[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. किशोरीहरूको गर्भधारण विश्वव्यापी संकट | Yaunik Media
  • २०८२ बैशाख १६, मङ्लबार
  • |
  • Tuesday 29th April 2025
  • किशोरीहरूको गर्भधारण विश्वव्यापी संकट

    १२ मंसिर २०७५, बुधबार २०:५९

    यौनिक डेस्क / 

    हरेक वर्ष एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमाले जन्माएका बच्चा हुन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी पर्छ । उनीहरूमा रोगसँग रोगसँग लड्ने क्षमता कम हुनेहुनाले जन्मने बच्चाहरू मर्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैगरी आआफ्नो साँस्कृतिक मान्यता अनुसार उनीहरूलाइ सामाजिक बहिस्कारको जोखिम पनि बढी नै हुन्छ ।

    संसारका सबै कुना  कुनामा किशोरी आमाहरू छन् । तर उनीहरूमध्ये ९५ प्रतिशत गरिब  मुलुकमा नै छन् । यसमध्ये पनि सबैभन्दा बढी अफ्रिकाको सव–सहारा क्षेत्रमा छन्, जहाँ हरेक एक सेकेण्डमा २० वर्ष मुनिको एक किशोरी आमा हुन्छिन् । एसियामा बंगलादेश र भारत, ल्याटिन अमेरिका र क्यारेवियन जस्ता मुलुकहरूमा किशोरी गर्भवतीको संख्या अन्त्र भन्दा धेरै छ । यसरी यी मुलुकहरूमा किशोरी आमा बढी हुने कुरालाई त्यहींको सामाजिक–सांस्कृतिक प्रचलनहरूले पनि सहयोग पुर्याएको छ ।

    यदाकदा बाहेक संसारमा प्रायः किशोरी आमाहरू विवाहित नै हुन र बच्चा पनि सोही इच्छा अनुसार  पाएका हुन्न्छन् । कम विकसित देशहरूमा ९० प्रतिशत किशोरी आमाहरू  विवाहित हुन् । यसका साथै चार किशोरी गर्भवतीमध्ये तीनवटीचाहिं योजनावद्ध रूपमै गर्भवती भएका छन् । जे होस्, हरेक वर्ष ४० लाख किशोरीहरू चाहिं आपनो इच्छा विपरीत नै गर्भवती भएका हुन्छन् ।

    कम उमेरमा हुने गर्भवतीका स्वास्थ्य र सामाजिक जोखिमहरू

    सामान्यता, कम उमेरमा गर्भवती हुनु भनेको आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्नु हो । धरै देशहरूमा १५ देखि १९ वर्षका किशोरीहरूको गर्भका कारण मर्ने जोखिम वयस्कको दाँजोमा २ गुणा हुन्छ र १५ वर्ष मुनिकामा त यो भन्दा पनि बढी हुन्छ । किशोरी आमाहरूका बच्चाहरूको मर्ने जोखिम पनि बढी नै हुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री