-विनिता बैदार/
“मेरी छोरी १४ वर्षकी हुँदा १६ वर्षे एकजना केटा साथी बनाएकि रहिछिन भन्ने थाहा पाउँदासम्म मैले सामान्य रूपमा लिएको थिएँ किनकि केटा र केटीबीच आकर्षण बढ्नु किशोरावस्थाको एउटा महत्वपूर्ण विषेशता हो । पछि उसको केटासाथीसँग मेसेन्जरमा यौनाङ्गहका चित्रहरू आदानप्रदान भएको देखेपछि म त छाँगाबाट खसेको जस्तै भएँ ।” भक्तपुर, सूर्यविनायककि ममता (नाम परिवर्तन) ले आफ्नो छोरीको बारेमा बताएकी हुन माथिका यी कुराहरू । कुरा उनकि छोरीको मात्र होइन, हातमा स्मार्ट मोवाइल हुने आजभोलीका कतिपय किशोरकिशोरीहरूले यस्ता यौन क्रियाकलापका फोटो मेसेज र कुराकानी गर्नेगर्दछन ।
ममताले अगाडि भनिन “केटाले पूरुष यौनाङ्गहरू पठाएको र यौनसम्पर्क गरेका छोटा भिडियो क्लिप्सहरू पनि पठाएको रहेछ । सरकारले यस्तो किसिमका सबै साइटहरू बन्द गरिसकेको भन्ने खबर सुनेकि थिएँ तर उनीहरूले कसरी पत्तालगाउन सके भन्ने कुराले म धेरै दिनसम्म घनचक्करमा परेँ । पछि साथीहरूबाट थाहा पाएँ कि यस्ता कुरा हेर्न उनीहरूलाई कुनै बारबन्देजले नछेक्ने रहेछ । उनीहरू विदेशको साइटबाट त हेर्न सकिहाल्दा रहेछन ।”
ममताले थाहा पाएको कुरा सही हो । सरकारले यस्ता प्रोनसाइटहरूले गर्दा यौन विकृति र अपराध बढ्यो भनेर बन्द गरेको भन्छ तर सूचना प्रविधिमा निपुर्ण आजका युवाकिशोरकिशोरीहरूलाई सरकारको प्रतिवबन्धले खाँचो पारेन ।
ममताको लागि छोरीको व्यवहारले तनाव बनाएको थियो । उनले भनिन “मैले छोरीसँग यसका बारेमा कसरी कुरा गर्ने ? मेरो कुराले कि त उ डराएर झन कुरा लुकाउँन सक्छिन वा मसँग कडा प्रतिबाद गरेर हामी बीचको सम्बन्धमा सधैं चिसो र शंका रहिरहन सक्छ । म प्रतिको यी दुबै व्यवहारले गर्दा उनको ब्वाइफ्रेण्डसँगको सम्बन्ध झन नजिक हुनसक्छ किनकि उनले मसँग भएका सबै कुराकानीहरू उसँग बताउँछिन र यिनीहरू बीच कुनैपनि बेला असुरक्षित यौन शुरू हुनसक्छ । जे भएपनि मैले उनीसँग यसका बारेमा कुरा गरेर सचेत गराउँनै पर्नेछ ।”
ममताले अन्ततः छोरीसँग कुरा गर्ने नै निधो गरिन । उनले छोरीसँग गरेको कुराहरूका बारे बताउँदै भनिन “छोरीको स्कुल विदा भएको दिन पारेर आमा छोरी घुम्न निस्क्यौ । घुम्ने क्रममा खाजा खान भनेर हामी एउटा शान्त किसिमको रेष्टुरेण्टमा गयौ । छोरीको चाहना अनुसार नै खानेकुरा मगाएँ । खाजा खाँदै गर्दा छोरीको कहानीसँग मिल्ने र उस्तै अनुभूति गरेकि मेरो साथीको परिवारको अवस्था सुनाएँ । शुरूमा सुन्न मन नपराए पनि पछि त्यसको परिणाहरूको बारेमा बताउँन थालेपछि उनले ध्यानपूर्वक सुनिन ।”
ममताले राम्रैसँग जानाकारी लिएकि थिइन साथी र साथीको छोरीको दुरावस्थाका बारेमा । ममताले त्यसका दुस्परिणामका बारेमा छोरीलाई सुनाउँदै गर्दा छोरी निकै भावुक बनेकि थिइन । ममताले भनिन, “मैले थाहापाए अनुसार अरू किसिमका सम्भावित परिणाहरू सानो उमेरमा आमा बन्न पर्ने, पढाई विग्रनाले भविश्य अन्धकार हुने, सानो उमेरमा गर्भधारण गर्ला पाठेघरको समस्याहरू आउँने, यौनीमार्गमा समस्या आउँने जस्ता कुराहरू पनि छोरीलाई बताएँ । यहि वातावरणमा छोरीलाई पनि शंका नपर्ने गरी भने, नानी तिमी पनि अब त ठूली भयौ । किशोरावस्थामा पुगेकि छ्यौ । किशोरावस्थामा पुगेपछि अरूलाई जस्तै तिमीलाई पनि केटासाथीहरू प्रति आकर्षण बढ्छ । यस्तो हुनु त स्वभाविकै हो । तिम्रो पनि अरू साथीहरूको जस्तै केटा साथीहरू छन । ती मध्ये कुनै एकजानसँग नजिकको सम्बन्ध छ होला । एक आपसमा मायाँप्रिती बस्नसक्छ । यो अवस्थामा आफ्ना मनका भावनाहरू साटासाट गर्ने, धेरै नजिक हुने र सँगै बसेर समय विताएको पत्तै नहुनसक्छ । सबैलाई उस्तै हुन्छ भन्न त सकिदैन तर आफ्नो ब्वाइफ्रेण्डको कुरामा नाई भन्न नसक्ने अवस्था आउन सक्छ । मेरी साथीको छोरीको त्यो अवस्था आउनुमा पनि एक त किशोरावस्थाको कारण यौन आकर्षण बढ्यो भने अर्को तिर छोरीले नाई भन्न सकिनन । साथीको छोरीको ब्वाइफ्रेण्ड छोरीको लागि निकै मन परेको र असल लागेको थियो तर उसको इमान्दारिता भित्र लुकेको स्वार्थीपनाका बारेमा थाहा पाउन सकिनन । उनीहरू बीच यौन सम्पर्क हुन थालेछ । उनी गर्भवती भइछिन र ब्वाइफ्रेणडलाई त्यो कुरा भनिन । त्यस दिन देखि केटाले वास्ता गर्न छोडेछ । उनलाई यो कराले निकै सतायो । पढाईमा धेरै समस्या आउन थाल्थो । उनले ब्वाइफ्रेण्लाई पुलिस केस गरिदिन्छु भने पछि केटा भागेछ । अब त्यो केटा र मेरी साथीकि छोरी दुबैको भविश्य अन्धकार हुने भयो । गर्भ तीन महिना नकाटीसकेको हुनाले साथीलाई मैले नै सुरक्षित गर्भपतन गराउँन सल्लाह दिएँ । गर्भपतन त गराइन तर उनको छोरीको मनमा जीवन भरी नमेटिने घाउ भने रहिरहने भयो ।”
आजभोली त स्मार्ट मोबाइलको कारण यौन क्रियाकलापका चित्र पनि आदान प्रदान गरिरहेका हुन्छन । यहि प्रशंगमा छोरीलाई बताएका कुरा सुनाउँदै ममताले भनिन, “स्मार्ट मोवाइलमा यौनका चित्र आदान प्रदान गरेर पनि केहि समस्या त हुदैन तर त्यसका प्रभावले उत्तेजित भएको बेला नै हो ब्वाइफ्रेण्डहरूले यौनसम्पर्कका लागि दवाव दिने । मन परेको ब्वाईफ्रेण्ड गुमाउन पर्ने डरले अधिकांश किशोरीहरूले नाई भन्न नसक्दा असुरक्षित यौन सम्पर्क गरेका हुन्छन । तिम्रो पनि त्यहि हालत भयो भने तिमी मात्रै होइन हामी पनि धेरै दुखि हुन्छौ । त्यसको पनि समय आउँछ त्यतिञ्जेलका लागि होस पुर्याउँनु पर्छ । ब्वाइ फ्रेण्ड बनाउनु तर सुन्दर भन्दापनि तिमी भन्दा कम समझदार नहोस । आफ्नो स्वार्थका लागि इमान्दारिताको नाटक गरेर तिमीलाई नफसावस । पहिलो कुरा तिमी निडर हुनुपर्छ ताकि तिमीमा नाई भन्न सक्ने आत्माबल बढ्न सक्छ । अनि कुनैपनि ब्याइफ्रेणडले सताउन सक्दैन ।”
ममताले भनिन “मेरो कुरा सुनेर छोरीको अनुहार सातो हराएको जस्तै भएको थियो । आमा छोरीको कुरा हुँदा हातमा खेलाएको मोवाइल उनले झोलामा हालिन । सायद उनलाई त्यो मोवाएल सेट भित्रको यौन चित्रहरूले उनको मनस्थितिमा निकै असर पारेको होला । मैले सान्त्वना दिदै भनेँ, तिमी प्रति मलाई विश्वास छ किनकि तिमी मेरी छोरी हौ । तिमीमा त्यो साहसी आत्मबल र धेर्यता छ । आफ्नो भविश्य कसरी बनाउनु पर्छ भनेर मैले भन्दा तिमीले अझै धेरै जानेकि छ्यौ ।”
कुराको विट मार्दै ममताले भनिन, “त्यस घटनालाई त्यहि छोट्याएर एकछिन रमाइलो कुरा गर्यौ जसले गर्दा छोरीको मनमा तनाव धेरै नहोस । अनि हामी घरतिर लाग्यौ । त्यस दिन देखि आमाछोरीको सम्बन्ध विगतको भन्दा पनि अझै गाढा भयो ।”

(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)