[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. गर्भावस्थामा भिरंगी | Yaunik Media
  • २०८१ माघ २७, आइतवार
  • |
  • Sunday 9th February 2025
  • गर्भावस्थामा भिरंगी

    ३१ श्रावण २०७६, शुक्रबार ०८:०६
    • डा. शिवराम खतिवडा /

    सिद्धुकला तातेताते गरेर हिंड्न मात्र के थालेकि थिइन, एकाएक विरामी भइन । बाबुआमाले अस्पताल लगे । उपचार गरे । ज्वरो धेरै आउछ, औषधि खुवायो निको हुन्छ तर औषधि खुवाई सकिएपछि फेरि ज्वरो आउछ । आजित भएपछि उनको संक्रमणको पूनः जाँचपड्ताल भयो । बल्ल थाहा भयो उनलाई शरीरको हड्डी कुहिने रोग (मल्टिपल ओष्टियोमाइलाईटिस) भएको रहेछ । बल्ल सही उपचार शुरूभयो ।

    चिकित्सक भनाइ अनुसार सिद्धधुकलालाई बाआमाको कारण भिरङ्गीले गर्भमै संक्रमण भएको थियो जसको कारण उनीलाई रोग लागेको हो । उनका बाआमा दुबै जनाको शरीरमा अझै पनि भिरंगीको जीवाणु शुशुप्त रूपमा हुनसक्ने हुँदा दुबैजनालाई रगत जचाउँन सिफारिस गरे । रगतको रिपोर्ट अनुसार उनीहरूको शरीरमा भिरङ्गीको जीवाणु बाँकि भएकोले खानको लागि चिकित्सकले औषधिको सिफारिस लेखिदिए । चिकित्सकको भनाई अनुसार सिद्धुकलालाई यो रोगको सट्टामा अरू पनि लाग्न सक्थ्यो जसको कारण अन्धो हुनसक्ने वा बहिरो हुनसक्ने सम्भावना पनि थियो ।

    चिकत्सकले अपमान गरेको ठानेर सिद्धुकलाका पिताले उपचार गर्न मानेनन तर आमा चाहि अस्पतालमै सिद्धुकलको हेरचाहमा बस्ने भएकोले त्यहि बस्दाबस्दै उपचार गरिन । सिद्धुकलाका बाआमा बीच यस मुद्धामा केहि समय दोषारोपण चल्यो तर सिद्धुकलाका बाले आफ्नै गल्तिको कारण यस्तो भएको हुँदा जिद्दी गर्नसकेनन र उपचार गर्न सहमत भए  भने डाक्टर र नर्सहरूको प्रत्यक्ष निगरानीमा एक महिनासम्मकको उपचारपछि सिद्धुकला पूर्णरुपले स्वास्थ्य भइन ।  

     के हो भिरंगी ?

    यौनसम्पर्क मार्फत यौनाङ्गमा संक्रण भएर लाग्ने एक किसिमको सरुवा रोग हो । यो संक्रमण ‘ट्रिपोनिमा पलिडम’ नामको एक अति शक्तिशाली  सुक्ष्मजीव ब्याक्टेरियमले गराएको हुन्छ । 

    कसरी सर्छ ?

    भिरंगी संक्रमित ब्यक्तिसँग असुरक्षित  तरिकाले (कण्डम नलागइकन) यौन सम्पर्क गर्दा नै सर्नसक्छ । कण्डम लगाएपनि सही तरिकाले नलगाउँदा कण्डम खुस्केर वा फुटेर असुरक्षित यौनसम्पर्क हुँदा पनि संक्रमण भएकोहुन्छ । यसका अलावा भिरंगी संक्रमित व्यक्तिको रगतको सम्पर्क भएमा पनि यो रोग सर्नसक्दछ । भिरंगीको संक्रमित महिला गर्भवती भएमा वा गर्भवती अवस्थामा यो भिरङ्गीको जिवाणुबाट संक्रमित भएमा गर्भमा रहेको बच्चामा पनि सर्न सक्दछ । यदि गर्भमा संक्रमण नभएको भएपनि बच्चा जन्मने क्रममा संक्रमण भएको हुनसक्छ । भिरंगी भएको व्यक्तिसँग असुरक्षित यौनसम्पर्क भएमा एच आइ भी सर्न सक्ने सम्भावना धेरै नै हुन्छ ।

    कसरी थाहा हुन्छ ?

    यो रोगको संक्रमण हुँदा  शुरूमा कुनै लक्षण नदेखिन वा थाहा नहुन पनि सक्छ । कसैकसैमा योनीमा केहि घाउ खटिराहरु देखा परेका हुनसक्छ । अवस्था र अवधि अनुसार लक्षणहरू फरक हुन सक्छन । योनीमा अलिअलि असहज हुनेहुँदा लामो समयसम्म संक्रमण भइरहन सक्छ ।

    के गर्न सकिन्छ?

    गर्वावस्थामा यसको संक्रमणको संका लाग्नासाथ जाँच गर्न जति सक्दो चाडो स्वास्थ्य संस्थामा जानु पर्दछ । प्राय: सबै स्वास्थ्य संस्थामा यसको भरपर्दो जाँच र उपचारको सुविधा  हुन्छ । यसले गर्दा आमा र बच्चाको स्वस्थ्य राम्रो गराउन र अकाल मृत्युबाट बचाउन सकिन्छ ।

    भिरंगीको संक्रमण भएको कतिपयले सुत्केरी हुँदासम्म पनि थाहा पाएका हुदैनन । किनकि योनीमा असहजपनको अनुभव भएको भएता पनि गर्भवती महिलाहरूले गर्भकै कारण भन्ठानेर भ्रममा परेका हुन्छन भने धेरैजसो गर्भवती महिलाहरू कुनैपनि असहजपना वा दुखाइ सकेसम्म अरूलाई नभन्ने बानी हुन्छ जसको कारण संक्रमण विस्तारै बढिरहेको हुन्छ र गर्भको बच्चालाई समेत संक्रमण हुनपुग्दछ । यसकारण यौनाङ्गमा कुनै असहजताको महशुस हुनासाथ वा केहि नभएको भएतापनि गर्भधारण गर्नुअगाडी विभिन्न संक्रमणका साथै भिरंगीको पनि जाँच गर्नु बुद्धिमानी हुन्छ । संक्रमण छ वा छैन भनेर रगत परिक्षणबाट मात्र थाहा पाउनसकिन्छ । संक्रमण रहेछ भने पनि उपचारबाट यो रोग निको पार्न सकिन्छ । गर्भधारण गर्नु पहिला भिरंगी लगायत कुनैपनि किसिमको संक्रमण छैन भन्ने कुरामा निर्धक्क हुनु आवश्यक छ ।

    के के जटिलताहरू हुनसक्छन ?

    उपचार नगरेको सिफिलिसले गर्न सक्ने केहि प्रमुख हानीहरु –

    • भ्रुण/बच्चा खेर जाने वा समय नपुग्दै जन्मने सम्भावना हुन्छ,
    • गर्भमा बच्चाको अंगहरु राम्रोसँग विकास भएको हुदैन,
    • कम तौलको बच्चा जन्मन्छ,
    • जन्मेको बच्चामा रोग निरोधकको क्षमता निकै कम्जोर हुनेहुँदा विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ । जसको कारण शिशु वा बाल मृत्यु हुनसक्छ ।
    • गर्भवती वा सुत्केरी आमालाई भिरंगी रोगले थप ग्रस्त पार्दैलैजान्छ र विशेषगरी रक्तसंचार तथा स्नायुमा प्रणालीमा बढि असर पारेको हुन्छ ।

    इन्टरनेट वा गुगलमा लेखिएका वा देखिएको कुरामा मात्र भर परेर रोग र उपचार स्तरीय हुदैन ।  आफनो मनोमानीमा पनि औषधि लिनु हुदैन । चिकत्सकको परामर्श वा सिफारिस बेगर अरूले भनेका वा सिकाएको आधारमा त्यस सम्बन्धी कुनै पनि औषधि लिनु पनि हुदैन । किनकि रगत जाँच गरी कस्तो अवस्थाको छ भनि रिपोर्टमा देखिनु पर्छ । त्यसको आधारमा चिकित्सकले औषधिको सिफारिस गर्दछन ।

    ध्यान दिनुपरने केहि कुराहरू

    • शरीरको अन्य अङ्गहरूलाई जस्तै प्रजनन अङ्गहरूलाई पनि सफा र स्वस्थ राख्नुपर्छ ।
    • केहि अनौठो लक्षण थाहा भएमा वा देखिएमा वा असुरक्षित यौनसम्पर्क भएपछि संका लागेमा स्वास्थ्य संस्थामा गएर उचित परामर्श लिने, जाँच गराउँने र आवश्यकता अनुसार उपचार सेवा लिनु राम्रो हुन्छ ।
    • संक्रमण भएर पनि कतिपय अवस्थामा कुनै लक्षण बिना नै रोग शुसुप्त रुपमा रहेको हुनसक्छ । त्यसकारण असुरक्षित यौनसम्पर्क भएपछि कुनै लक्षण छैन भनेर ढुक्कसँग बस्नुहुदैन । जाँच गरिहाल्नुपर्दछ र सजग हुनुपर्दछ ।
    • यस्ता रोगका बारेमा लाज वा डर मानेर रोग लुकएर राख्नु हुदैन । उपचारमा आफै अग्रसर हुनु पर्दछ । सबै स्वास्थ्य संस्थाहरूमा यस्ता संक्रमणहरूको उपचारमा गोप्यता कायम राखिएको हुन्छ ।
    • कुनै पनि रोग सानो ठुलो हुदैन र राम्रो वा नराम्रो भन्ने हुदैन । रोग लागेमा उपचार सेवा लिनु सबैको कर्तव्य र अधिकार पनि हो । रोग लागेको व्यक्तिलाई घृणाको रुपमा लिनु मानवीय दृष्टिले राम्रो मानिदैन ।
    • होसियारी नअपनाउनाले विश्वमा वर्षेनी लाखौको संख्यामा मानिसहरूमा यौनजन्य संक्रमण भइ उपचार लिइरहेका हुन्छन ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री