• २०८१ बैशाख ४, मङ्लबार
  • |
  • Tuesday 16th April 2024
  • सौन्दर्यता र यौनिकताको सम्मान

    ८ श्रावण २०७६, बुधबार १५:०३
    • रामकृष्ण पराजुली /


    कुरा २०४२ सालको हो । म नवविवाहित थिएँ । हाम्रो नवविवाहित जोडी गाउँबाट काठमाण्डौ तिर घुम्नका हिड्यो । बसबाट सहीद गेटमा झरेर न्युरोड तिर लाग्यौं । न्युरोडमा घुम्नुको अर्को उद्देश्य दुईजनाको फोटो खिच्ने रहर पनि थियो ।  पिपलबोटमा गएर फोटो खिचियो, तीन दिन पछिको भाखा राख्यो फ्रेममा हालेको तयारी फोटो दिने । 

    फोटो खिच्ने कोठामा भएक सामानहरूले श्रृङ्गारियौं र फोटौ खिचेर हामी निस्किइयो बसन्तपुर हुँदै इन्द्रचोकतिर । हाम्रो जोडीलाइ धेरै मानिसहरुले नियालीरहेको जस्तो लागिरहेको थियो । मैले अलिराम्री अन्दाज गरेको त हेर्नेहरूमा धेरैले मेरी श्रीमतिलाइ पो हर्दाहरेछन । मलाइ ती मान्छेहरूको व्यवहारले प्रतिशोध बढ्न थालेको थियो । तैपनि सम्हालिइर आबेसमा भने आइन किनकि मैले के नै पो गर्न सक्नुर !

    रत्नपार्क पुगियो र बसमा चढियो । काठमाण्डौ शहरमा श्रीमतिसँग घुमघाम गरेको यो पहिलो पटक भएकोले पनि मलाइ त्यो मनोदसा भएको हो । बसमा पनि हामीहरुलाई सबैले कर्के नजरले हेरेको जस्तो लाग्न थाल्यो । कोहिकोहिले भने होरिनै रहेको जस्तो लाग्थ्यो । अच्चम्मै रिस उठेको पनि थियो तर के नै गर्नु र ? त्यसो त हामीलाई हेर्नेहरूमा केटीहरु पनि थिए,   चाहिँ आफुलाई आनन्द आएको जस्तो पनि लाग्दैथियो । खै श्रीमतिले चाहिं के सोचेकि थिइन म मख्ख परेकोथिए ।

    हाम्रो समजको यौनिकता र सुन्दरता प्रतिको इर्श्या र मनोसामाजिक समस्याको त्यो प्रतिविम्ब थियो । आफुले अरुका श्रीमति राम्री लागेर हेरेको जस्तै हो अरुले पनि मेरी श्रीमतिलाइ मन पराएर हेरेको भन्ने हेक्का नराख्ने मनोदसामा हाम्रो समाजका स्वघाषित धेरै बुद्धिजीवीहरु भ्रममा छौं । किनकि अरुको श्रीमति राम्रो देख्नेले अरुले आफ्नो श्रीमति राम्री लागेर हेर्न सक्छन अनि मेरी श्रीमति राम्री रहिछिन त्यसैले मान्छेले हेरे भन्ने विश्वास गर्न हामीमा आँट छैन । खुसि गराउँने ‘केमेष्ट्री’ नै शरीरमा छैन ।

    किन आफ्नो श्रीमान वा श्रीमति राम्रो लागेर अरुले हेरेको हामीलाई सहन मुस्किल पर्छ ? अनि अरुका छोरीचेली सिङ्गारिएर बाटोमा हिँडेको देख्दा वा भोजमा भेटिँदा आफ्नो मन किन लोभिन्छ ?  यसको पछाडि धेरै कारणहरु छन । ती मध्ये संसारमै र विशेष गरी नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूमा यौनिकता प्रति धेरै परम्परागत गलत मान्यताहरू छ । आजको पश्चिमी सभ्यतामा ‘सेक्सी’ शब्दले कसैको सुन्दरताको प्रशंशा गरेको बुझिन्छ भने हाम्रो समाजमा यहि शब्दले सम्बोधन गर्दा नराम्रो चरित्रको रुपमा हेरिन्छ । यस्तो हुनुमा पनि उहि परम्परागत मान्यताको प्रभावका कारणले हो भन्न सकिन्छ ।

    सवाल आउँछ, सुन्दर वनिनु वा सेक्सी अर्थात यौनिक हुनुको अन्तर सम्बन्धको । यी दुबै कुराका सवालमा हाम्रो समाज दिग्भ्रमित छ । माथि उल्लेख गरिए अनुसार अरु परिवारका कुनै सदस्य सेक्सी देखिएको मन पराउँने त्यहि मानिस आफ्नो परिवारमा मन पराउँदैन । हरेक परिवारमा सुन्दर वा यौनिक देखिन बन्देज लगाएको भए यो समाजमा मानिसको सुन्दरता कसरी देखिन्छ होला ? मानिसहरु कति विरसिला वा निरस हुन्थेहोलान ? यस्तो कुरामा शुक्ष्म विचार गर्ने मानिस सायद दुर्लभ नै छन ।

    सुन्दरताको बयान हाम्रा पुराण तथा नीति शास्त्रहरुमा व्यापक रुपमा गरिएका पाइन्छ र सौन्दर्य शास्त्रको विकास पनि हाम्रै पुस्ताले गरेका हुन । गुगल विकिपेडियामा उल्लेख भए अनुसार सौन्दर्य शास्त्र भनेको संबेदनात्मक—भावनात्मक गुण—धर्म र मुल्यहरुको अध्ययन हो । कला संस्कृति र प्रकृतिको प्रतिअंकन नै सौन्दर्य शास्त्र हो । यसकै आधारमा सौन्दर्यतामा कलात्मक कृतिहरु रचिएका हुन्छन वा अभिव्यक्त भइरहेका हुन्छन । जसको मार्मीक महत्व हुन्छ । कुनै सुन्दर वा सुन्दरी मानिस वा कुनै पनि बस्तुहरु, दुष्यहरु, संगीत वा कुनै मोहक प्रस्तुतीले मनमा आनन्ददायी अनुभूति हुन्छ । तनाव कम हुन्छ । तनाव कम हुने मानिस मात्र स्वस्थ र सिर्जनात्मक हुनसक्दछ ।

    पुराणकै कथाहरुलाइ आधार मान्ने हो भने शिव पुराणमा पार्वतीको सुन्दरताका बारेमा १०६ श्लोकमा बर्णन भएको बताउँनुहुन्छ काठमाण्डौ स्थित मध्यबानेश्वरका योग गुरु एबं पण्डित भक्तिरमण नेपाल । उहाँका अनुसार कर्मकाण्ड काल पछि सुन्दरताका गीतहरु धेरै लेखिएका छन । जसमा ‘सौन्दर्य लहरी’ सर्वोत्कृष्ट मानिन्छ ।

    मानिसहरूको सुन्दरता समाजको नै सुन्दरता हो । सुन्दरता र यौनिकता एक आपसका परिपुरक हुन । जो मानिस शारीरिक र मानसिक दुबै पक्षबाट जति सुन्दर बन्न जान्दछ उ यौनिक पनि हुनसक्छ । जो यी दुबैपक्षबाट सुन्दर हुन सक्दैन यौनिक पनि हुनसक्दैन । त्यसैगरी यौनिकता विहिन मानिस पनि सुन्दर हुनसक्दैन । किनकि मानिस यौनिक हुन स्वस्थ हुनै पर्दछ । त्यसैले यौनिक हुनुलाई नराम्रो अर्थमा लिनु हुदैन, बुझ्नु बुझाउँनु हुदैन । सुन्दरता र यौनिकतालाइ राम्रो मान्ने मासिनले मानिसको सुन्दरता र यौनिकताको इर्श्या गर्दैन र यौनहिंसा पनि गर्दैन बरु अरूको यौनिकताको सम्मान गर्दछ । आफु अनावश्यक तनावबाट मुक्त हुन्छ ।

    जब मैले पनि अरुको यौनिकता र सुन्दरताको सम्मान गर्नपर्छ भन्ने कुराको मर्म बुझेँ, त्यो दिन देखि मेरी श्रीमतिलाइ हेर्ने मानिहरु प्रति घृणा गर्न मनलाग्न छोड्यो । बरु त्यतिबेला मेरी श्रीमति अझै पिन सुन्दरी देखिदै रहिछिन भनेर खुसि लाग्छ ।  

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री