[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. मेरो अनुभव; यौन आनन्द र तनाव | Yaunik Media
  • २०८२ जेष्ठ ३२, शनिबार
  • |
  • Saturday 14th June 2025
  • मेरो अनुभव; यौन आनन्द र तनाव

    १३ असार २०७५, बुधबार १४:५६

    सूरेन्द्र /

    एसएलसीको परिक्षा पछि म ब्रिज कोर्स गर्न नारायणगढ जानथालेँ । यो अवधिमा धेरै केटीसाथीहरू भए जति । स्कुलमा केटीसाथी कम हुनुमा अलिअलि लाजले गर्दा र त्यो भन्दा बढी चाहिँ अरू बोर्डिङ स्कूलमा जस्तै हाम्रो पनि यो मामिलामा नियम कडाइ हुनाले पनि हो ।

    म कक्षा ९ मा पढ्दा त्यहि स्कूलको कक्षा ११ मा पढ्दै गरेकि एकजना केटीप्रति निकै आकर्षित भएको थिएँ । उनीप्रति म विस्तारै अन्धो प्रेमी भएँ । उनको घर हाम्रो नजिकै थियो । म बारम्बार विना काम उनको घरतिर उनलाई भेट्ने लालचाले जाने गर्थेँ । उनलाई मेरो प्रेमको बारेमा न त केहि भन्न सक्थेँ न भुल्न सक्थेँ । त्यसैले म मानसिक पीडा पनि महशुस गर्न थालेको थिएँ ।

    म सपनामा प्राय उनीलाई देख्ने गर्थेँ । सपना मै उनीसँग मेरो यौन सम्पर्क हुनेगर्थ्यो । बिउँझदा त कट्टु भिजेर छ्याल्लब्याल्ल हुन्थ्यो, सोप्नदोष भएर ।  सपनामा यौन सम्पर्क गर्दा पनि विपनामा जस्तै किन यसरी बीर्य निस्कन्५ भन्ने कुराको गहिरो जिज्ञाशा हुन्थ्यो । सपनामा उनीसँग भएको यौन सम्पर्क सम्झेर असाध्यै आनन्द महशुस हुन्थ्यो तर सपनामै बीर्य स्खलन (सोप्न दोष) भएकोले डर पनि लाग्थ्यो ।  किनकि यसलाई नराम्रो लक्षणको रुपमा लिएको मैले अरूबाट सुनेको थिएँ । डर लागेर पनि यस्तो सपना चाहिँ सधैं देख्न चाहन्थेँ ।

    यो अवस्था बढ्दो क्रममा थियो र स्वप्न दोषका कारणले भने मलाई पीडा पनि झनझन बढिरहेको थियो । यसको कारण मलाई कतै ठूलै रोग लाग्ने हो कि भन्ने कुराले एकदमै सशंकित थिएँ । संकोच र लाजको कारण यी पीडाहरू कसैलाई भन्न सकेको थिइन ।

    यसै बीचमा मैले आत्माबल बढाएर मलाई मायाँ गर्ने र मलाई पनि मन पर्ने मेरो छिमेकी दाईलाई मैले भोगेका तनावका बारेमा सविस्तार भनेँ । दाईले धेरै ध्यानपूर्वक सुनिदिनु भयो । त्यसकारण पनि मलाई भन्न झन सहज भयो । दाइले जसका भएपनि व्यक्तिगत कुराहरूमा गोपनीयता कायम गर्नुहुन्छ र हामीलाई पनि गोपनीयताका बारेमा बारम्बार सल्लाह दिनुहुन्थ्यो ।

    दाईले मेरो कुरा सुनिसकेपछि गालामा सुम्सुम्याएर मायाँको आभाष दिँदै भन्नुभयो “यो कुनै रोग होइन र समस्या पनि होइन अनि किन डराएको ? किन तनाव लिएको ? यस्तो हुनु त राम्रो कुरा पो हो । बरु तिमी स्वस्थ रहेछौ । अस्वस्थ मानिसलाई यस्तो हुँदैन । उमेर बढ्दै जादाँ किशोरावस्थामा पुगेपछि सबैलाई यस्तै हुन्छ ।  कतिपय मानिसलाई त बयस्क उमेरमा पनि हुन्छ । बिर्य थैलीमा बिर्य भरिएपछि बाहिर पोखिन्छ । कहिलेकाही एकैपटक पोखिन्छ । फेरि भरिन्छ । फेरि पोखिन्छ । तिम्रो पनि त्यहि भएको हो । यो प्राकृतिक नियमकै प्रक्रिया हो ।” दाईको कुरा सुनेर छक्कै परेँ ।  मेरो काधमा हात राखेर संगै हिँडाउँदै दाईले भन्दैजानुभयो “केटाहरूलाई केटीहरू प्रति र केटीहरूलाई केटाहरू प्रति आकर्षण बढ्नु, तिब्र यौन चाहना बढ्नु, स्वप्न दोष हुनु, हस्तमैथुन गर्न मनलाग्नु स्वस्थ किशोरावस्थाको स्वभाविक विशेषता हो । यस्ता कुराहरूलाई सामान्यरुपमा लिएर आफ्नो भविश्य प्रति ध्यान दिएर काममा लाग्नु पर्छ भाई ।” त्यस पछि म बल्ल ढुक्क भएँ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री