महसुस हुन्छ । जस्तै हस्तमैथुन, मुख मैथुन, गुदा मैथुन आदि ।

    वेव्एम्डी मेडिकल रिफ्रेसको अनुसार पुरुषको  लिङ्ग स्पन्ज तन्तुहरूले बनेको हुन्छ त्यसै हुनाले सामान्य अवस्थामा नरम र सानो हुनसक्छ र कुनै कारणले पुरूषमा यौन इच्छा वा उत्तेजना हुँदा लिङ्गको उक्त तन्तुहरुमा मस्तिस्कबाट हुने चेत (सुचना) को अधारमा रगत भरिन थाल्छ । यसरी लिङ्गको स्पन्जमा रगत भरिभराउ भएर खाँदिएपछि लिङ्ग उत्तेजित भएर कडा, लामो एवं मोटो भएको हुन्छ । यदि पर्याप्त मात्रामा लिङ्गमा रगत खाँदिन सकेन भने लिङ्ग राम्रोसँग उत्तेजित हुन सक्दैन ।

    अधिकांश महिला र पुरुषहरू लिङ्गको आकार तथा नापका सम्बन्धमा अनभिज्ञ नै हुन्छन्, तर पनि पुरुषमा आफ्नो यौन जोडिले सानो लिङ्ग रहेछ भन्लिन् भन्ने पिरोलोले कतिपय पुरूषहरू उत्तेजित नभएको लिङ्ग आफ्नो जोडिलाइ देखाउँन चाहदैनन । त्यसो त महिलाहरूले पनि यौनसम्पर्कका बेला लिङ्गको लम्बाइ र आकारलाई खासै चासोको विषय बनाउँदैनन्, अर्थात् पर्याप्त यौनआनन्द प्राप्त हुन सके लिङ्गको आकारमा त्यति प्रभाव नपार्ने कुरा टेक्सस पान अमेरीकन विश्व विध्यालयको मनोसामाजिक विभागले २००१ मा प्रकाशन गरेको अध्ययनले देखाएको छ । मास्टर र जोन्सोनको पुस्तकमा पनि लिङ्गको नाप र अकार  भन्दा यौन कार्यमा सहभागीको सहभागीता र सम्बन्धमा भर पर्ने उल्लख गरेको छ ।

    यौनसम्बन्धी परामर्शको मद्दतले हीनताबोध हटाई पुरुषहरूले आफ्नो यौन जोडिले यौनसम्पर्कका क्रममा कसरी बढी आनन्द पाएका हुन्छन भन्ने बारे ख्याल गरेर बुझ्नु र बुझाउन जरुरी हुन्छ ।

    कति साइजको लिङ्ग ठीक्कको हो ?

    यसको कुनै सर्बमान्य आकार छैन । यौनजोडीको यौन आनन्दका लागि योनिमार्गको भित्री तहसम्ममा नभै यौनीको भगांकुर देखि योनिमार्गको एक तिहाई भित्री भागसम्म घर्षण हुनु चाहि जरुरी छ । वेव्एम्डी मेडिकल रिफ्रेसर वमन हेल्थ पत्रिका युकेको अनुसार पुरुष लिङ्ग ठूलो र आकर्षक हुँदैमा बढी यौन आनन्द प्राप्त हुन्छ भन्ने होइन । विशेषत: महिलाको यौन संवेनदशील अङ्गहरूको पर्याप्त स्पर्श (घर्षण) हुनुपर्छ । यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगकोष्ठ, स्तनको मुन्टा, नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र यौन संवेदनशील अङ्ग हुन् ।

    यौनआनन्दका लागि  यौन जोडीका यी अङ्गहरूको अधिकतम प्रयोग हुनुपर्छ । बरु पुरुष लिङ्ग साह्रै मोटो र लामो भएको खण्डमा यौन सम्पर्कका क्रममा चोट पुगेर रक्तश्राव हुनसक्छ । त्यसैगरी यौन जोडीलाई पीडा बढि हुन्छ । जसको कारणले गर्दा यौनआनन्द आउँनुको सट्टा यौन सम्बन्धी वितृष्णा पैदा हुनसक्दछ । यस्तो भइरहेमा पछि–पछि डरका कारण यौन सम्बन्ध नै राख्न डराउने स्थिति सिर्जना हुन्छ र मानसिक समस्या देखा पर्नसक्दछ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री