यौनिक डेस्क /
संसारका सबै धर्म परम्पराहरू यौनिकता प्रति अनुदार छन । त्यसमा पनि हस्त मैथुन गर्दा वा स्वप्न दोष हुँदा वा अरू कुनै तरिकाबाट वीर्य स्खलन हुनु वा गर्नु भनेको शक्ति क्षय हुनु हो भन्ने कुरामा विश्वास गरिन्छ । श्रीमान श्रीमति बीचको यौन सम्पर्कबाट हुने वीर्य हस्खलन हुनुलाई समेत शक्ति क्षयको रूपमा लिने गर्दछन ।
वीर्य कसरी बन्छ ?
प्राचिन काल देखिको स्वास्थ्य विज्ञानहरू पूर्वीय दर्शनका आयुर्वेद होस वा पश्चिमी दर्शनको युनानी स्वास्थ्य विज्ञान होस वा अरू पनि होलान, सबैका मान्यता अनुसार विर्य रगतबाट बनेको हुन्छ र एकथोपा विर्य बन्न २० गुणा रगत चाहिन्छ भन्ने मान्यता पाईन्छ । स्वास्थ्य विज्ञानमा भएका अध्ययन अनुसन्धान पछि जीवकोषहरूका बारेमा बिस्तृत अध्ययन भयो यहि क्रममा वीर्यका बारेमा पनि भयो । जसरी स्तनमा दुध बन्न, मुखमा र्याल बन्ने आआफ्नो प्रक्रिया हुन्छ त्यसै गरी वीर्य बन्ने प्रक्रिया पनि छुट्टै हुन्छ । वीर्य पनि रगतबाट बनेको नभइ अण्डकोष भित्र यौन रस (हर्मोनहरू) को सहयोगमा विभिन्न कोषहरू विभाजन भइ वीर्य बनेको हुन्छ ।
बैज्ञानिकहरूले दशकौं बर्षसम्मको लामो अध्ययन अनुसन्धान पछि यी कुराहरू प्रयोगशालाहरूबाट प्रमाणित भएपछि संसारमा वीर्य सम्बन्धी धारणामा परिवर्तन मात्र भएन कि मानिसहरू निर्धक्क यौनसम्पर्क गर्न वा हस्तमैथुन गर्न थालेका हुन । यौनसम्मपर्कले पुरूष र महिला दुबै थरिलाई कम्जोर बनाउँछ भन्ने कुरा मिथक सावित भयो । शुक्रकिड र वीर्य उत्पादन भइरहन्छ । वीर्य थैली भरिए पछि पनि यसको उत्पादन रोकिदैन । कुनै न कुनै तरिकाले हामीले थाहा नपाउने गरी बाहिर निस्कन्छ र कहिलेकाहि थाहा पाउँने गरि निस्कन्छ । विशेष गरि राती स्वप्न दोष हुन्छ । स्वप्न दोष हुनु भनेको वीर्य थैली भरिएर पोखिएको हो । कुनै रोग लागेको वा शारीरिक गडबढी भएको होइन ।
पछिल्ला अध्ययनहरूका अनुसार विवाह नगर्दा वा शक्ति जोगाउँन यौनसम्पर्क नगर्दा बलियो भइने होइन । बरू यौनसम्पर्क गर्दा नै मानिस तुलनात्मक रूपमा स्वस्थ हुने जानाकारी अब धेरैले पाइसकेका छन । बरू यौन जोडी बीचमा कुनै एकजनालाई इच्छा नभएको बेलामा भने यौनसम्पर्क गर्नुहुदैन । किनकि यो अवस्थामा यौन आनन्द आदैन । त्यति मात्र होइन अनिच्छित यौनसम्पर्क रोकिएन र बारम्बार भइ नै रह्यो भने विस्तारै मानसिक तनाव बढ्दै जान्छ र विस्तारै ठुलै समस्या आउनसक्छ ।