• २०८१ बैशाख ७, शुक्रबार
  • |
  • Friday 19th April 2024
  • यौन इर्ष्या

    ३२ असार २०७५, सोमबार १५:२२

    विपना शर्मा /

    यौन इर्ष्या पटक्कै जाग्रित नहुने मानिस अत्यान्त विरलै हुन्छन । विपरित लिङ्ग प्रति मात्र नभएर समलिङ्गीयहरू बीच पनि यौन र यौनिकता प्रति धेरै वा थोरै इर्श्या हुन्छ । बालमनोविदहरूको मत अनुसार किशोरावस्थामा केटा केटा बीच भन्दा केटीकेटी बीच यौन इर्श्या गर्ने धेरै हुन्छ । यस्तो हुनुमा अप्रत्क्ष रुपमा पारिवारिक प्रभावको ठूलो भूमिका हुन्छ ।

    यौन इर्श्या सकारात्मक त हुदैन त्यसमा पनि यौन इर्ष्याकै कारणले द्वन्द्व सिर्जना हुने किसिमका इर्श्याहरू चाहि असाध्यै नकारात्मक हुन । यौन इर्स्या कै कारणले युवाकिशोरकिशोरीहरू मानसिक तनावमा परेका, पढाइ होस या व्यवसायमा ह्रास आएको धेरैमा देखिन्छ । त्यसका अलावा यौन इर्श्या कै कारणले ज्यान फालेका घटनाहरू पनि यदाकदा नघटेका होइनन । यस्तो हुनुमा यौन शिक्षाको कमि हुनु हो । किनकि राम्रो यौन शिक्षा अभिभावक र शिक्षकहरूबाट पाएका युवा किशोरकिशोरीहरूमा यौनिकता सम्बन्धी जीवनोपयोगी सीप र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा सचेत भएका हुन्छन । जसका कारण उचित समयमा सुरक्षित निर्णय गर्ने क्षमता बनाएका हुन्छन ।

    विशेष गरी किशोरावस्थाबाट यौन चाहना बढ्ने हुँदा यौन इर्श्या पनि बढ्न थालेको हुन्छ । जस्तै एउटै केटालाई दुईजना वा त्यो भन्दा धेरै जना केटीहरूले मन पराउने र कुनै अवस्थामा एउटै केटीलाई दुईजना वा धेरैजना केटाहरूले मन पराउने/मायाँ गर्ने अवस्थामा यौन इर्श्या बढ्न थालेको पाइन्छ । प्राय धेरै घटनाहरु यस्तै अस्वस्थ प्रतिस्पधाबाट हुने गरेको देखिन्छ । यस्तो अवस्थामा बेचैनी वा मासिक तनावको अनुभव हुनेगर्दछ । विस्तारै पारिवारिक तथा सामाजिक वातावरणमा समेत नराम्रो असर परेको हुन्छ ।   त्यस्तै कसैको प्रेमजोडी देखेर डाहा हुने र चियोचर्चा हुने कार्यलाई यौन इर्श्या कै रुपमा लिइन्छ । कुनैकुनै अवस्थामा आफ्नो साथीलाई एकभन्दा बढी साथीहरूले मनपराइ दिने र प्रेम गर्ने तर आफुलाई भने कसैले वास्ता नगर्ने अवस्थामा पनि इर्श्या बढ्नसक्छ । यस्ता घटनाहरूले इर्श्या र असन्तुष्टि बढ्ने, नकारात्मक सोचको विकास हुने, आत्मग्लानी हुने हुँदा यसले व्यक्तित्व विकासमा समेत नकारात्मक प्रभाव पार्दै लैजान्छ ।

    स्कूल कलेज होस वा यस्तै किसिमका युवाकिशोरकिशोरीहरूको जमघट हुने स्थानमा यस्ता कुराहरू धेरै चल्ने गरेको हुन्छ । उनीहरू प्राय प्रेमको होडबाजीमा परेको देखिन्छ । यस्तो हुनुमा हाम्रो समाजमा यौन र यौनिकता सम्बन्धी नकारात्मक सोच हजारौं बर्षदेखि चल्दै आएको हुनाले त्यसको प्रभाव परेको हो । त्यस्तै नेपाली समाजमा हिन्दी सिरियलहरूको पनि प्रभाव परेको छ जुन एदाकदा बाहेक अधिकांश सिरियलहरू जति आधुनिकता पछ्याएको भनिएतापनि यौनिकताको सवालमा परम्परागत मान्यताहरूलाई नै पछ्याएको हुन्छ । विशेष गरी ती हिन्दी टेली सिरियलहरू वा फिल्महरूमा ब्वाइ फ्रेण्ड गर्ल फ्रेण्ड सम्बन्धी धारणामा नै निकै भ्रमहरू पाइने हुनाले हाम्रो समाजमा त्यसको पनि गहिरो प्रभाव परेको छ ।

    यौन इर्श्या सितिमिती नमेटिने गरी मनमा गहिरोसँग बस्ने हुनाले यो लामो श्रृङ्खलामा चलिरहन्छ । यसबाट छुटकारा पाउन नसकिने पनि होइन । यसको पहिलो सर्त भनेको यौन र यौनिकतालाई सही अर्थमा बुझ्नु आवश्यक छ र दोस्रो सर्त हो अरूको सुन्दरता वा यौनिकता प्रति इर्श्या होइन कि सम्मान गर्ने बानीको विकास गर्नु पर्दछ । यो काम सजिलो नभएको हुनाले त्यस सोचाइलाई सजिलो बनाउँन आफुमा हमेसा सकारात्मक सोचको विकास गर्नुपर्छ । यसको साथै असल सम्बन्धहरू कसरी कायम गर्ने भनी निरन्तर प्रयत्न गर्दा यस्ता समस्याबाट बच्न सकिन्छ । किनकि असल सम्बन्धमा स्वार्थ र इर्श्या कम हुँदै जान्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री