[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. मित्रता (Friendship) के हो ? प्रेम (Love) के हो ? | Yaunik Media
  • २०८२ बैशाख १३, शनिबार
  • |
  • Saturday 26th April 2025
  • मित्रता (Friendship) के हो ? प्रेम (Love) के हो ?

    १७ आश्विन २०७५, बुधबार १४:४१

    अधिकांश मानिसमा मित्रता र प्रेमबारे एउटै बुझाइ छ वा अलमल पनि छ । कतिपयमा भ्रमहरू पनि प्रशस्तै छन । अझ किशोरकिशोरीहरूमा त यसका बारेमा धेरै भ्रम हुन्छ । यसको मुख्यकारण समाजमा पनि त्यहि भ्रम हुनु वा यसका बारेमा विद्यालय र परिवारमा कुरा गर्ने वातावरण नहुनु भने अन्य कारणहरूमा फिल्महरूको कु प्रभाव पर्नु, मानिसको यौन वा यौनिकताका बारेमा नकारात्मक धारणा हावी हुनु,  मित्रता प्रेमलाई यौनसम्पर्कको धारणाले बुझ्नु वा आसय राख्नु आदि हुन । यस्तै अनेकौं प्रभावको बारेमा मित्रता र प्रेमका  बहानामा यौन शोषण भइरहेको हुन्छ र सबै भन्दा धेरै किशोरीहरूले हिंसा व्यहोर्नु परिरहेको हुन्छ । त्यसकारण मित्रता र प्रेमको बारेमा स्वपष्ट बुझ्न आवश्यक छ । यसका बारेमा यहाँ केहि बुँदाहरू प्रस्तुत गरिएको छ । जसले गर्दा आफुले बुझ्न र अरूलाई पनि बुझाउँन सहयोग पुग्ने छ ।

    मित्रता (Friendship) के हो ?

    • आफ्नो भावनाहरु आदानप्रदान गर्न सहज हुने किसिमका व्यक्तिहरुसँग मित्रता हुन्छ । त्यसकारण त्यस्ता केटाहरु (ब्वाइफ्रेण्डहरु) र केटीहरु (गर्ल्फ्रेण्डहरु) भएका हुन्छन ।
    • ब्वाइफ्रेण्डहरु र गर्लफ्रेण्ड दुई जना बीचमा मात्र हुनपर्ने कुरा भ्रम मात्र होइन गलत धारणा पनि हो । यो मित्रता हो त्यसकारण धेरै पनि हुन सक्दछन ।
    • विचचारमा समानता, भावनात्मक रुपमा नजिक, मिल्दोजुल्दो इच्छा तथा चाहना र सहकार्यका मानवीय व्यवहार आदिका आधारमा मित्रता बन्छ । मित्रता भनेको मैत्रीपूर्ण सम्बाद र व्यवहारहरु पनि हो । यसमा कुनै पनि कारणले टाढिनु,  छुट्टिनु वा पूनर्मिलन हुनु स्वभाविक हुनसक्दछ ।
    • मित्रहरु विस्तार हुँदै र मित्रता बढ्दै जान्छ, विभिन्न सन्दर्भमा विभन्न मानिसहरुसँग सम्बन्ध हुन्छ ।कतिपय छुट्दै पनि गइरहेको हुन्छ । मित्रता छुट्दैमा एक्लो महशुस धेरै हुँदैन र एक्लो महशुस गर्नु आवश्यक पनि छैन ।

    प्रेम (Love) के हो ?

    • ब्वाइ फ्रेण्ड र गर्लफ्रेण्डको सम्बन्धबाट अगाडी बढेर प्रेमसम्बन्धमा पुगेको अवस्थामा प्रेमी वा प्रेमिका भएका हुन्छन । प्रयजसो मानिस प्रेमी वा प्रेमिका विवाह गर्ने उद्द्श्यले बनेका हुन्छन । त्यसैले यो सम्बन्ध दुइजना बीचमा मात्र हुनुपर्ने मान्यता राखिएको हुन्छ । तर पनि प्रेमी र प्रमिका बीच बिवाह हुनै पर्छ भन्ने मान्यता गलत हो ।
    • प्रेम सम्बन्ध प्रायजसो दुइ व्यक्ति बीचमा हुन्छ र कुनै सम्बन्धका कारण दुईजना भन्दा बढिसँग पनि हुनसक्दछ । यसलाई स्वीकार्न सके मात्र असल प्रेम सम्बन्ध भएको मान्न सकिन्छ ।
    • प्रेमको अर्थ लगाउँनै गाह्रो हुनेहुनाले प्रेम गर्नु वा प्रेममा पर्नुको अर्थ पनि कुनै तर्कसंगत नहुन सक्दछ । एकले अर्कोलाइ गुमाउँनु पर्दा कसैलाइ तनाव सिर्जना हुन पनि सक्दछ । त्यसैले प्रेम सम्बन्ध राख्नु पूर्व धेरै पक्षबाट सोचेर मात्र निर्णयमा पुग्नु पर्दछ ।
    • प्रेमी प्रेमिकामा एकआपसमा गहिरो सम्बन्ध हुनेहुनाले एकअर्काको ख्याल पनि गरिरहेको हुन्छन । सम्बन्ध टुटेमा धेरै मानिसहरु एक्लो भइने कुरामा सधै गम्भिर भइरहेका हुन्छन । यसलाई सहज रूपमा स्वीकार्न सक्ने क्षमता हुनु आवश्यक छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री