• २०७८ कार्तिक ६, शनिबार
  • |
  • Saturday 23rd October 2021
  • के गर्भधारण गर्दैहुनुहुन्छ ?

    ३ आश्विन २०७५, बुधबार १५:३५

    यदि गर्भधारण गर्दैहुनुहुन्छ भने श्रीमान श्रीमति दुबैले निम्न कुराहरूमा ख्याल गर्नुहोसः

    – यौनिक डेष्क/

    • मानसिक तथा प्रजनन अङ्गहरु दुबै थरीको पूर्णरुपमा परिपक्व हुन २० को उमेरसम्म पर्खदा र शारीरिक तन्दुरुस्तीका आधारमा ३५ बर्षको उमेरसम्म महिलाहरूका लागि गर्भधारण उपयुक्त उमेर मानिन्छ ।
    • त्यस भन्दा अगाडि वा पछिको उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैका लागि खतरा हुनसक्दछ ।
    • यदि अघिल्लो गर्भ जन्मनु अगावै अधिग्रो गएको (खेर गएको) वा गर्भपतन गराइएको भएमा कम्तिमा त्यसको ६ महिनासम्म गर्भवती बन्नुहुँदैन ।
    • एउटा बच्चा जन्मेपछि अर्को बच्चा जन्माउँनका लागि बीचको जन्मान्तरण अवधि कम्तिमा पनि दुई वर्षको फरक हुनुपर्दछ । किनकि त्यसो नगर्दा बच्चा जन्मिएको दुई बर्षसम्म पाउँनु पर्ने स्याहार र पोषण नपुग्नाको कारण दुबै बच्चामा हुनुपर्ने जति स्वस्थ हुनसक्दैनन । शुक्ष्म पोषण अभावका कारण बौद्धिक विकासमा पनि नकारात्मक प्रभाव परेको हुन्छ ।
    • गर्भधारण गर्नु अगावै यसको लागि योजना बनाउँनु पर्दछ । प्रजनन स्वास्थ्यको आम मान्यता अनुसार कम्तिमा ७ महिना अगाडिदेखि गर्भधारण गर्ने महिलाहरूले कुनै पनि किसिमका सुर्तीजन्य, मदिराजन्य वा अन्य कुनै पनि किसिमको लागुपदार्थहरू सेवन गर्ने बानी गरेको भएमा उनीहरूले ती सबै बस्तु सेवन गर्न चटक्कै छोड्न पर्दछ । ती खराब चिजहरूको सेवनले गर्भको बच्चा र गर्भवती आमा दुवैलाई नकारात्मक असर पार्दछ ।
    • गर्भधारण गर्नु अगाडि योजना बनाउँदै सम्बन्धित स्वास्थ्यकर्मीसँग उचित परामर्श गर्नु पर्दछ । किनकि गर्भधारण गर्नु अगाडि स्वास्थ्य जाँच गराउँनु पर्ने हुन्छ । जस्तैः रक्तअल्पता, दम, मधुमेह, डिप्रेसन, उच्च रक्तचाप, मोटोपन, छारेरोग वा थाइराइड, यौनजन्य सङ्क्रमण आदिका बारेमा परार्श गर्ने र आवश्यक परेमा उपचार पनि गर्नुपर्दछ ।
    • जन्मान्तरका लागि गर्भनिरोधका कुन साधान प्रयोग गर्ने भन्नेबारे दम्पती बीच सल्लाह भएपनि स्वास्थ्यकर्मीहरूसँग पनि त्यसबारे सल्लाह लिएमा धेरै राम्रो हुन्छ । सन्तानको रहर पुगिसकेको भए दम्पती बीचको सल्लाहले कोही एकजनाले स्थायी बन्ध्याकरण गर्दा राम्रो हुन्छ ।

    गर्भधारण गर्नु योजना पहिल्यै गर्भ रहिहालेमा के गर्ने ?

    त्यसका लागि आकस्मिक गर्भनिरोधको विधि अपनाउँन सकिन्छ । असुरक्षित यौन सम्पर्क भएमा यौनसम्पर्क भएको  ७२ घण्टा (तीनदिन) भित्र आकस्मिक गर्भनिरोधको औषधि खाएर गर्भ रहनबाट बच्न सकिन्छ । जतिसक्दो चाँडो यो औषधिको प्रयोग गरियो त्यति नै प्रभावकारी हुन्छ तर आकस्मिक गर्भनिरोधको औषधि प्रयोग गर्नु अगाडि स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्दछ ।

    तपाइको मत
  • भिडियो सामाग्री