[REQ_ERR: COULDNT_CONNECT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. बुढ्यौलीको यौनिकता | Yaunik Media
  • २०८१ पुस २९, सोमवार
  • |
  • Monday 13th January 2025
  • बुढ्यौलीको यौनिकता

    २१ असार २०७५, बिहीबार १४:२०
    • सजना कालु

    यौनलाई पहिले जस्तै प्रतिबन्धित बिषयको रुपमा नलिए पनि योसँग सम्बन्धित बुढेसकालको यौन बारे भ्रम अझै ब्याप्त छ । समाजमा बढ्दो उमेरका मानसिहरूमा यौनइच्छा कम हुने वा यौनसम्पर्कमा  सहभागीता नै कम हुन्छ भन्ने विचार धेरैको छ । एक अध्ययनले पनि देखाएको छ कि बढ्दो उमेर समुहका मानिसहरुले आफ्नो यौन जीवन ५० वा ७० बर्षपछि समाप्त हुन्छ ।

    एक अर्को अध्ययनले पनि देखाएको छ कि केहि श्रीमान श्रीमतीहरु ७० वा ८० बर्षको उमेर सम्म पनि यौन जीवनमा रमाउन सक्छन । पाको उमेरका मानिसहरु पनि यौन क्रियाकलापमा संलग्न हुन र  रमाउन सम्भा छ । बुढेसकालको यौन जीवनको धेरै समारात्मक पक्षहरू छन् । अनि, यसले जीवनमा खुशी बढाउनुका  साथै आयु पनि बढाउन मद्दत गर्दछ । यसर्थ आशा राख्न सिकन्छ कि बुढेसकालका  यौनिकता सम्बन्धी केहि भ्रमहरु हटाउन सकिन्छ ।

    बुढेसकालको  यौनिकता सम्बन्धी केहि भ्रमहरु :

    • बुढ्यौलीमा यौन चाहना वा आवश्यकता हुदैन

    केहि मानिसहरुमा आफ्नो आमा बुबा र हजुरबुबा हजुरआमा बीच हुने यौन कार्यका बारेमा सोच्न असहज मान्दछन । तथापी, अनेकौं अध्ययनहरूले के देखाउछ भने, ५० वर्ष नाघेका मानिसहरु बीच पनि तिव्र यौन चाहाना र सक्रियता हुन्छ । यो अध्ययनले समाजमा रहेका परम्परागत विचारहरुलाई अबरोध गरेको छ । तर, हालै भएको एक अध्ययनले बुढ्यौलीमा हुने यौन क्रियाकलापमा केहि फरक भने हुने देखाएको छ । जस्तै, लिङ्गको उत्तेजनामा कमि आउने, विर्य स्खलनमा विर्यको मात्रा, यौनीको रस र चरम सुखमा कमि आउने आदि । मानिसहरु आफ्नो सुखी र स्वस्थ यौन जीवनयापन गर्न कहिल्यै बुढो हुँदैनन् ।

    • बढ्दो उमेरमा यौन चाहाना भएता पनि यौनसम्पर्क गर्न सक्षम हुदैन

    बढ्दो उमेर सँगै पुरुष र महिला दुबैको शरीरमा परिवर्तनहरु आउछन तर यसको मतलब यो होइन कि ती परिवर्तनहरूका कारण उनीहरु यौनसम्पर्क गर्न असक्षम हुन्छन । उदाहरण : बढ्दो उमेरको पुरुषको लिङ्ग पहिले जत्तिकै उत्तजित नभएपनि यसले यौनसम्पर्क पुर्वको समयलाई बढाउछ । जसको कारण आफ्नो यौनजोडीलाई पनि उत्तजित बनाउन पर्याप्त समय मिल्छ र चरम सुखमा पुग्न मद्दत पुग्दछ । एक तिहाई पुरुषहरुमा ४० बर्ष उमेर काटेपछि  लिंगको उत्तेजनामा पहिलेको भन्दा केहि कमि आउछ । यसले गर्दा उनीहरुमा उत्साह कम हुन्छ । अब उप्रन्त यहि समस्या रहिरहने हो कि भन्ने सोचले मानसिक समस्या (Anxiety) देखा पर्नसक्छ । तसर्थ यौनिकतालाई सहज रूपमा बुझेर मानसिक तनावलाई कम गर्न सक्नेहरूले लिङ्गलाई सामान्य रुपमा उत्तजित गर्न सक्छन । यस्तो अबस्थालाई प्रोत्साहन गर्न आफ्नो यौनजोडी माथि धेरै यौन व्यवहारबाट तनाव नदिइ  खुलेर कुराकानी गर्नु जरुरी हुन्छ ।

    महिलाहरुको शारीरिमा  आउने परिवर्तनहरू जस्तैः महिलाहरुमा हुने एस्ट्रोजन नामको हर्मोनको कमिका कारण योनी रस अर्थात चिप्लो पदार्थमा कमि आउनु प्रमुख हो ।  महिनावारी बन्दा हुनु पहिलाबाट यो हर्मोनको कमीले हुनथाल्दछ  । चिप्लो योनी रसको कमि हुँदा योनी द्वार सुक्खा भएर लिङ्गको घर्षण हुदा यौनको आनन्दमा कमि आउछ । केहि जोडीहरुले महिनावारी रोकिएपछि गरिएको यौनसम्पर्कमा आनन्द नआउने पनि उल्लेख गरेका छन् । तर यसको राम्रो तर्फ हेर्ने हो भने महिनावारी रोकिएपछिको यौनसम्पर्कले महिलाहरुलाई अझ यौनको बारेमा धेरै बुझ्न र अनुभव गर्ने मौका मिल्छ । सबै भन्दा ढुक्कको कुरा गर्भ रहने डर नहुनु पनि हो । यस्तो चिप्लो तरल पदार्थको कमिले हुने दुखाइबाट बच्न यौनसम्पर्क हुनु पहिला अरु उत्तेजक कार्यहरु (Foreplay) गर्न सकिन्छ ।

    • बुढ्यौलीमा मानिसहरु कमजोर हुन्छ, यो बेला यौनसम्पर्क राखेमा आफैलाइ हानी हुन सक्छ :

    युवा अबस्थामा जस्तै यौनसम्पर्क गर्न नसकिने कुराले कतिपयलाई हतोत्साहित बनाउँने भएपनि बुढ्यौलीमा आफ्नो मानसिक स्वास्थ्यलाई हानी नहुने गरि यौन सम्बन्ध कायम राख्न सकिन्छ । यदि कोहिलाई यौनसम्पर्क गर्न कमजोर भएको आभाष भएमा अरु यौन आसनहरु प्रयोग गर्न सकिन्छ ।

    • अध्ययनहरुले बताए अनुसार बुढो जोडिहरु यौन सम्बन्ध राख्दैनन् :

    यो पनि गलत बिचार हो । अनगिन्ति अध्ययनहरुले देखाइको छ कि मानिसहरु आफ्नो जीवनभरी यौनको आनन्द लिन सक्छन । हालैको एक अध्ययन अनुसार करिव ५४ प्रतिशत पुरुष र ३१ प्रतिशत महिलाहरु सत्तरी बर्षको उमेरमा पनि उत्तिकै यौनमा रुची राख्छन । समाजमा यस कुरालाई भने सही रुपमा लिइदैन । यौन भनेको मात्र जवानहरुको लागि हो भन्ने विचार समाजमा अझै पनि ब्याप्त छ । यहि गलत धारणाले गर्दा मानिसहरु यौनको बारेमा खुल्ला रुपमा बोल्न चाहदैनन् । तर जस्तो भए पनि यौन भनेको मानिसहरुको जीवनको अति सुन्दर र आबश्यक पक्ष हो ।

    • बुढ्यौलीमा यौन आनन्ददायी हुदैन :

    यो धारणा पनि गलत हो । बुढ्यौलीमा पनि यौन उत्तिकै आनन्दायी हुन्छ । महिलाहरुमा करिब ३०-४० वर्ष पुग्दा हर्मोनको कारणले परिवर्तन आउछ , जस्ले गर्दा यौनिक आत्मविश्वास बढ्छ। करिव ५० वर्षमा मानिसहरुको यौन जीवनको चरम स्थानमा पुग्छन । जोडीहरु सँगै आफ्नो भावुक पक्ष सुढृद बनाउन सक्छन । सँगसँगै बुढ्यौलीमा प्रबेश हुँदा झन गहिरो सम्बन्ध स्थापित हुन्छ र यसले एक अर्काको इच्छा, अनिच्छा बुझ्न मद्दत गर्दछ र उन्नत आनन्ददायी यौन सुख प्राप्ति हुन्छ ।

    • पाको उमेरका मानिसहरु शरिरिक रुपमा आकर्षक हुदैनन् जस्ले गर्दा उनिहरु अरुको इच्छामा पर्दैनन् ;

    जोडीहरु ५० वा ६० बर्षको उमेरमा पनि आकर्षक देखिन सक्छन । उनिहरु एक अर्कालाई अझै आकर्षक पाउन सक्छन । प्रेम र भावुकताको आकर्षणले यौनआकर्षण र उत्तेजना बढाउन मद्दत गर्छ ।

    बढ्दो उमेर सँगै यौनआनन्द अझै धेरै  लिन सकिन्छ । बुढ्यौलीमा हुने यौन सम्बन्ध बारे गलत धारणाहरुले सोचाइमा संकोच बनाउँन सक्छ ।  जति संकोचता बढाएपनि यौन मानिसहरुको जीवनको अति आवश्यक पक्षहो, चाहे मानिसहरु जति सुकै बुढो किन नहोस ।

    स्रोतः sexinfo online 13 feb 2016 (Santa Barbara द्वारा लिखित “Myth about aging and sex” को नेपाली भाषामा भावानुवाद  गरिएको ।)

    तपाइको मत
  • भिडियो सामाग्री