[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. गर्ल्फ्रेण्डका भन्दा ब्वाइफ्रेण्डका अभिभावक बढि जिम्मेवार | Yaunik Media
  • २०८२ बैशाख १७, बुधबार
  • |
  • Wednesday 30th April 2025
  • गर्ल्फ्रेण्डका भन्दा ब्वाइफ्रेण्डका अभिभावक बढि जिम्मेवार

    १६ फाल्गुन २०७५, बिहीबार ०८:०४

    यौनिक डेष्क /

    छोरी तरूनी हुनथालेको अभिभावकहरूले जब देखि थाहा पाउन थाल्छन, अलिअलि डर पनि मान्न थालेका हुन्छन । उहि अभिभावक छोराको बारेमा भने त्यति नै धेरै चिन्ता गर्दैनन । छोरी प्रति डर यसकारण कि छोरी कि त कुनै पनि बेला यौन दुर्व्यवहारमा पर्न पनि सक्छे वा विवाह अगाडी नै लहैलहैमा लागेर यौन सम्पर्क गर्ने पनि सक्छे । यो शंकाको डर हो । अनि, उहि अभिभावक छोरीलाई यी सम्भावित संकट टार्ने क्षमता विकासका लागि यौनिकता र जीवनोपयोगी सीप विकासमा शिक्षा दिन पनि अस्वीकार गर्छन र जानाकारी हुनेहरू पनि कतिपय अभिभावकहरू हिच्किचाउँछन ।

    कसैको छोरीमाथि यौन दुर्व्यवहार गर्ने, बलात्कार गर्ने वा सहमतिमै पनि असुरक्षित यौन सम्पर्क गर्ने कसै न कसैको छोराहरू हुन । त्यस मध्ये आफ्नो छोराले पनि गर्नसक्छ भन्ने कुरामा विरलै अभिभावकले मात्र ख्याल गरेका हुन्छन । यौनिकताका बारेमा जीवनोपयोगी सीप विकास गर्ने चेतना भएका अभिभावकहरूले पनि छोरीलाई जस्तै छोरालाई पनि मित्रतापूर्वक यौन शिक्षा दिएका हुदैनन । किशोरीहरू माथि हुने यौन दुर्व्यवहारमा कम नहुनुमा छोराका बारेमा पनि सचेत नहुनु हो ।

    बालिका तथा किशोरीहरू माथि हुने कुनैपनि किसिमको यौन दुर्ब्यवहार वा यौन हिंसाका परिणाम बुझ्यो भने त्यसको शुरूवात सामान्य अवस्थाबाट भएको हुन्छ र विस्तारै जोखिम अवस्थामा पुग्छ । शुरूको सम्बन्धमा अधिकांश किशोरीहरूले पछि त्यो कति हानिकारक हुनसक्छ भनेर अन्दाज गर्न सकेका हुदैनन । त्यसै कारएले पनि अभिभावकहरूले नियमित रुपमा छोराछोरीहरूको यौन ब्यवहार र उनीहरूको कुराकानीहरूमा ख्याल राख्नु पर्दछ तर शंकाको दृष्टिकोणले नभइ जानाकारी लिने तरिका अपनाएर । तर, छोराछोरीहरू प्रति अभिभावको मित्रतापूर्ण सम्बन्ध भएमा मात्र यो सम्भव हुन्छ । 

    आजभोलीको ‘ब्याइफ्रेणड/गर्ल्फ्रेण्ड डेटिङ् प्रेम लिला’का आयाम बढ्दै गएको देखिन्छ । यस्ता डेटिङ प्रेम लिलालाई प्राय ब्वाइ फ्रेण्डले नै बढि दुरूपयोग गरेका विभिन्न समयमा भएका घटनाहरूले स्पष्ट पारिसकेको छ ।  ब्वाइफ्रेण्डहरूले गर्ल्फ्रेण्ड माथि गर्ने दूर्व्यवहार पहिला सानातिना दवावबाट शुरू भएको हुन्छ र विस्तारै आफ्नो पूर्ण नियन्त्रणमा राख्न अनेकौ दवाव दिएका हुन्छन । यदाकदा गर्ल फ्रेण्डले पनि आफ्नो ब्वाइफ्रेण्डलाई विस्तारै नियन्त्रण गर्नेगरेका हुन्छन । प्रेमको बहानामा गरिने यस्ता व्यवहारहरू प्राय अरूको ईर्ष्या गरेर, गलत किसिमका शिक्षा दिइरहेका फिल्महरूको प्रभावमा परेर र यौनिकता सम्बन्धी गलत वा भ्रमपूर्ण जानाकारीहरू भएका कारण हुनेगरेको अध्ययनहरूले बताउँछ । नियन्त्रण गर्ने व्यवहारहरूमा प्रायः आफुसँग बाहेक अरूसँग भेटघाट गर्न नपाउने, बोलचाल गर्न नपाउँने, आफुले चाहेको बेला जस्तोसुकै प्रतिकुल अवस्थामा पनि समय दिनुपर्ने, फोन आएको बेला नउठाए अनेको आशंका गर्ने,  आफ्नो खुसिमा कतै घुम्न नपाउँने, कपडा पनि उसले भनेको जस्तो मात्रै लगाउन पर्ने आदि हुन ।

    केटाहरूले विस्तारै विस्तारै विस्तारै केटीहरूलाई परिबन्धमा पार्दै मानसिकरूपमा विभिन्न किसिमका डर पैदा गराएर यौन सम्पर्क गर्न बाध्य पारेका हुन्छन र विस्तारै यसमा बानी पारेका हुन्छन । यसरी केटाहरूको अपराधी मनोसामाजिक दसा भोगिरहेका किशोरीहरू धेरै हुन्छन ।  यस किसिमका परिबन्धमा पारिएका गर्ल्फ्रेण्डहरूले ती ब्वाइफ्रेडहरूको  विरूद्धमा न त प्रतिबाद गर्न सकेका हुन्छन न अभिभावक वा शिक्षकहरूसँग सहयोग लिनसकेका हुन्छन । यसको एउटै कारण हो उनीहरूमा यौनिकता र यौन अधिकारको सवालमा जीवनोपयोगी सीप विकास अभावले हुनगएको कमजोर किसिमको आत्मबल । यसमा पहिलो जिम्मेवार अभिभावक र दोस्रोमा स्कूलका शिक्षकहरू नै हुन । यस पछि समाजका अन्य सरोकारवालाहरू पर्दछन ।

    अभिभावकहरूले आफ्ना किशोरावस्थामा पुगेका छोराको गर्लफ्रेण्डसँगको सम्बन्ध कस्तो छ ? यहि कुरा छोरीको सवालमा पनि उसको ब्वाइ फ्रेण्डसँग कस्ता किसिमका कुराकानी हुन्छ र उसको ब्वाइफ्रेण्डले कस्तो व्यवहार गरिरहेको छ भनि शुरुबाटै जानाकारी नराख्दा पछि यसले विकराल रुप लिइसकेको हुनसक्छ । किशोरावस्थाका छोराछोरी हुने अभिभवकहरू जसका छोरा छन उनीहरूले छोरीको भन्दा बढी जानाकारी राख्नु पर्छ र यौनिकता प्रति सकारात्मक धारणाको विकास गर्न र यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रति मित्रतापर्वक सचेत गराउँदै जीवनोपयोगी सीप विकासमा समय दिनु पर्छ र आवश्यक परे यस विषयमा अरूको पनि सहयोग लिनु पर्दछ किनकि कसैको छोरीमाथि यौन दुर्व्यवहार गर्ने छोराहरू नै हुन ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री