[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. किन बच्चासँगै खाना खानु पर्छ ? | Yaunik Media
  • २०८२ बैशाख ११, बिहिबार
  • |
  • Thursday 24th April 2025
  • किन बच्चासँगै खाना खानु पर्छ ?

    २१ श्रावण २०७५, सोमबार १५:०९

    – यौनिक डेस्क/

    धेरै जसो परिवारमा बच्चाहरूले खाने र परिवारका ठुलामान्छेहरूले खाने समय अलग हुन्छ । यस्तो हुनुका कारणका बारेमा धेरैको भनाइ अनुसार बच्चाको लागि खुवाउँन झण्झट हुन्छ, ढिला खान्छन, आदि । यसको मत्लब हो खाना खानेबेलामा ठूला मानिसहरूलाई मात्रै आनन्द चाहिन्छ । कतिपय परिवारमा बच्चासँगै खाना खाएपनि छिटोछिटो खान दवाव दिइरहेका हुन्छन । खानेबेलामा कुनै न कुनै निहुँमा बच्चालाई गाली गरिरहेका हुन्छन । धेरैजसो अभिभावकहरूले बच्चाहरूलाई खाने बेलामा बोल्न हुँदैन भनि फलामे अनुशासनमा राख्न चाहन्छन । जुन व्यवहार अभिभावकहरूले गर्नै नहुनेमा पर्छ ।

    बच्चाको लागि परिवारका सबैजनाले दिने समय मध्ये खाना खाने बेलामा दिइने समय पनि महत्वपूर्ण हो । धेरैको लागि विहानको समय नमिले पनि बेलुकाको खाना खाने बेलामा समय दिन सम्भव छ । बच्चालाई परिवारसँगै खाने बानी बसेमा अभिभावकहरू र बच्चाहरू बीचको सम्बन्ध अझै नजिक हुन्छ । हुर्कदै जाने क्रममा विस्तारै उनीहरूमा पनि परिवार प्रति उत्तरदायी भावनाको विकास हुदैजाने हुनाले कुलतमा लाग्ने सम्भावना कम हुन्छ र शारीरिकका साथै मानसिक रुपमा पनि स्वस्थ हुन्छन् ।

    परिवार भित्रका कामहरू बारेमा छलफल गर्दा अभिभावकले सबैजनाको बराबरी सहभागीता गराउँनु पर्दछ । दैनिक कामको सामान्य विषयहरूलाई खाना खाने बेलामा गराउँदा बालबालिकाले पनि सहभागी हुने अवसर पाउँदछन जसको कारण उनीहरूमा परिपक्वताको विकास हुन मद्दत मिल्दछ । खाना खाने समयमा सौहार्दपूर्ण छलफल गर्नेगर्दा एकले अर्काको आदर गर्ने बानी बस्छ । त्यस्तै बालबालिकाहरूले नमुना व्यक्ति बन्ने प्रेरणा पनि पाउँछन् ।

    यसो गर्न किन महत्वपूर्ण छ ?

    परिवारका सबै सदस्यहरू सँगै बसेर नखाने र अरू पारिवारिक छलफलहरूबाट बच्चहरूलाई एक्लाउँदा  त्यस्ता परिवारका  ६१ प्रतिशत बच्चाहरू मादक पदार्थ, धुमपान वा कुनै न कुनै किसिमको लागुऔषधको कुलत भएको पाइयो । तर सँगै खाना खानेहरू र पारिवारिक छलफलहरूमा सहभागी हुनगरेका मध्ये २० प्रतिशत भन्दा कम मात्रै त्यस्तो कुलतमा लागेको पाइएको क्रिष्टिन गार्टरले ग्रेटर गुड म्यागेजिनमा आफ्नो अनुसन्धानको आधारमा लेख लेख्छन ।

    परिवारका सदस्यहरूसँगै बसेर खानेहरूमा जोखिम यौन क्रियाकलापमा संलग्न हुनेहरू अरूमा भन्दा कम सङ्ख्यामा भएको , झगडा कम गर्ने र अनुशासित हुने कुरामा प्रेरित भएको पाइएको छ । त्यस्तै परिवारमा मायाँ पाएका र ब्यक्तित्व विकास प्रति प्रेरित भएकहरूमा आत्महत्या गर्ने दर अरूमा भन्दा धेरै न्युन छ ।

    खादै गफ गर्दै

    • त्यो दिन कसकसले कस्ता किसिमका चुनौतीको सामना गर्यो, त्यसको बारेमा चर्चा चलाउन सकिन्छ ।
    • भोली के खाने भन्ने बारे योजना बनाउन सकिन्छ ।
    • अभिभावकले आफ्नो पनि वाल्यावस्थाको अनुभव आफ्ना बच्चाहरूलाई सुनाउन पाउछन, जसले गर्दा उनीहरूले नयाँ ज्ञान पउँन सक्छन ।
    • परिवारको आन्तरिक मामिलाका बारेमा छलफल गर्न पाइन्छ, जसमा उनीहरूको सहभागिता हुन्छ र परिवारसँग सामिप्यता बढाउन मद्दत मिल्छ ।
    • बालबालिकाले पढेका शिक्षाप्रद किताब र फिल्मका बारेमा छलफल हुन्छ, जसको कारण शिक्षाप्रद ज्ञान प्रति जिज्ञाशा बढ्दै जान्छ ।
    • बालबालिकासँग खुलेर कुराकानी गर्ने उपयुक्त समय भनेको खादै कुरा गर्दै गर्नु पनि हो । यस्तो बेलामा उनीहरूसँग खुलेर कुरा गर्दा अरूबाट सुनेका यौनिकता लगायत अन्य भ्रमहरूबारे स्पष्ट हुने अवसर मिल्दछ ।
    • बालबालिकाको चाहना के हो भनेर वुझ्न पनि यति वेला सजिलो हुन्छ । त्यस्तै बालबालिकाले दिनचर्या कसरी विताउँछन भनेर पनि सजिलै थाहा पाउन सकिन्छ । त्यसैका आधारमा राम्रो मार्ग निर्देशन गर्न वा सकरात्मक परिवर्तनका लागि आवश्यक जानकारी पनि दिने अवसर हुन्छ ।
    • उनीहरूको व्यवहार कस्तो छ ? यदि कुलतमा लाग्ने सम्भावना रहेछछ भने रोक्ने उपायहरू अपनाउँन सकिन्छ ।
    तपाइको मत
  • भिडियो सामाग्री