• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • सितलले पाईन सितलता

    २३ आश्विन २०७५, मंगलवार ०९:०९
    • कृष्ण बात्सायन /

    सितल तरूनी उमेरकै हुन । जीउडाल पनि लोभलाग्दो छ तर उनी चोतारा अस्पतालमा आउँदा उनको घरैदेखि एक हुन झिँगा पनि पछिपछि लागेको हुँदा सर्म र मर्मले गर्दा पानीपानी भएकि थिइन । उनको छेउमा कोहि पनि टिक्न सक्दैनथ्यो किनकि उनको शरीरबाट आएको गन्ध असाध्यै दिक्कलाग्दो थियो । यहि गन्धका कारण उनी पनि आत्म ग्लानी र लाजले मानिसहरू भन्दा अलि पर नै हुन्थिन । सितलले अस्पतालमा नाम लेखाइन र डाक्टरको कोठामा जँचचउँन गइन ।

    डाक्टरले जाँच पछि उपचारको लागि उनी केहि दिन अस्पतालमै बस्नुपर्ने बताए । सितल अस्पतालमा भर्ना भइन । सितलका छेउछाउ बेडका अरू मानिसहरू उनी आएपछि उनलाई छिछि र दुरदुर गर्न थाले । कोहि वार्डबाट बाहिर निस्किए । सितललाई दुर्व्यवहार गरेको थाहा पाएपछि डाक्टरले वार्डमा भएका सबै मानिसहरूलाई बताए सितलको अवस्थाको बारेमा । डाक्टरले भने विरामी जो पनि हुन सक्छ र रोग जस्तो पनि लाग्न सक्छ । उनको बच्चा जन्माउँखेरी शुरूभएको यो रोग आज यो अवस्थामा आएको हो । सितललाई फिस्टुला नामको रोग लागेको हो । सामान्य उपचार गरेपछि उनी पनि तपाईहरू जस्तै हुनुहुनेछ ।

    के  हो फिस्टुला ?

    फिस्टुला शरीरका भित्री एउटाबाट अर्को अङ्गहरूबीच बन्ने प्वाल  हो । यस्ता प्वाल  भित्री अङ्ग र बाहिरी सतहबीच पनि बन्न सक्दछ । प्राय जसो महिलाको योनीमार्ग र मुत्रनली बीच या योनीमार्ग र मलाशयबीच प्वाल बनेर दिसा वा पिसाव यौनीमार्ग तिर पसेर यौनीमार्गमा पनि संक्रमण भइ दुर्गन्ध हुन्छ । । सुरुमा पीप जमेको कारणबाट फिस्टुला बन्छ र त्यसमा दिसा वा पिसाब भरिन्छ जसले गर्दा निको हुन पाउँदैन । अन्तमा गएर उक्त फिस्टुला पहिलेको ठाउँबाट फुटेर शरीरको अर्कै ठाउँमा विकसित हुन जान्छ । फिस्टुला विकसित हुँदा उक्त ठाउँ नरम हुने, दुख्ने, ज्वरो आउने, चिलाउने, अप्ठेरो हुने जस्ता लक्षणहरू देखापर्छ । फिस्टुलाबाट पीप तथा गन्हाउने पदार्थ निस्किन्छ । यी लक्षणहरू रोगको गहनता हेरेर फरक हुन्छ । केही गरी फिस्टुला बन्द भएमा पिलो जस्तो बन्न गई भित्रभित्रै सङ्क्रमण हुन थाल्छ ।

    महिलाले शिशुलाई जन्मदिने क्रममा लामो समयसम्म प्रशव व्यथा सहनुपर्छ । विशेष गरी शिशुको टाउको योनीमार्गमा धेरैबेर रहेको अवस्थामा योनीमार्ग र पिसाब नली या योनीमार्ग र रेकटम  दिसा निस्कने नलीमा धेरै घर्षण हुन सक्छ । फलस्वरूप यी अङ्गहरूमा रक्त सञ्चार गर्ने तन्तुहरूमा रक्तसञ्चार बन्द हुन्छ र संक्रमण भइ दुलो बन्न जान्छ । यसलाई चिकित्सा विज्ञानले अब्सटेट्रिक फिस्टुला (Obstetric Fistula) भन्दछ ।

    यस्तो दुलो बन्यो भने महिलालाई नराम्ररी असर पार्न सक्छ । घाउ बन्ने, मिर्गौलाको रोग लाग्ने, गोडाको नशाहरू बिग्रने, योनीमार्गबाट नै दिसा या पिसाब निस्कने, दूर्गन्ध फैलिने, आदि जस्ता दयनीय असुविधा भोग्नु पर्ने हुन्छ । बिकासोन्मुख देशहरूमा प्रत्येक वर्ष ५० हजारदेखि एक लाखसम्म नयाँ फिस्टुला रोगहरू थपिने गर्छन् । शारीरिक रूपमा मात्र होईन मानसिकरूपमा पनि यस्ता महिलाहरू धेरै पिडीत हुन्छ किनकि यस्तो अवस्था हुने बित्तिकै उनलाई श्रीमान र परिवारले छोडी दिन्छन् । यस्ता महिलाहरू संसारमा करिब २० लाख जति छन ।

    यो समस्यालाई शल्यक्रिया गरी ठीक पार्न सकिन्छ । मातृ शिशु सेवा, परिवार नियोजनको सेवा, यौन शिक्षा, चेतनामुलक कार्यक्रम, आदि सञ्चालन गरेर महिलालाई यस्तो समस्या हुनबाट जोगाउन सकिन्छ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री