– मदनराज भट्ट /
हरेक व्यक्तिको स्वास्थ्य अवस्थाको प्रभाव उसको जीवनमा प्रत्यक्ष्य वा अप्रत्क्ष्य रुपमा परिनै रहेको हुन्छ । सामान्यतया गुणस्तरीय जीवनकोलागि स्वस्थ जीवन पहिलो शर्त हो। यदि मानिसको शारिरीक वा मानसिक र सामाजिक स्वास्थ्यमा विचलन आएमा यसको असर उसको दैनिक क्रियाकलापमा पर्न जान्छ । यसवाट सम्वन्धित व्यक्तिको यौन जीवन समेत नराम्ररी प्रभावित वन्नपुग्दछ । मुख्यतया मानसिक वा सामाजिक रुपमा अस्वस्थ मानिस विभिन्न किसिमका यौन हिंसाजन्य गतिविधिहरुमा संलग्न हुने संभावना वढि भएकोले यसबाट कालान्तरमा पारिवारिक तथा सामाजिक सद्भाव विथोलिन सक्ने संभावना रहन्छ । त्यसैले स्वस्थ यौन जीवनकोलागि शारिरीक रूपमा स्वस्थ रहनुको साथै मानसिक र सामाजिक स्वास्थ्य समेत स्वस्थ रहनु अपरिहार्य छ । प्रजनन उमेरका नागरिकको यौन आवश्यकता र उपलव्ध वातावरण बीचको अन्तरलाई समयमा नै कम गर्न नसकेमा यौन स्वास्थ्यमा असर पर्न जान्छ । जसको फलस्वरुप विभिन्न हिंसात्मक गतिविधिहरु देखापर्ने गर्दछन । मानसिक स्वास्थ्यमा आएको उतार चढावको असर यौन स्वास्थ्यमा पर्नगई विभिन्न यौन हिंसा सम्वन्धि गतिविधिहरु हुन सक्ने यथार्थलाई विभिन्न अध्ययनहरुले समेत पुष्टि गरेका छन ।
यौन स्वास्थ्य सम्वन्धि उपयुक्त ज्ञान तथा धारणा स्वस्थ यौनव्यवहारको आधारशिलाहो । यौन स्वास्थ्य सुदृढिकरणकोलागि नेपालमा थुप्रै गतिविधिहरु संचालनमा छन तथापि यौन स्वास्थ्यको दायरा अझै पनि सॉघुरो छ र यो विषय आम रुपमा छलफल तथा सरोकारको विषय अझै वन्न सकेको छैन । त्यसैले राज्यले राष्ट्रिय रुपमा यौन स्वास्थ्यको वर्तमान अवस्थाको लेखाजोखा गरि दिगो रुपमा यौनस्वास्थ्य मैत्रि वातावरण सिर्ज नागर्नु आजको आवश्यकता हो । युवाकिशोरकिशोरीहरूको यौन स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यकता अनुसार शैक्षिक पाठ्यक्रमहरूमा यौनशिक्षा समावेश गरि पूर्ण रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । शैक्षिक कार्यक्रमहरुको पहुँचमा नभएका प्रजनन् उमेर समुहका व्यकितहररूकोलागि यौनस्वास्थ्य सम्वन्धि विभिन्न कार्यक्रमहरु वनाई लागु गर्नु पर्ने आवश्यकता महशुश भएको छ ।
यौन स्वास्थ्य सुदृढिकरणको अर्को महत्वपूर्ण पाटो लैङ्गिक समतामुलक समाजको निर्माण हो । अझै पनि कैयौं समुदाय तथा परिवारहरुका महिलाहरु शसक्त छैनन र यसको नकारात्मक असरको रुपमा महिला तथा यौन हिंसाले प्रशय पाईरहेको छ । कानुनी रुपमा समता हासिल गरे पनि व्यवहारीक रुपमा कतिपय महिलाहरु स्वतन्त्रता पूर्वक आफ्ना गतिविधिहरु गर्न वन्चित नै छन । कतिपय अवस्थामा आफ्नै नातेदार वानजिकको व्यक्ति समेतवाट समेत पिडित हुनु पर्ने यथार्थ सवैको सामु छर्लङ्ग छ । त्यसैले व्यवहारिक रुपमा लैङ्गिक समतामुलक समाज निर्माण नहुँदासम्म कुनै न कुनै रुपमा महिला तथा यौनहिंसाको चक्र चलिरहने देखिन्छ । समस्याको गहिराई अनुसार समाधानका उपायहरु पनि एकीकृत रुपमा हल गरिनु आवश्यक छ ।
नेपालको संबिधान २०७२ लागु भए पश्चात नितिगत तथा कानुनी वातावरण सुदृढ हुँदैगएको छ । राज्यका विभिन्न अंगहरू मार्फत यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी सुचना आदान प्रदान तथा चेतना अभिबृद्धि भई नै रहेको छ । आवश्यकता अनुसार सार्वजनिक महत्वको विषयमा यथाशक्य चॉडो सुचना प्रवाहगर्नु हामी सवैको कर्तव्य हो । अझैपनि यौनहिंसा र जघन्य अपराध सम्वन्धी नेपालमा प्रचलित कानुनी प्रावधानहररुको वारेमा सर्वसाधारणहरुलाई पूर्ण रुपमा सुसूचित गराउन सकिएको छैन । जनताको सुचनाको हक सम्वन्धी ज्ञानको लेखाजोखा गरि आवश्यकता अनुसार कानुनी परामर्श तथा सूचना आदान-प्रदान गर्नसके यौनस्वास्थ्य थप सुदृढ तथा भावकारी भई यौन सम्वन्धी दुर्घटनाहरुमा कमि आउनसक्थ्यो कि ?
नागरिकको अभिभावकीय भूमिकामा रहेको राज्य संयन्त्र हरेक नागरिकलाई अत्यावश्यक सेवा सुविधा तथा सुरक्षादिने कुरामा सदैव तयारी अवस्थामा रहेको खण्डमा यौनजन्य हिंसाका घटनाहरुमा कमी आउन सक्दछ । लैङ्गिक समतामुलक तथा सभ्य समाज निर्माण गर्न कुनै एउटा पक्षको संलग्नताले मात्रै सम्भवन नहुने हुँदा यसकोलागि वहुपक्षीय तथा एकीकृत कार्यक्रमहरूको साझेदारको रुपमा सवैले हातेमालो गर्नु पर्दछ । यौनहिंसाका घटनाहरुमा कमिल्याउन यौन स्वास्थ्य सुदृढ हुनै पर्दछ । यसकोलागि राज्यका हरेकअंगहरुलाई समय सापेक्ष सवल र सक्षम वनाई हरेक नागरिकलाई सुरक्षित तथा स्वस्थ वातावरण प्रदानगर्नु हामी सवैको दायित्वहो । सवैको सहकार्यबाट मात्र हामी समुन्नत समाजको निर्माण गर्न सक्दछौं ।
(लेखक जनस्वास्थ्य विशेषज्ञ हुनुहुन्छ)
जिज्ञाषाको लागि me.bhatta@gmail.com