• २०७८ कार्तिक ६, शनिबार
  • |
  • Saturday 23rd October 2021
  • लिङ्गका धनीहरूमा पुरुषोत्व घमण्ड

    ३ श्रावण २०७६, शुक्रबार १४:०६


    • रामकृष्ण पराजुली/

    करिव ५ बर्ष अगाडिको घटना हो । मेरो सहकर्मी अनुपले घरभेटीलाई अनुरोध गरे, “सर, घरमा इन्टरनेट राखौ| न मलाई त काम गर्न निकै अप्ठेरो भएको छ । बरु लाग्ने खर्चको आधा म पनि व्यहोर्छु ।”  घरभेटीले अनुपको कुरामा पट्टक्कै ध्यान दिएन । अनुपले अर्को हप्ता फेरि अनुरोध गरे तर घरभेटीले ठाडै अस्वीकार गर्दै भने “मेरो घरमा २/२ जना छोरीहरू छन त्यसैले म अहिले घरमा इन्टरनेट राख्दिन र तपाईले आफ्नै खर्चमा पनि मेरो घरमा चाहि राख्न पाउनुहुन्न ।”  केहि दिनपछि उनको आसय बुझियो कि घरमा इन्टरनेट राखेमा छोरीहरूले नग्न तस्विर हेर्छन र चाढै पोइल जानसक्छ ।

    एक सरकारी कार्यालयको अधिकृत अनुपको घरभेटी कै  सोचाई यस्तो पाइएपछि समाजमा महिला माथिको अधिकारमा पुरूस्वत्वको हस्तक्षप अन्त्य गराउँनु निकै कठिन काम हो रहेछ भन्ने अन्दाज गर्नसकिन्छ  किनकि कथा अनुपको घरभेटी प्रतिनिधि पात्र हुन । अरू पनि धेरै छन जसमा कतिपय शिक्षकहरू पनि पर्दछन जो विद्यालयमा सामाजिक शिक्षा वा जनसैख्या पढाउँछन ।   

    लाखौ बर्ष देखि समाजमा पुरुषोत्व हावी छ । अधिकांश पुरुषहरूमा जन्मने पुरुषोत्वको घमण्डले महिलाहरू माथि यौनहिंसा हुदै आएको थियो । समाजमा पुरुषोत्व स्थापना हुनाको कारण महिलाका आफ्नै यौनाड्गहरूमा स्वयं महिलाको आफ्नो अधिकार छैन । मानौ, पुरूषोत्व हावी हुनाका कारण  महिलाका योनाङ्गहरू पुरूषहरुका लागि हो भन्ने मान्यता जानेर वा नजानेर हावी छ ।

    अध्ययन (रिसर्च) को दौरानमा महिला माथि हुने यौन हिंसाका बारेमा गरिएको घटना अध्ययनहरू (केस स्टडिज्) मध्ये एउटा घटना निकै चोटिलो थियो । नुवाकोट काउलेकि विवाहित एक ३५ बर्षीय महिला मन्दा (नाम परिवर्तन) ले विवाह भएको १८ बर्षको उमेर देखि श्रीमनको बलात्कार सहदै आएका छिन ।

    मन्दाको भनाइ अनुसार दिनभरीको खेती र गोठको काम सकेर बेलुका भान्छाको पनि काम सक्दा निकै रात परिसकेको  हन्थ्यो । थकाइले भुत्तुक्क भएर बल्ल आराम गर्न ओछ्यानमा आराम गर्ने आशले पुग्थिन । बेलुकाको खाना खाए पछि श्रीमान विस्तारमा पल्टिसकेका हुन्थे श्रीमतिको पर्खाइमा । मन्दा ओछ्यानमा पुगेर लामो सुस्केरा हालेर थाकाइ कम गराउन भ्याउदा नभ्याउँदै श्रीमान उनी माथि चढिहाल्थे । उसलाई मन्दा माथि चढ्न हतार भइसकेको हुन्थ्यो । अझ ढिलो आएकोमा हल्का जङ्गिसकेको हुन्थ्यो । मन्दाले कुनै दिन नाई भन्न त सकिनन बरू एकछिनको लागि पर्खन पनि भन्न सक्दैनथिइन । शुरूका बेलामा एक दुइ पटक भनेकि थिइन रे तर त्यसबापत उनले मानसिक र भौतिक रुपमै निकै नै पीडा व्यहोर्नुपर्यो ।

    दोस्रो बच्चा जन्मे पछि उनको आङ् खस्यो । उनले त्यसको बारेमा श्रीमानलाई कहिल्यै भन्न नसक्नाले १० बर्षसम्म पीडा सहेर बसिन । मन्दाको श्रीमानको त्यो यौन व्यवहारमा कुनै परिवर्तन आएन । आङ् खसेको बेला यौन सम्पर्क गर्नुपर्दा हरेक रात धेरै नै पीडा हुन्थ्यो । पीडा सहन नसकेर श्रीमानले थाहा नपाउँने गरी रोइसकेर मात्रै । १० बर्ष पछि माइती गएको बेला माइतीको सहयोगमा खसेको आङ्को उपचार गराइछिन । नुवाकोट जिल्ला अस्पतालमा संकलन गरिएका केहि घटना मध्ये मन्दाको कथा प्रतिनिधिमूलक हो । पुरुषोत्वको घमण्डका कारण यस्तो हिंसा भोग्ने महिलाहरूको संख्या अधिक धेरै छन ।

    पुरुषबादी सत्ताले जन्माएको पुरुस्वत्व हाम्रो समाजमा मात्र होइन संसारभरी नै हावी छ । धेरै वा थोरै वा फरक प्रकृतिको हुनसक्छ, तर संसारभरिका महिलालाई पुरुषोत्वले सताइरहेको छ । जहाजहाँ लिङ्गकै आधारमा महिला माथि जति पनि विभेद वा हिंसा हुन्छ,  त्यहाँ त्यहाँ पुरुस्वत्व हावी भएको हुनाले नै हुने हो । अति पुरुस्वत्व व्यवहार भएका मानिसहरू महिला माथि मात्र होइन कम्जोर पुरुषहरू माथि पनि विभेद गर्दछन र अनुकुलता अनुसार पुरुषहरू माथि  हिंसा गर्दछन ।

    पुरुस्वत्वलाई अड्ग्रेजीमा Masculinity (मस्क्युलिनिटी)  र पुरुस्वत्वको सम्बन्धमा घमण्डी सोँच वा व्यवहार भएका मानिसलाई Hyper masculinity  (हाइपरमस्क्युलिनिटी) भनिन्छ । विकसित देशहरूमा पुरुस्वत्व मन नपराउँनेको संख्या अधिक भएपनि अन्तत्वगत्वा अधिकांश पुरुषहरू पुरुष भुमिका निभाउन चाहन्छन भनि एक अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययनले यसको प्रमाण स्वरुप भनेको छ कि रोजगारीका क्षेत्रमा अझैपनि नजानिदो किसिमले पुरुषहरूलाई प्राथामिकता दिएको पाइन्छ । यति सम्म कि सञ्चारको क्षेत्रमा पनि पुरुषहरूकै हावी भएको देखिन्छ ।

    हिन्दी भाषामा पुरुषोत्वलाई मर्द् भनिएको छ । भारत पाकिस्ता लगायत दक्षिण एसियाका सबै देशमा मर्द्हरू नामर्द भइने भयले पनि उनीहरू कुनै न कुनै क्षेत्रमा आफ्नो मर्द कायम राख्न चाहन्छन । विशेषगरी यौन सम्पर्कमा कम्जोर भइनुलाई नामर्द हुनु हो भन्ने मान्यता प्राय सबै पुरुषहरूले राखेका हुन्छन त्यसैले प्राय सबै पुरुषहरू उनीहरूको पुरुषोत्व कायम राख्न चाहन्छन ।   

    अहिले पनि समाजका अधिकांश मानिसहरूको सोचाइमा पुरुष सधै मर्द हो र उसको मर्द पुरुषोत्वको क्षमतामा भरपर्छ र यसलाई कायम राख्न परिवार र नातागोताका महिलाहरू माथि अधिकार जमाउन चाहन्छन । यसै सन्दर्भमा भक्तपुर गठ्ठाघर निवासी शिक्षा विकास क्षेत्रका अभियान्ता शान्तिप्रसाद मैनाली भन्नुहुन्छ “छोरी जन्मेपछि विवाह नभएसम्म बा र दाजुहरूको अधिनमा, विवाह पछि श्रीमानको अधिनामा र विदुवा भएपछि पनि छोराको अधिनमा महिलाको जीवन समाप्त भएको हुन्छ ।“  मैनालीको यो भनाइ अनुसार यो परूषोत्व मनोकंक्षाको परिणाम हो ।

    हाम्रो समाजमा परिवार भित्र पुरुषहरूले मुख्य भूमिका पाएनन भने उनीहरूले या त विद्रोह गरेका हुन्छन वा हिनताबोध गरेर बसेका हुन्छन तर क्षमता र अवस्था स्वीकारे र महिलाको प्रमुख भूमिकालाई स्वीकार्ने पुरुष अपबादमा नै पर्छन । हजारौ बर्षदेखि चलाइदै आएको पुरुषोत्व संस्कार समाजमा ज्ञानको अभावका कारण महिलाहरूले पनि स्वीकारेको पाइन्छ । आफ्नो छोराको पुरुषोत्वमा कम्जोर भएकोमा आमाले चिन्ता गरेकि हुन्छिन भने कतिपय श्रीमतिहरूले पनि आफ्नो श्रीमानमा पुरुषोत्व कमजोर भएकोमा बेखुस भएका हुन्छन । किनकि पुरुष कम्जोर भए समाजले परिवारलाई कम्जोरको रुपमा हेर्न भ्रम कायम छ भने कतिपय सन्दर्भमा समाजमा श्रीमानको पुरुषोत्व कम्जोर देखिएमा अशुरक्षित भएको पनि महशुस गरेका हुन्छन ।

    विकाससँगै यसका केहि पक्षहरू हराउँदै गएको र केहि पक्षहरू कम्जोर भएको भएतापनि पुरुषोत्वको सत्ता अझै कायम नै रहेको छ । महिला माथि हुने यौन दुर्व्यवहार, दवावपूर्ण बालबिवाह, सामाजिक कलङ्क जस्तै बोक्सीको आरोप, व्यवसायिक यौन सम्बन्ध जस्ता कुराहरूमा कमि आउन पुरुषको पुरुषोत्व सम्बन्धी भ्रममा पनि सुधार हुन र लैङ्गिक अधिकारको विकास हुन आवश्यक छ ।

    विद्यालय क्षेत्रमा देखिने पुरुषोत्वको भ्रम निवारण गर्न सकियो भने छात्राहरू माथि हुने यौन हैरानी/हिंसामा उल्लेख्य रुपमा  कम गर्न सकिन्छ । लिङ्ग भएको कारण पुरुषहरूको अधिनस्त महिलाहरूको यौन इच्छा सिमित हुनुपर्ने मान्यताको अन्त्यसँगै पुरुषोत्व पनि समाप्त हुनेछ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री