[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. असुरक्षित यौन सम्बन्ध | Yaunik Media
  • २०८२ बैशाख १७, बुधबार
  • |
  • Wednesday 30th April 2025
  • असुरक्षित यौन सम्बन्ध

    ३ पुष २०७५, मंगलवार २०:३८

    यौनिक डेस्क /

    भक्तपुर, सानोठिमीकि सोभिता (नाम परिवर्तन) कक्षा ९ मा अध्ययनरत हुँदै १५ बर्षकै उमेरमा गर्भवती भइन । स्कूल पढ्दै गरेकि अविवाहित छोरीले गर्भधारण गरेको थाहा पाएपछि अभिभावकहरूलाई तनाव भयो । सोभिताका अभिभावकले उनको केटा साथीको  अभिभावकसँग भेटेर अवस्थाको जानाकारी गराए र विवाहको प्रस्ताव राखे । केटाको अभिभावकले सहज रुपमा स्वीकार गर्ननसकेपछि केटालाई उजुरी गर्ने तयारी भयो ।

    सोभिताको आफन्तले उनका अभिभावकहरूलाई सोधे ‘यो त बालविबाह हुन्छ कसरी उजुरी दिने’ ? समाधानको खोजी हुन त थाल्यो तर समाजले सोभितालाई इज्जत फालेकि केटीको रुपमा हेर्नथाले । जसको कारण घरबाट सोभिता बाहिर निस्कन सकिनन र सोभितले आत्माहत्या गर्ने हो कि भन्ने डर पनि थियो । उता स्कूलमा पढाइ छुट्यो । गर्भपतन गर्ने समय पनि गुज्रीसकेको थियो । अन्ततः अभिभावकहरूले मन भारी बनाउँदै सोभितलाई  उनको केटासाथीको घरमा पुर्याइदिए । यसपछि उनको जीवन अन्धकारमय हुनेभयो ।

    सोभिता प्रतिनिधी पात्र मात्र हुन । किशोरावस्थामा हुने असुरक्षित यौनसम्पर्कका कारण बर्षेनी अनगिन्ती किशोरकिशोरीहरू यस्तै अन्धकारमा परेका हुन्छन । अभिभावकको डरले भागी विवाह गर्नेको संख्या पनि दिनानुदिन बढिरहेको छ । जसको कारण किशोरी गर्भवतीको संख्या बढेकाले मातृमुत्युदरमा उल्ल्खनीय रूपमा घट्न सकेको छैन ।

    किन हुन्छ यस्तो ?

    किशोरावस्था शुरूभएपछि यौन चाहना बढ्नु स्वभाविकै हो । यौन चाहनासँगै अनेकौ किसिमका यौन जिज्ञाशाहरू बढ्दै जान्छ एकातिर भने अर्को तिर स्वभाविक रूपमा बढेको यौन चाहनाका कारण विपरित लिङ्गीहरू प्रति आकर्षण हुनु पनि स्वभाविकै हो । यसैको कारण केटा र केटी बीच साथी (boy Friend/Girl Friend) बनिरहेका हुन्छन । आपसमा मन पर्नेहरू बीच मायाँप्रिती गाँस्छन । घुमफिर गर्छन । उनीहरूको अनुकुल समय मिलेमा यौनसम्पर्क पनि गर्छन ।

    उनीहरूले यस्ता सवालमा जीवनोपयोगी सीपमा आधारित यौन शिक्षा न त अभिभावकबाट पाएका हुन्छन न त स्कूलमा पाएका हुन्छन । किशोरावस्थामा भोलीको अप्ठ्यारोबारे धेरै सोच्न सक्दैनन अर्थात जोशमा होस गरेका हुदैनन । जसको परिणाले जीवन अन्धकारमय बनिरहेको हुन्छ ।

    यौनसम्पर्क गर्दा अधिकांश किशोरकिशोरीहरूले गर्भनिरोधको साधन प्रयोग गरेका हुँदैन र उनीहरूको सहज पहुँचमा पनि हुँदैन । जसको कारण अनिच्छित गर्भधारण, यौनजन्य संक्रमण लगायतका समस्या भोग्न परेको हुन्छ ।

    तथ्याङ्कहरू अनुसार नेपालमा १० देखि १८ वर्षसम्मका २५ प्रतिशत किशोरकिशोरीले १८ वर्षको उमेरमा पहिलो पल्ट यौनसम्पर्क गर्दछन र उनीहरू मध्ये थोरैले मात्र त्यो पनि कहिलेकाहिँ मात्र गर्भ निरोधक साधनको प्रयोग गरेका छन् ।

    युएन्एफपीएले सन् २०१३ मा गरेको एक अध्ययन अनुसार नेपालमा ८६ प्रतिशत १५ देखि १९ वर्षकी युवतीहरू गर्भवती भएका छन् । यो संख्यामा  विवाह पूर्व भएको यौनसम्पकर्का समेत पर्दछ ।

    सन् २०१४ को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वेको नतिजा अनुसार कम उमेरमा बिहे गरेका किशोरकिशोरीमा पनि गर्भनिरोधको अस्थायी प्रयोग दर निकै कम रहेको छ ।

    राष्ट्रिय जनसाँङ्खिक स्वास्थ्य सर्भेक्षणको तथ्याङ्क अनुसार १५ देखी १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित महिलाहरूले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । विभिन्न जिल्लामा विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहज रूपमा अस्थायी साधनहरू पाइँदैनन् । धेरै जसो महिलाहरूलाई अस्थायी साधनहरूका बारेमा जानकारी नभएको र भएपनि उचित किसिमको उपलब्ध हुन सहज नहुनाका कारणले गर्दा नै अनिच्छित गर्भधारण हुनपुगेको अध्ययनहरूले बताएकोछ ।

    सवाल किशोरकिशोरीहरूको मात्र होइन कि वयस्कहरूको पनि अवस्था  उस्तैछ । जसका कारण आर्थिक तथा मानसिक समस्याहरू पुरूषहरूको तुलनामा महिलाले नै धेरै झेल्नुपरेको छ ।

    अस्थायी साधनको प्रयोग नगर्नाले किशोरी अवस्थामा हुने गर्भको कारणले हुने मातृ मृत्युदर २० वर्ष उमेर भन्दा माथिका महिलामा भन्दा दोब्बर हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाको तथ्याङ्कमा छ ।

    कतिपय समयमा सञ्चारका माध्यमहरूमा अनिच्छित गर्भधारण भइ समाजमा अपहेलना र विभेदमा परिने भयका कारण मानसिक तनावमा परेर किशोरीहरूले आत्महत्या समेत गरेका समाचार विगतमा पनि सार्वजनिक भएकैछन । यसको पछाडि अस्थायी साधनको प्रयोग नगर्नाले गरेपनि सही तरिका नअपनाइएकाले नै हो । कुनै कुनै अस्थायी साधनकोबारेमा सञ्चारका साधनहरूमा विज्ञापनबाट जानाकारी त आएको हुन्छ तर कति किसिमका र कसरी प्रयोग गर्ने सबै जानाकारी हुँदैन । यति सम्म कि कण्डमको प्रयोग समेत सही तरिकाले प्रयोग नगर्नाले अनिच्छित गर्भधारण गर्नुपरेको हुन्छ । नेपालका अधिकांश किशोरीहरूमा आकस्मिक गर्भनिरोधको साधन पाइन्छ भन्ने समेत जानाकारी हुदैन । जसका कारण सानो उमेरमा बच्चा जन्माउँनु पर्ने जोखिम उठाइरहेका हुन्छन ।

     

    तपाइको मत
  • भिडियो सामाग्री