• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • सन्तानको निर्णय

    १४ श्रावण २०७५, सोमबार १५:२१

    यौनिक डेस्क /

    श्रीमान र श्रीमति बीचको यौनिकता जीवनको सबै भन्दा सुन्दर पक्ष हो । उनीहरू बीचको यौन सम्बन्ध बहुआयामिक हुन्छ तर यसलाई एकांकीमा बुझेका र अपनाउनेहरू पनि धेरै हुन्छन, विशेषगरी पुरूषोत्वमा विश्वास गर्ने परिवारमा ।  यस्तो परिवारलाई परिवार भन्न मिल्दैन जहा बच्चा कति जन्माउँने भन्ने निर्णय पुरूषले गर्दछ ।

    बच्चा कहिले, कतिजना र कति समयान्तरमा जन्माउने ? के यसका बारेमा सबै दम्पतिहरू बीच खुलेर छलफल गरेका हुन्छन ? छलफल गरेर  आपसी सहमतिमा उचित निर्णय लिएका हुन्छन  ? यो सवाल सुखि सन्तानको लागि मात्र होइन सुन्दर अभिभावनको जीवन पनि हो । जिम्मेवार परिवारको जागि पनि हो ।ऽ

    सामान्यत समझ्दार श्रीमान श्रीमतिहरूले खुलेर नै आपसी सल्लाहमा सन्तानका बारेमा उचित निर्णय लिने गर्दछन । आफ्नो पढाइ बाँकि भएमा, व्यवसाय वा नोकरीको समय मिलाउँन र बालबालिकाको हेरचाह सम्बन्धी तादात्म्यता मिलाएर बच्चा जन्माउँने र हुर्काउँने उचित व्यवस्था गर्नपर्ने हुन्छ । यो लैङ्गिक र पारिवारिक न्याय हो । यो नै परिवार विकास योजनाको मुख्य प्रवेश अवस्था हो । “दोस्रो बच्चा कहिले ? पहिलो स्कुल जान्छ जहिले ।” यो भनाइ रेडियो नेपालमा वर्षौं पहिलेदेखि बज्दै आएको परिवार नियोजनका साथै परिवार विकासका शिक्षामूलक सन्देश हो । राज्यको नीतिले पनि यही कुरामा जोड दिएको छ । गर्भ निरोधका साधनहरू अपनाएर उचित जन्मान्तर अपनाउँदा बच्चा र अभिभावक दैबैका लागि राम्रो हुन्छ

    के के राम्रो हुन्छ त ?

    • दोस्रोपटक जन्मने बच्चाको शारीरिक तथा भावनात्मक विकास हुनुका साथै अभिभावका लागि पनि आवश्यक कामको व्यस्थापन र आवश्यक खर्चको जोहो गर्न सहयोग पुग्छ ।
    • जन्मान्तर कम भएको कारण गर्भवती तथा सुत्केरी व्यथाका कारणबाट आमा र बच्चाको अकालमा ज्यान जान सक्ने खतरामा कमी आउन सक्दछ ।
    • कम तौल भएको बच्चा जन्मिने, मृत अवस्थामा जन्मिने वा अधिग्रो जाने जस्ता खतराहरूबाट बच्न सकिन्छ ।
    • बच्चा र परिवारका सदस्यहरूका लागि पर्याप्त समय दिन सकिने हुनाले बच्चाको उचित स्याहार, शिक्षा, माया र पारिवारिक सद्भाव वृद्धिमा पनि सहयोग पुग्दछ ।
    • उचित जन्मान्तर भएमा बालबालिकाले लामो अवधिसम्म स्तनपान गर्न पाउने हुँदा बच्चाले राम्रो पोषण पाउँदछ । जसको कारण रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भएको हुन्छ ।
    • जन्मान्तर मिलाउँदा बच्चाले लामो समयसम्म माया र उचित हेरचाह पाउँनुका साथै श्रीमान् र श्रीमती बीच पनि सुमधुर सम्बन्ध कायम राख्न सघाउ पुग्दछ ।
    • अध्ययनहरूले बताए अनुसार आमा प्रसन्न भएमा गर्भावस्थामा भएको बच्चालाइ पनि त्यसको प्रभाव पर्छ र जन्मिएपछि त झन प्रत्यक्ष प्रभाव पर्छ । किनकि तनावमा भएका अभिभावकले बच्चालाई राम्रो प्रभाव पार्न सक्दैनन ।
    • स्वस्थ बच्चा जन्माउनका लागि आमाको भन्दा महत्वपूर्ण भूमिका बाबुको हुन्छ । किनकि श्रीमतिको सुरक्षित मातृत्वका लागि श्रीमानको भूमिका अरूको भन्दा धेरै महत्वपूर्ण हुन्छ ।
    • सरकारले सञ्चालन गरिरहेको सुरक्षित मातृत्व सम्बन्धी विभिन्न कार्यक्रमहरूबाट पनि धेरै जानकारी तथा सहयोग प्राप्त गर्न सकिन्छ ।
    तपाइको मत
  • भिडियो सामाग्री