आफ्ना बच्चाहरूलाई किशोरावस्थाको शरूवातसँगै यौन शिक्षा दिनु आवश्यक छ
– यौनिक डेष्क/
यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफ्नो बालबालिकाहरूलाई कुन उमेरमा जानकारी दिँदा उपयुक्त हुन्छ भन्ने पक्षलाई आजका अभिभावकहरूले प्राथमिकीकरण गर्न आवश्यक भएको छ । आफ्नो बालबालिकाहरूले सही बाटोमा हिडेर भविष्य उज्वल बनाओस् भन्ने हरेक बाबुआमाको चाहना हुन्छ । तर बढ्दो उमेरमा रहेका बालबालिकाहरूले आफुमा बढ्दै गएको यौन जिज्ञासाका बारेमा आफ्नो अभिभावकलाई सोध्दा नराम्रो व्यवहार गर्ने गरेको पाइन्छ वा यस्तो कुरा गर्न हुदैँन् भन्ने सोचको विकास गराइन्छ ।
अभिभावकहरूको यस्तो परम्परावादी सोचकै कारणले पनि आज भोलि किशोरावस्थामा रहेका बालबालिकाहरू कुलतमा लाग्ने, कुसंगतका कारणले गर्दा आफ्नो बानी बिगार्ने गरिरहेका हुन्छन् । अझ असुरक्षित यौन गतिविधिहरू पनि गरिरहेका हुन्छन् ।
आफ्नो बालबालिकाको उज्वल भविष्य निर्माण गर्ने जिम्मा भनेको अभिभावकको नै हुन्छ । अभिभावकले आफ्नो बालबालिकामा आइरहेको परिवर्तनको बारेमा विशेष ध्यान दिएर उनिहरूको मनमा लागेको प्रश्नहरूलाई बुझेर त्यसको समाधान गर्नु पर्दछ । उचित तरिकाले समयमा नै बालबालिकाको मनमा लागेको यौन जीज्ञासाका बारेमा जानकारी हुनु निकै आवश्यक हुन्छ ।
प्रजनन् स्वास्थ्य भनेको प्रजनन् प्रणली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी नरहनु वा बिरामी नहुनु मात्र नभई शारीरिक मानसिक तथा सामाजिक दृष्टिकोणबाट समेत पुर्ण रुपमा स्वस्थ रहनु हो । किशोरावस्था भनेको बाल्यवस्था सकिए पछिको अवसस्था हो । यो अवस्थामा बालबालिकाहरूमा विस्तारै परिवर्तनहरू देखा परिरहेको हुन्छ । यो एउटा संक्रमणकालिन समयावधि पनि हो । यो समयमा बालबालिकाको भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने गर्छ । त्यसैले किशोरावस्थाको जिज्ञासाहरूलाई समझदारीपुर्वक पुरा गर्न जरुरी हुन्छ ।
किशोरावस्थामा बालबालिकाको प्रजनन् अंगहरू पनि बढ्दँछ । उनिहरूमा शारीरिक परिवर्तन मात्र नभएर मानसिक र भावनात्मक परिवर्तनहरू पनि आएका हुन्छन् । आफ्नो प्रजनन् अंगको वृद्धि सँगै भावनात्मक संवेगहरूले पनि उनीहरूलाई थप जागरूक बनाइ रहेको हुन्छ ।
किशोरावस्थामा विशेष गरी केही नँया खोज गर्ने, अनौठो महसुश गर्ने भइरहेको हुन्छ । यो अवस्थामा आफ्नो शारीरिक मानसिक र भावनात्मक परिवर्तन सँगै आफु वरपरका वातावरण, परिवारले आफु प्रति गर्ने व्यवहारमा पनि फरक महसुश भइरहेको हुन्छ । जसले गर्दा उनीहरूको मनमा अनेकौ जीज्ञासाहरू आइरहेको हुन्छ । यो जीज्ञासाहरूलाई समयमा नै पुरा गर्न सकियो भने युवायुवतीहरूले आफ्नो भविष्यलाई कुन गतिमा लाने भन्ने कुरा पनि बुझ्दछन् ।
हाम्रो समाजले यौनको कुरा गर्ने वित्तिकै निकै पुरातनवादी सोच राखेर यसलाई खुल्ला रुपमा बहस गर्न खोज्दैन । यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि केवल विवाहित दम्पत्तिहरू बीच मात्र कुराकानि गर्न मिल्ने व्यवहारको विकास गरेको छ । तर किशोरकिशोरीहरूको मनमा यौनका बारेमा अनेकौ प्रश्नहरू आइरहेका हुन्छन् । किशोरावस्थामा यौन सम्बन्धि जिज्ञासाहरू पुरा भएन् भने किशोरकिशोरीहरुले कम उमेरमा नै असुरक्षित यौन सम्बन्ध राख्ने सम्भावना बढि हुन्छ जसले गर्दा अनिश्चित गर्भधारण, एच आई भि जस्ता यौन रोगको संक्रमण बढ्न सक्छ ।
यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा किशोरकिशोरीहरूलाई जानकारी प्रदान गर्नका लागि नेपाल कानुनमा पनि व्यवस्था रहेको छ । आर्थीक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९९६मा स्वास्थ्य सेवा पाउने अधिकार छ भनिएको छ । जसमा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा पनि पर्दछ । त्यस्तै मानव अधिकारमा आधारित यौन तथा प्रजनन् अधिकारहरु रहेका छन् । जस्तै; बाँच्न पाउने अधिकार, व्यक्तिगत स्वतन्त्रता र सुरक्षको अधिकार, समानताको अधिकार, सबै प्रकारका भेदभाव देखि मुक्त हुने अधिकार, गोपनीयताको अधिकार, विवाह गर्ने नगर्ने अथवा परिवार बसाउने नबसाउने सम्बन्धी अधिकार, बच्चा जन्माउने नजन्माउने वा कहिले पाउने भन्ने विषयको निर्णय गर्ने अधिकार आदि ।
त्यसैले किशोर किशोरीहरूले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाउने पुरा अधिकार छ । किशोरकिशोरीहरूले आफ्ना अभिभावकहरूबाट यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाएनन् भने स्वास्थ्यकर्मिहरूबाट जानकारी प्राप्त गर्न सकन्छन् । किशोरकिशोरीहरूलाई स्वास्थ्य सम्बन्धी सेवा मैत्रीपुर्ण व्यवहारमा दिनु पर्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाको किशोर-किशोरीहरूको स्वास्थ्य तथा विकास रणनीतिमा पनि उल्लेख गरेको छ । त्यसैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफुलाई लागेको जीज्ञासाहरू राख्न सकिन्छ ।