यौनिक डेस्क /
हस्तमैथुन प्राय सबैले गरेका हुन्छन तर एकअर्कालाई हेयको दृष्टिकोणले जिस्क्याइरहेका हुन्छन मान्छेहरू । तीनै मान्छेहरू यसका बारेमा सही जानाकारी नहुनाले भारी पछुताइ पनि रहेका हुन्छन । यो नियती हस्तमैथुन गर्नेहरूले जहिलेसम्म गरिरहेका हुन्छन, त्यहिलेसम्म पछुताइ नै रहेका हुन्छन । कतिपय कम्जोर मानसिकता भएका मानिसहरूमा तनाव बढ्दै जाँदा एक किसिमको मानसिक रोग (डिप्रेसन) आउँन सक्छ, जसलाई “धात सिन्ड्रम” भनिन्छ ।
कतिपय परिवारमा छोराछोरीहरूले हस्तमैथुन गरेको अभिभावकले थाहा पाए भने उनीहरूको झन बढि टाउको दुखाइ हुन्छ । किनकि हस्तमैथुन प्रतिको बुझाई समाजमा एकदम नकारात्मक छ । वास्तवमा किशोरावस्था प्रवेशसँग किशोरकिशोरीहरूले हस्तमैथुन पनि गर्नथालेका हुन्छन । यो स्वभाविक हो किनकि एण्ड्रोजन नामको हर्मन उत्पादन हुनथालेको हुँदा किशोरहरूमा शुक्रकिड र वीर्य उत्पादन हुनथाल्दछ भने किशोरीहरूको पाठेघरमा डिम्ब बन्ने र निस्कने क्रम शुरू भएको हुन्छ । यौन रसहरू उत्पादन हुनथाल्दछ । यी अवस्थाको विकाससँगै उनीहरूमा यौन चाहना पनि बढ्दै गएको हो ।
किशोरावस्थामा यौन हर्मन छिटोछिटा परिवर्चतन हुने र बढ्दै जाने हुनाले उनीहरूको शारीरिक तथा मानसिक परिवर्तन पनि छिटोछीटो भएको हुन्छ । कुनैकुनै बेला उनीहरूमा तिव्र यौन चाहना बढ्नुको कारण पनि त्यसैको प्रभावले हो । यहि तिब्रचाहनाका कारण उनीहरूको मनपरेको साथीसँग यौनसम्पर्क गरेको कल्पना गर्नु पनि स्वभाविकै हो । यस्तो अवस्थामा बैकल्पिक यौनसम्पर्कको रूपमा हस्तमैथुन गरेका हुन्छन ।
हस्तमैथुन किशोरकिशोरीहरूले मात्र होइन कि युवा, वयस्क र बृद्धाहरूले पनि यौन जोडी नहुँदा विकल्पमा हस्तमैथुन गरेर आनन्द लिएका हुन्छन । अधिकांश पुरूषहरूको धारणामा पुरूषहरूले मात्र हस्तमैथुन गर्ने ठानेका हुन्छन तर हस्तमैथुन महिलाले पनि गर्नसक्छन ।
के हो त हस्तमैथुन ?
यौनाङ्गहरूलाई हातले वा हातको सहायताले चलाएर आनन्द लिनु नै हस्तमैथुन भनिएको हो । महिला र पुरूषहरू सबैका लागि बजारमा यसका लागि अनेकौ किसिमका यौन खेलौना पनि पाईन्छ र अब नेपालको बजारमा पनि पाइन थालेको छ । हस्त मैथुन एक्लै वा साथीसँगै एकले अर्काको यौनाङ्ग चलाई दिएर पनि आनन्द लिन सकिन्छ र धेरैले मनपर्ने साथीसँग मिलेर गरेका हुन्छन ।
किन हानीकारक छैन हस्तमैथुन ?
नेपाल र भारत लगायत हाम्रो दक्षिण एसियामा सबै भन्दा बढि भ्रम छ । त्यस्तै हाम्रो बैदिक शास्त्रहरूमा वीर्य (धातु) खेर फाल्नु पाप हो भनिएको हुँदा त्यसैको प्रभाव स्वरूप अहिलेसम्म यसबारे अनेकौ भ्रम जीवितै छ । त्यसो त हस्तमैथुन प्रति संसारका सबै धर्मको धारणा नकारात्मक नै छ र कट्टर धर्मीक सम्प्रदायमा त हस्तमैथुन दण्डनीय नै बनाइएको हुन्छ ।
हस्तमैथुन शारीरिक स्वास्थ्यका हिसावले हानीकारक छैन । स्वास्थ्य विज्ञानको दृष्टिकोणले हस्तमैथुन कति हानिकारक छ भनि विकसित देशका धेरै संघसंस्थाहरूले गरेको अनुसन्धानबाट हानीकारक भएको प्रमाण नपाइए पछि मानिसहरूमा हस्तमैथुन हानिकारक छ भन्ने भ्रम विस्तारै हट्दै गएको हो ।
पुरूषको शुक्रकीट र वीर्य र महिलाको डिम्बको उत्पादन प्रजनन प्रणालीसँग सम्बन्धित छ । यसको उत्पादन निरन्तर भइनै रहेको हुन्छ । यो कहिल्यै पनि सञ्चित हुदैन । उत्पाद भइरहने हुनाले कुनै न कुनै माध्यबाट निस्कासन भइनै रहेको हुन्छ । हस्तमैथुन नगरेपनि निदाएको बेला यौनसम्पर्क गरेको सपना देखेर (स्वप्नदोष हुँदा) गइ नै हाल्छ । बयस्क उमेरमा स्वप्नदोष कम हुनेभएतापनि वीर्य थैली भरिएपछि विस्तारै निस्कासन भइनै रहेकोहुन्छ । थाहा नहुन सक्छ । शुक्रकिट पनि हरेक पलपलमा नयाँनयाँ बनिरहेको हुन्छ र पुरानाहरू आफै नष्ट हुँदै गइरहेको हुन्छ । यसको उत्पादन हुने प्रणाली कुनै पनि हालतमा रोकिदैन जसरी मुखमा आउँने र्याल, नाकमा आउँने सिँगान, आँखामा आउँने आँसु बन्ने प्रणाली रोकिदैन । त्यसकारण हस्तमैथुनले कुनै हानी गर्दैन भनिएको हो ।
के कुरामा चाहिँ होसियारी अपनाउँने ?
हस्तमैथुन हानिकारक हैन भन्दैमा सबैकाम छोडेर यहि मात्रै गर्नु चाहिँ नराम्रो हो । धेरे कसिलो गरी लिङ्गको घर्षण गर्दा लिङ्गको भित्रीभागको ग्रन्थीहरूमा असर परी सुन्नीन सक्छ । जोसमा होस नपुर्याउँदा चोटपटक लाग्नुका साथै लिङ्ग भाँचिन पनि सक्छ । प्राय पुरूषहरूले ओछ्यानमा हस्तमैथुन गर्नेहुनाले ओछ्यान वीर्य खसालेर फोहर हुन्छ । प्राय महिलाहरूले बाथरूममा गर्नेहुनाले बाथरूम पनि सफो हुनु जरूरी छ । यसका साथै हातको नङ्को कारण योनीमा नजानिदो किसिमको हल्का चोट (Scratch) हुनसक्छ ।
हस्तमैथुन दिवस किन आवश्यक छ ?
दिवस मनाउँनु भनेको असल कुराहरूलाई जनचेतनामा प्रभाव पारिरहन वा खास विषयको नकारात्मक धारणा वा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि मनाइन्छ । जस्तै विश्व एड्स दिवस क्षयरोग दिवस महिला हिँसा विरूद्ध दिवस आदि मनाइदै आइएको छ । त्यस्तै गरी हस्तमैथुन दिवस पनि मनाउँन आवश्यक छ किनकि –
- हस्तमैथुन हानिकारक छैन भन्ने कुराको व्यापक प्रसार हुन मद्दत मिल्छ, जसको कारणले मानसिक तनाव न्यनिकरण हुँदै जान्छ र मानिस सिर्जनात्मक हुन्छ । स्कूल कलेज पढ्ने विद्यार्थीहरू लगायत अरू पनि युवाहरूको लागि यो ठुलो राहत हुनेछ ।
- अशुरक्षित यौन व्यवहारमा क्रमश कम हुँदै जान पद्दत मिल्नेछ ।
- यौन हिँसा तथा यौनसँग सम्बन्धित दुर्व्यवहारमा न्युनिकरण गर्न मद्दत मिल्छ ।
- यौन पुरूषोत्व, यौन कुणठा लगायता सामाजिक यौन मनोदशाहरूमा न्युनिकरण हुलै जान्छ ।
- जीवनोपयोगी सीपमा आधारित यौन तथा प्रजनन शिक्षा र अधिकार प्रति मानिसमा जागरण बढ्दै जान्छ ।
सन् २००९ देखि केहि युवाहरूले नोभेम्बर २३ लाई हस्तमैथुन दिवस मनाउँन सामाजिक सञ्जाल मार्फत सार्वजनिक प्रस्ताव गरी आपसमा शुभकामना आदान प्रदान गर्न शुरू गरेका छन ।