• २०८० जेष्ठ २१, आइतवार
  • |
  • Sunday 4th June 2023
  • यौनिकता र यौन हिंसा

    ८ असार २०७५, शुक्रबार १३:४७

    कल्पना ज्ञावली/

    यौनिकता मानिसको सुन्दरता हो । त्यसैले हरेक व्यक्तिले यसलाघई महत्व दिएका हुन्छन । मानिसको यौनिकताले व्यक्तित्वमा पनि प्रभाव पारेको हुन्छ । मुख्यतया लैङ्गिकपहिचान र भूमिका, यौनआर्कषण र आनन्द, यौनपहिचान तथा सम्बन्ध र जवाफदेहिता आदिको समष्टिगत रूप ब्यक्तिको यौनिकता हो ।

    यौनिकतालाई यौनसम्बन्धका रुपमा मात्र हेरिनु हुदैन किनकि महिला वा पुरूष भएकै कारणले व्यक्तिले खेल्ने भुमिका, उसको व्यवहार र समाजले निर्धारण गरेको मान्यता आदिले मानिसको चेतनामा प्रभाव पारेको जस्तै उसको यौनिकतामा पनि प्रभाव परेको हुन्छ । त्यसैले यौनिकतालाई फराकिलो र वहुआयमिक तरिकाले बुझ्नु र व्यवहार गर्नुपर्छ । अरूको यौनिकताको सम्मान गर्नुपर्छ ।

    “वैश समाल्न नसक्ने मानव होइन दानव हो” । यो भनाई समाजमा सुनिदै आएको हो । यसले मानिसलाई सुरक्षित यौनसम्बन्ध अपनाउँन सन्देश दिएकोछ । तर, बिडम्बना यौनिकता प्रति जवाफदेही नहुँदा व्यक्तिले आफ्नो र अरुको पनि जीवन बर्वाद बनाइदिन्छ । यौनिकता प्रति जवाफदेही नहुनु भनेको यौन दुर्व्यहार गर्नु वा हिंसा गर्नु हो ।

     

    के हो यौन दुर्व्यवहार ?

    सामान्य अर्थमा भन्दा यौन दुर्व्यवहार यौनिकताको दुरुपयोग हो । यौन दुर्व्यवहार भन्नाले आफ्नो इच्छा विपरित कुनै पनि व्यक्तिले आफुलाई अपाच्य हुने गरि यौन जन्य कृयाकलापहरू गर्छ जसले आफुलाई हेपेको, कमजोर, असुरक्षित महसुश गराउँदछ । जसमा असहज हुनेगरी हेरीरहनु, इच्छा अस्वीकार्य हुने किसिमले जिस्काउनु, विना स्वीकृति यौन अंगहरू छुने चलाउँनेदेखि अपमानित हुने गरी यौनजन्य शब्द बोल्ने र बलात्कार समेत यौन दुर्व्यवहारहरू हुन ।

     

    तथ्यतथ्याङ्कमा

    सन् १९७१ भन्दा अगाडी यौन दुर्व्यवहारलाई यौन हिंसाको एउटाँ पक्षको रूपमा हेरिन्थ्यो तर १९७१ पछि यसलाई हेर्दै परिभाषित गरिएको छ ।

    • युरोप, अमेरिका लगायत विकसित राष्ट्रहरूमा पनि बालबालिकाहरू यौन दुर्व्यवहारको सिकार हुन परेको छ । बालबालिकाहरू अझै धेरै पीडित छन् । प्लान ले सन २००८ मा गरेको विश्वव्यापी अध्ययन अनुसार ८० प्रतिशत बालिकाहरू कुनै न कुनै किसिमको यौन दुर्व्यवहारमा परेका छन् ।
    • २०११ मा एण्डर्सन संस्थाले गरेको अध्ययन अनुसार विश्वमा ८७ प्रतिशत बालिकाहरूमा यौन दुर्व्यवहार भएको कारण नकारात्मक असर परेको छ ।
    • नेपालको सन्दर्भमा सन २०१२ मा युथ एक्सनले गरेको अध्ययन अनुसार यौन शोषणमा परेका मध्ये ६० प्रतिशत बालबालिकामा नकारात्मक प्रभाव देखिएको छ ।
    • म लगायत मेरो साथीसमूहले विश्व विद्यालय अनुदान आयोग अन्तर्गत सन् २०१२ मा काडमाडौँ उपत्यकामा गरेको अध्ययन अनुसार विद्यालय तहमा अध्ययनरत ८५ प्रतिशतमा किशोरीहरूमा यौनजन्य दुर्व्यवहार भएको देखिएको छ । त्यस्तै गरी उक्त आयोग अन्तर्गत सोही समूहबाट त्यस अधि (सन २०१०) मा गरिएको अर्को अध्ययन अनुसार ५३ प्रतिशत महिलाहरूले कार्यस्थलमा यौनदुर्व्यवहार भएको बताएका छन् ।

    यसका अलावा सञ्चार माध्यहरूबाट प्राप्त हुने समाचारहरू अनुसार विश्लेषण गर्ने हो भने बालबालिका माथि हुने यौन दुर्व्यवहार सबै भन्दा धेरै परिवार भित्रैका सदस्यहरू वा छिमेकी वा नातादारहरूबाटै सबैभन्दा बढी भएको र शिक्षकहरूबाट यौनशोषण भएको पाइन्छ ।  WHO का अनुसार तीन जना मध्ये एक जना महिला कुनै न कुनै शारीरिक तथा यौन हिंसाबाट पीडित भएका छन् ।

    तपाइको मत
  • भिडियो सामाग्री