• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • स्तनपान सम्बन्धी दश तथ्यहरूःसन्दर्भ स्तनपान सप्ताह

    ४ असार २०७५, सोमबार १२:३२

    १.    विश्व स्वास्थ्य संगठनको सिफारिस

    विश्व स्वास्थ्य संगठनले बच्चा जन्मेपछि ६ महिनासम्म आमाको दुधमा निर्भर गराउन जोडदार रूपमा सिफारिस गरेको छ । ६ महिना पछि स्तपानका साथै अन्य खाना पनि खुवाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले कम्तिमा २ वर्षसम्म स्तनपान गराउनु पर्ने कुरा उल्लेख गरेको छ ।

    • शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुपर्छ ।
    • स्तनपान गर्ने अवधिपछि पनि दिन वा रातको एक पटक उनीहरूले चाहे अनुसार खुवाउनु पर्छ ।
    • दुधदानी राखेर बोतलबाट बच्चाहरूलाई दूध खुवाउनु हुँदैन ।

     २.  शिशुको स्वास्थ्य लाभको लागि स्तनपान

    नवजात शिशु र बालबालिकाको लागि आजीवन प्रभाव पार्ने पौष्टिक आहार हो । यसले स्वास्थ्य तथा शारीरिक विकासमा ठूलो सहयोग पु¥याएको हुन्छ । जसको कारण विभिन्न किसिमका संक्रमणहरूबाट बचाइरहेको हुन्छ । विश्वमा झाडापखाला र निमोनिया बालमृत्युको प्रमुख दुई कारण हुन् । यसमा कमी ल्याउन स्तनपान सबैभन्दा भरपर्दो र सजिलो उपाय हुनसक्छ ।

    ३. आमाको लागि फाइदा

    पर्याप्त स्तनपान गराउने आमाको महिनावारी नियमित हुनुका साथै बच्चाको जन्मान्तर नियन्त्रण गर्न पनि मद्दत गर्दछ । यसबाट स्तन तथा पाठेघरमा हुने क्यान्सरको सम्भावनालाई पनि कम गर्दछ ।

    ४. बालबालिकाको लागि दीर्घकालीन फाइदा

    पूर्णरूपमा स्तनपान गराएको बालबालिका वयस्क अवस्थामा पुग्दा रक्तचाप र रगतमा बोसोको मात्रा बढ्ने जस्ता समस्या कम हुन्छ । त्यसैगरी ज्यादा तौल तथा मोटोपन, वंशानुगत रुपमा आउने मधुमेह हुने अवस्थालाई पनि कम गर्न मद्दत पुगेको हुन्छ । पूर्णरुपले स्तनपान गर्न पाएकाहरूमा बौद्धिक तिक्ष्णता पनि बढ्ने कुरा अध्ययनहरूबाट स्पष्ट भएको छ ।

    ५. शिशु आहारका लागि किन अरू कुरा नखुवाउने ?

    आमाको दूधमा जस्तो अरू खानेकुरामा शिशुले विभिन्न रोगहरूको विरुद्ध लड्ने क्षमता प्राप्त गर्न सक्दैन । स्तनपानको सट्टा अन्य खाना खुवाउदा शिशुलाई कुपोषण हुन्छ । ती खानेकुराका लागि प्रयोग गरिने पानी निर्मलीकरण गर्नेहरूको संख्या पनि न्यून हुनाले अनेकौ संक्रमणहरू हुनसक्छन् । यस्ता कुराहरूले शिशुहरूलाई कुपोषणमा पु¥याउन अझंै मद्दत गर्दछ । आमाको दूध अपुग भएको अवस्थामा मात्र अन्य खाना खुवाउने हो, तैपनि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा ।

    ६. एचआईभी र स्तनपान

    एचआईभी संक्रमित आमाहरूको लागि विश्व स्वास्थ्य संगठनले पहिलो ६ महिनासम्म शिशुलाई स्तनपान नगराउन सिफारिस गरेको छ । त्यसको लागि अन्य खाना खुवाउन भनेको छ । सुत्केरी आमालाई सामाजिक रूपमा आत्मासात गर्ने, शिशुको आहार विधिपूर्वक (सुरक्षित) तरिकाले बनाउने, ६ महिनासम्मको लागि शिशुको आहारको बन्दोबस्त गर्ने र स्वास्थ्य तथा सरसफाइमा ध्यान दिने जस्ता कुराहरू पनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । नेपालको सन्दर्भमा भने एचआईभी संक्रमित आमाबाट जन्मिएको बच्चालाई ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने प्रावधान तोकिएको छ । अन्य बाहिरी खानेकुराहरूभन्दा आमाको दूध नै बढी सुरक्षित हुने र मिश्रित खानपान गराउँदा कलिलो बच्चाको पाचननलीमा घाउ हुन गई एचआईभी सर्ने सम्भावना झन् बढेर जाने हुँदा ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्ने प्रावधान आमाबाट बच्चामा एचआइभी रोकथामसम्बन्धी कार्यक्रम (पिएमटीसीटी) ले तोकेको छ ।

    ७. सन् १९८१ मा अनुमोदित अन्तराष्ट्रिय निमय अनुसार स्तनपानको सट्टामा खुवाउन बनाइने खानाहरूको नियन्त्रण सम्बन्धी निम्नानुसार रहेको छ

    • तोकिएको मात्रामा खाद्य तत्वहरू हुनुपर्ने र सोही अनुसार उल्लेख भएको हुनुपर्ने
    • ती खानेकुराहरू स्तनपानको सट्टामा प्रयोग गर्न प्रेरित गर्न नपाइने
    • गर्भवती÷सुत्केरी महिला वा उनका परिवारहरूलाई नमुनाको रूपमा दिन नपाइने
    • स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा निकायहरूलाई निःशुल्क वा कुनै वस्तुको सट्टामा वितरण गर्न नपाइने ।
    • आमालाई सहयोगको आवश्यकता

    शिशु जन्मेपछि स्तनपान गराउन धेरै महिलाहरूले कठिनाई भोगिरहेका हुन्छन् । जस्तै ः दूधको मुन्टो दुख्ने, पर्याप्त दुध नआउला भन्ने शंका उत्पन्न हुने डर प्रमुख पर्दछन् । यस्तो बेलामा स्वास्थ्यकर्मी वा अनुभवीहरूले सहयोग र परामर्श दिनुपर्दछ । निरन्तर दुध चुसाइरहनु यसको लागि राम्रो अभ्यास हुनसक्छ । यस्तो खालको सुविधा भएको २० हजार बालमैत्री स्वास्थ्य सेवाहरू संसारका १५२ वटा देशहरूमा विश्व स्वास्थ्य संगठन र युनिसेफको पहलमा सञ्चालित छन् ।

    ९. श्रम र स्तनपान

    विश्व स्वास्थ्य संगठन अनुसार सुत्केरी भएको दिनबाट १६ हप्ता पछि मात्र आमाले श्रम क्षेत्रमा जानुपर्छ । त्यो समय आमाको बच्चालाई स्तनपान गराउनको लागि आवश्यक छ । तर अधिकांश महिलाहरू अन्य खानाको बन्दोबस्त गरेर श्रममा फर्कन्छन् । उनीहरूमा पनि धेरैमा बच्चालाई दूध खुवाउन जाने समय हुँदैन वा टाढा हुनाले, स्तनमा नै जम्मा भएर बसेको हुन्छ । यस्तो अवस्थामा श्रम गर्ने ठाउँ भित्र वा नजिकै समय समयमा स्तनपान गराउने ठाउँको आवश्यकता पर्छ ।

    १०. अर्को चरणः

    जन्मेको छ महिनापछि आमाको दुधको साथै थप खानाको पनि आवश्यकता पर्दछ । आफ्नो परिवारमा खाइने खानाहरूबाट नै यस्ता खानाहरूको तयार गर्नु राम्रो हुन्छ । स्वास्थ्य संगठनले भनेको छ ।

    • अन्य खाना खुवाए पनि स्तनपान गराउन नघटाउने
    • त्यस्ता खानाहरू सफा चम्चा वा गिलाँसबाट सिधै खुवाउनु पर्छ तर बोतलबाट खुवाउनु हुँदैन ।
    • त्यस्ता खानाहरू सफासुग्गर र घर समुदायमा उपलब्ध हुने हुनुपर्दछ ।
    • तरल पदार्थ खुवाउँदै क्रमशः पछि ठोस पदार्थ खुवाउनु पर्दछ ।

    स्रोतः विश्व स्वास्थ्य संगठन ।

    तपाइको मत
  • भिडियो सामाग्री