• २०७८ कार्तिक ३, बुधबार
  • |
  • Wednesday 20th October 2021
  • विद्यालयमा यौन शिक्षा किन ?

    १६ मंसिर २०७५, आईतवार १५:४४

    रामकृष्ण पराजुली /

    विद्यालयमा जीवनोपयोगी सीपमा आधित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा शिक्षा पाएका युवा तथा किशोरकिशोरीहरू यस सम्बन्धी शिक्षा नपाएका भन्दा धेरै संयमित र अनुशासित भएको , विद्यालयमा हुने यौन हैरानी वा कुनै किसिमका यौन दुर्व्यवहारमा कमि आएको  र विपरित लिङ्गमा एकआपसको यौनिकताको सम्मान गर्ने बानीको विकास भएको यस सम्बन्धी गरिएको विभिन्न अध्ययनहरूले बताइसकेको छ । किशोरावस्थामा नै विद्यालय वा परिवारबाट यौन शिक्षा र जीवनोपयोगी सीप नसिकेका मध्ये अधिकांशले जीवनभरी सही जानाकारी नपाउँने निश्चित नै छ । त्यसैले यौनसम्बन्धी जोखिम न्युनिकरण गर्न र जीवनोपयोगी सीपको विकास गर्न विद्यालयमा नै यौन शिक्षा दिनुपर्दछ ।

    किनकि

    • विद्यालयमा पढ्ने उमेरमै उनीहरूमा यौनिकताका बारेमा जिज्ञाशाहरू सिर्जना हुन्छ । विस्तारै अनुभव गर्ने उत्सुक्ता बढ्न थालेको हुन्छ । जसका कारण विपरित लिङ्गी प्रति आकर्षण बढ्न थाल्ने हुनाले मन परेका साथीहरू बीच एकआपसमा नजिक हुनथालेका हुन्छन । समय अनुकुल डेटिङ् जान शुरू गरेका हुन्छन ।
    • किशोरीहरू महिनावारीको शुरूवात पनि स्कूलमै भएको हुन्छ । यौन तथा प्रजनन स्वास्थ्य शिक्षाका बारेमा राम्रो जानाकारी नपाएका र शुरक्षित यौन सम्बन्ध र व्यवहार सम्बन्धी जीवनोपयोगी सीपको विकासमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुनेहुँदा असुरक्षित तथा जोखिमपूर्ण हुने यौनसम्पर्क वा यौन व्यवहार लगायत अनिच्छित गर्भधारणबाट जोगाउँन यौन शिक्षाबाट मात्र सम्भाव छ ।
    • यौन शिक्षाको अभावमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा जानाकारी हुदैन । जीम्मेवार यौन व्यवहार अपनाउँने जीवनोपयोगी सीप हुँदैन । विद्यालय मै पनि किशोर भन्दा बढी किशोरीहरू यौन दुर्व्यवहारमा परिरहेका हुन्छन । जसले गर्दा उनीहरूमा तनाव बढ्दै जानेहुनाले पढाईमा प्रतिकुल असर परिरहेको हुन्छ । कम्जोर आत्मबाल भएका किशोरीहरू या त निरन्तर यौन शोषणमा परेका हुन्छन या स्कूल नै जान छोड्दछन । यसको समाधान पनि विद्यालमै हुन्छ ।
    • प्रभावकारी यौन शिक्षाको अभावले नै यौनिकता सम्बन्धी सही धारणा बनाउँने क्षमताको विकास हुनसक्दैन । जसको कारण समाजमा विद्यमान गलत धारणाले बढी प्रभाव पार्दै जाने हुनाले सानो उमेरमा विबाह हुने वा सानो उमेरमै अनिच्छित गर्भधारण हुने सम्भावना धेरै हुन्छ ।
    • हस्तमैथुन गर्न थाल्ने उमेर पनि विद्यालय पढ्ने उमेर भित्रै शुरू हुनेहुनाले प्राय सबै किशोरकिशोरीहरू हस्तमैथुनमा संलग्न भएका हुन्छन । समाजमा हस्त मैथुन सम्बन्धी नकारात्मक धारणा हुने भएकाले त्यसको प्रभाव किशोरकिशोरीहरूमा पनि पर्नु स्वभाविकै हो । विद्यालयमा यौन शिक्षा मार्फत सही जानाकारी भएमा उनीहरूमा मानसिक तनाव हुनेछैन । हस्त मैथुन एक बैकल्पिक र सुरक्षित यौन व्यवहारको रूपमा अपनाउँन सक्छन ।
    • हाम्रो देश र समाजको हालसम्मका बस्तुगत र भावानात्मक अवस्थालाई हेर्दा सही र प्रभावकारी यौन शिक्षा पाउँने एउटै मात्र निकाय विद्यालय मात्रै हो ।
    • जीवनोपयोगी सीपमा आधारित यौन शिक्षा प्रभावकारी रुपमा पाएका किशोरीहरूले नै यौन दुर्व्यहारको प्रतिबादका साथै सम्भावित बलत्कारबाट बच्न र पिडकको विरुद्ध कानुनी उपचार गर्न आँट गर्नसक्दछन ।
    • यौन व्यभिचारले कसैको यौन दवावलाई निर्धक्कका साथ इन्कार गर्ने (निडरका साथ नाई भन्न सक्षम) हुनेछन ।

    समस्याहरू पनि छन तर गर्नै पर्नेछन

    बदलिदो आधुनिक समाज, सूचना तथा प्रविधिको विकासले पारेको प्रभाव, विचार र संस्कारमा पुस्तेनी अन्तर आदिको कारण सबै मुद्धाहरूमा समाज र त्यसका अगुवाहरूले स्वीकार्न र अपनाउँन कोशिश गरेतापनि हाम्रो समाजले यौन यौनिकतामा आएको परिवर्तनलाई सहज रूपमा स्वीकार्न सकेको छैन । त्यसको लागि परिवर्तनको मुख्य आधार स्कूल हो तापनि त्यहा पठन पाठन गर्ने शिक्षकहरू स्वयं पनि त्यहि प्रभाव भन्दा बाहिर छैनन । नीतिगत रूपमा पनि संकिर्णता छ । पाठ्यक्रममा यौन शिक्षाको व्यवस्था गरिएको भएतापनि प्रभावकारी रूपमा पढाउँन सकिएको छैन । यसका विषयगत शिक्षकहरू अधिकांश सहज रुपमा पढाउँन तयार छैनन ।

     

    किकनकि

    • यौन तथा प्रजनन स्वास्थ्य बारे विद्यालयमा पढाइरहनुपरेका शिक्षकहरूले कक्षाकोठाको वातावरणमा सन्तुलन मिलाउँने उचित विधि तथा सन्तुलनका उपाय मात्र होइन विषयगत जानाकारीका साथै  थुप्रै समस्याहरू झेलिरहनु पनि परेकोछ ।
    • अध्ययन तथा अध्यापन सम्बन्धी सामग्रीहरु उपलब्ध नहुनु, विषयगत तालिम नहुनु, कतपिय शिक्षकहरूमा विषयको पृष्ठभूमि नै छैन ।
    • समाजमा यौन तथा प्रजननका विषयमा खुलेर कुरा गर्न नसकिने अवस्थता हुनाले समाजको डरका कारण शिक्षकले पनि खुलेर पढाउँने आँट गर्न सकेका हुदैनन ।
    • अधिकांश सामाजिक तथा साँस्कर्तिक विश्वासहरू यौन शिक्षासँग मेल नखाने हुनाले कतिपय शिक्षकहरूमा पनि यस विषयमा भ्रमहरू छन ।
    • शिक्षकहरूलाई विद्यार्थीहरूले आदर्श मान्छन त्यसैले उनीहरूसँग यौनिकता र यौन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्दा मानमर्यादामा आँच आउँने शिक्षकहरूमा भ्रम रहेको हुन्छ ।
    • शिक्षकहरूका लागि तालिमको व्यवस्था गरिएपनि अत्यान्त छोटो अवधिका छन । तालिम, शिक्षण र अध्ययन सामग्री प्राप्त गर्न सक्ने स्रोतको जानकारी, अध्ययन र सन्दर्भ सामग्रीको निर्माण, शिक्षक निर्देशिकाको  निर्माण, अभिभावक शिक्षाको व्यवस्था, आदि कार्य गर्न नसकेका कारणले पनि यस विषयमा पढाइ अपेक्षित रुपमा उपलब्धीमूलक हुनसकेको छैन ।
    • स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा अध्यापन गर्ने अधिकांश शिक्षकहरूको पृष्ठभूमि सम्बन्धित विषयभन्दा फरक देखिन्छ ।
    • धेरैजसो विद्यालयमा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषय एकै जना शिक्षकले मात्र पढाउँने हुनाले एकै मानिस सबै विषयमा विज्ञ नहुनसक्छन ।
    • कक्षा कोठामा पढाइहाले पनि पाठ्यक्रमले निर्दिष्ट गरेका कुरा भन्दा बाहेक विद्यार्थीहरूको अरू जिज्ञाशाहरूको बारेमा समाधान नगरिदिनु वा समाधान गर्न हिच्किचाउन परेको हुन्छ ।
    • यौन शिक्षा वढाउँने शिक्षकलाई विद्यलयमा पनि अनुकुल वातावरण नभएको हुँदा पढाउँने प्रेरणा नहुनु । यौन शिक्षा पढाउँने शिक्षकलाई अरू विषय पढाउँने शिक्षकले गिज्उँनु, शिक्षिकाहरूलाई नकारात्मक दृष्टिकोण अपनाउँनु आदि ।
    • यौन शिक्षाको सवालमा अभिभावक शिक्षाको ठुलो अभाव छ ।

     

     

     

    तपाइको मत
  • भिडियो सामाग्री