[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. मम्मी र बाबाको यौन चर्तिकाला | Yaunik Media
  • २०८२ जेष्ठ ६, सोमवार
  • |
  • Monday 19th May 2025
  • मम्मी र बाबाको यौन चर्तिकाला

    १२ भाद्र २०७५, मंगलवार २३:००

    यौनिक डेस्क /

    बाबा र ममी बीच हुने यौनसम्पर्क प्राय थाहा पाइरहेको हुन्छु तर थाहा नपाएको जस्तो गर्छु । अझै कहिलेकाहि त देखेरपनि नदेखे जस्तो गर्नुपरेको छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति विस्तारै नराम्रो छाप बस्न थालेको छ । दिक्दार लाग्न थालेको छ । ‘मेण्टल्ली डिस्टर्भ’ अति नै हुनथालेको छ, यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?

    यो प्रतिनिधि घटना हो । अनि यो एक किसिमको खुल्ला गोपनीयता पनि हो । धेरै परिवारमा अभिभावकका यस्ता घटनाहरूका बारेमा किशोरकिशोरीहरूले थाहा पाएका हुन्छन र आफ्ना मन मिल्ने साथीहरुसँग यसैका बारेमा गुनासो सुनाएका हुन्छन् । कतिपय किशोरकिशोरीहरूले विस्तारै यसलाई समान्य रुपमा नै लिएका हुन्छन् तर धेरैले चाहिँ यस्ता यौन व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन । किनकि उनीहरूमा पनि यौन हर्मनहरूको छिटोछिटो विकाससँगै त्यहि हर्मनहरूमा आएको परिवर्तनका कारण उनीहरूको शारीरिक र मानिसक संवेगको साथै यौनाङ्गहरूको पनि बृद्धिविकास भएको हुन्छ । यससँगै विस्तारै यौन जिज्ञाषाहरू पनि बढ्दै गएको हुन्छ । ती जिज्ञाशाहरू र अभिभावकको खुल्ला गोपनीय यौनसम्पर्कको असरले मानसिक तनाव बढेको हुन्छ ।

    हरेक अभिभावकहरूले सम्झौ त, आफु पनि किशोरवस्थामा हुँदा यस्तै भएको थियो भने के अवस्था हुन्थ्यो होला ?  महिनावारी भर्खर शुरु भएको थियो होला । स्तन दुख्ने र विस्ताएरै त्यो स्तन बढ्दै जान थाल्यो होला । यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको थयो होला । त्यसैले गर्दा त नै तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो । नत्र के थाहा ?

    छोराछोरीले पनि स्वीकार्नु पर्दछ कि अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । समाजले प्रभाव पारेको यौन कुण्ठा हो । अनि नजानिदो किसिमले बढेको इर्श्या पनि हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । किन कि यौन प्राकृतिक पनि हो । यौन सामिजक सम्बध पनि हो । अझ खास कुरा के हो भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ । त्यसैले, स्वीकार्न पर्ने कुरा यो हो कि जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ । नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ । त्यसको लागि अभिभावकहरू पनि तयार हुनुपर्दछ ।

    बाबाममीको यौन कृयाकलापहरु उहाँहरूले तपाईलाई थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किनकि कसरी गोपनीयता कायम गर्ने भन्नेर उहाँहरु बीच पनि कुराकानी हुनपाउँछ र गोपनीयता अपनाउँनेछन ।

    कुरा रह्यो तपाइलाई बाबाममीको यौनसम्पर्कले गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो । यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएको कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो । श्रीमान श्रीमती बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यान्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री