- यौनिक डेस्क/
असुरक्षित यौनसम्पर्क गरेमा यौन नानाभाँतीका संक्रमण हुनेसम्भावना हुन्छ । त्यसता संक्रण गराउँने जिवाणुहरू धेरै किसिमका हुन्छन । ती मध्ये एक खतर्नाक माइकोप्लाज्माजेनिट्यालिअम नामक जीवाणु (ब्यक्टेरिया ) हो, जसको कारणले हुने यौन संक्रमण निको नहुने किसिमको हुन्छ । सन् १९८० मा पत्ता लागेको यो व्याक्टेरिया सबैभन्दा सूक्ष्म किसिमको छ । यसले संक्रमण गर्दा कुनै पनि किसिमका एण्टिबायोटिकहरूले काम नगरेकोमा स्वास्थ्यकर्मीहरू आजित भएका छन ।
माइकोप्लाज्माजेनिट्यालिअम व्यक्टेरियाले परुषलाई भन्दा महिलालाई यसले धेरै नराम्रो असर पारेको हुन्छ । यसको असरका कारण महिलाको प्रजनन क्षमतामा पनि नराम्ररी असर पारेको हुन्छ । महिलामा बाँझोपन हुने, गर्भ खेर जाने, समय अगावै बच्चा जन्मिने या मृत बच्चा जन्मिने खतरा हुन्छ । हाल यो ब्याक्टेरियाले एकदेखि दुई प्रतिशत मानिसहरूलाई सङ्क्रमण गरेको अनुशन्धानले दखाको छ । यो प्राय किशोरावस्थामा नै धेरै देखिने गरेको छ।
माइकोप्लाज्माजेनिट्यालियम व्याक्टेरियाले हुने सङ्क्रमणमा धेरैजसो अरू भन्दा भिन्न किसिमको कुनै विशेष लक्षण देखिन्न । पुरुषमा मूत्रप्रणालीमा निरन्तर असजिलो हुने पिसाप गर्दाधेरै पोल्ने र सेतो पानि निस्कने हुन्छ भने महिलामा यौन सम्पर्क गर्दा पोल्ने कहिलेकहिँ रगत आउन पनि सक्छ भने सामान्यतय महिलामा गोनोरोहीया रोग जस्तै लक्षण देखिन सक्छ । प्रजन स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरू भन्छन्, मानिसमा जति जति एण्टिबायोटिक औषधी प्रतिरोधी (औषधि निस्प्रभावी) बन्छ, त्यति नै यो यो फैलँदै जान्छ । त्यसैले रोग लाग्न बाट बच्नुनै उचित उपाय हो र कन्डोमको सही प्रयोगले यो सङ्क्रमणबाट बच्न र बचाउन सकिन्छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)