• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • विवाहको उमेर र यौन

    २९ जेष्ठ २०७५, मंगलवार १२:११

    यौनिक डेस्क/

    बिवाहको उमेर त जुनसुकै पनि हुनसक्दछ । किनकि  उस्तै लागे पनि बिवाह र यौन फरक पक्षहरू हुन । विवाह सम्बन्धी गतल मान्यता अपनाउँदै आएको र विवाह गर्नुभनेको सामाजिक साँस्कृतिक र कानुनी रूपमा पनि यौनसम्पर्कको लागि बैधानिकता पाएको भन्ने समाजको आम बुझाइ छ । त्यसैले संसारका सबै धर्म सम्प्रदायमा विवाह पूर्व यौन सम्पर्क बर्जित गरिएको हो । यौन सम्पर्कको लागि सबै धर्मावलम्बीहरूले विवाह नै पर्खेका हुन्छन ? यो सवालको खुल्ला गोपनीयता पनि समाजमा ब्याप्त छ ।

    “यौन सम्पर्क गर्न मनलागेको र सुरक्षित अवसर पाएको खण्डमा विवाह कुर्ने मानिसहरू कमै मात्र होलान । यसलाई धर्मको विरुद्ध पाप ठान्नेहरूले मिठो पाप गरिरहेका हुन्छन ।” कानुन व्यवसायी रवीरोशन बस्नेतले बताए । उनी अगाडि भन्छन “हाडनाता करणी गर्नेलाई र बालविवाह गराउँनेलाई कार्वाही गर्ने राज्यले कानुनी व्यवस्था अपनाउँनुको पछाडी बैज्ञानिक आधारहरू छन । यसैले यसमा चाहिँ मानिस इमान्दार हुनैपर्छ ।” अधिबक्ता बस्नेतको भनाइ अनुसार विवाह भएपछि श्रीमान श्रीमति बीच यौन सम्पर्क गर्न कसैले छेकथुन गर्ने सक्दैन र हुन्छ नै । त्यसको परिणाम स्वरूप गर्भधारण हुनु प्राकृतिक नियम नै हो । सानो उमेरमा गर्भधारण भएपछि प्रजनन स्वास्थ्यका अनेकौं खतराहरू आउँन सक्ने हुनाले नै कानुनले तोकेको उमेर भन्दा पहिला विवाह गर्न नपाइने व्यवस्था गरिएको हो ।

    सानो उमेरमा गर्भधारण गर्न किन हुँदैन ?

    बाल बिवाह अपेक्षित रूपमा रोक्न सकिएको छैन । कानुनले तोके भन्दा पहिला नै बिवाह गरिदिने परम्परा पिछडिएको समाजमा अझैपनि छ । त्यसको अलावा १८ बर्ष भन्दा पहिला नै आफुखुसीले भागी विवाह गर्नेहरूको संख्या पनि बढ्दै गएको विभिन्न सञ्चार माध्यहरूले प्रकाशन गरिनै रहेका छन । यसका साथै असुरक्षित यौनसम्पर्क गर्नाले अनिच्छित गर्भधारण गर्ने किशोरकिशोरीहरू पनि प्रशस्तै बढ्दैछन । यसका कारण जटिलताहरू बढ्दै गएको छ । कस्ता हुन्छन त ती जटीलताहरू ?

    • शरीरका अङ्गहरू (पाठेघर र योनी) को पूर्ण रूपमा विकास भएको हुँदैन ।
    • सानो उमेरदेखि नै यौनसम्पर्क गर्दा पाठेघरको मुखको क्यान्सर लगायत यौनजन्य संक्रमण हुने संभावना बढी हुन्छ ।
    • पाठेघर र शरीरका अन्य अङ्गहरूको विकास भइनसकेको हुनाले बच्चा पाउन गाह्रो हुने, रगत धेरै बग्ने, पाठेघर च्यातिने आदि समस्याहरू उमेर पुगेका महिलाहरूको दाँजोमा दुई गुणा बढी हुन्छ ।
    • सानो उमेरमा बच्चा पाएका महिलाहरूमा पछि गएर आङ खस्ने, योनीमार्ग र मूत्रनली वा मलमार्गबीच प्वाल पर्ने हुन्छ जसका कारण सधैभरि दिसा वा पिसाब चुइरहने हुन्छ, त्यसैले गर्दा सधैं दुर्गन्धित भइन्छ ।
    • सानो उमेरमा विवाह गर्दा पढाइ छुट्ने, बेरोजगार हुने, बिरामी भइरहने उपचार खर्च बढ्ने, सन्तान धेरै हुने आदि कारणले गरीबीको दुस्चक्रमा फसिन पुगिन्छ ।
    • आफै कलिलो उमेरको हुने हुँदा आफुलाई नै प्रशस्त पौष्टिक तत्व चाहिने अवस्थामा गर्भको बच्चालाई पोषण नपुगी ख्याउटे बच्चा जन्मने र जन्मेपछि पनि बचाउँन गाह्रो हुनसक्छ ।
    • सम्बन्ध विच्छेद हुने र घरेलु हिंसा बढ्ने सम्भावना अधिक हुन्छ ।
    • सानो उमेरमा गर्भधारण गर्ने महिलाहरूमा नै गर्भका कारण हुने मातृमृत्यु दर बढी छ, त्यसैगरी उनीहरूले जन्माएका नवजात शिशुहरूको मृत्यु दर पनि २० बर्ष उमेर माथिका महिलाहरूको भन्दा बढी छ ।
    तपाइको मत
  • भिडियो सामाग्री