- यौनिक डेष्क /

घटना १– भक्तपुर जिल्ला स्थित मध्यपुर नगरपालिकाको एक विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरी विद्यालयबाट फर्कदा विरामी जस्तै भएर घर पुगिन । उनी एक हप्तासम्म विद्यालय गइनन । विरामी भएको बुझेर अभिभावकले उनलाई उपचार गर्न लगे तर जहा लगेपनि चिकित्सकले केहि नभएको मात्र भने र अन्तमा एक चिकित्सकले उनलाई कुनै कारणले मानसिक चोट पुगेको हुँदा उनलाई मानोसामाजिक परामर्श गर्न लगियो । परामर्शको क्रममा थाह भयो विद्यालयमा उनलाई १० कक्षामा वढ्ने एक किशोरले सधैं यौन हैरानी गर्नेगरेको र एक दिन अचानक उसले आफ्नो लिङ्ग देखाइ दिएछ । त्यहि घटनाले उनलाई आधात पुग्नगइ मानसिक रुपमा विरामी भएकि थिइन । पुरूषको लिङ्ग प्रयोग गरेर महिलामाथि बलात्कार हुन्छ भन्ने उनले सुनेकि हुँदा पनि उनीलाई धेरै आधात परेको रहेछ । नियमित मनोसामाजिक परामर्श पछि उनि सामान्य अवस्थामा फर्किइन ।
घटना २ – काठमाण्डु स्थित कोटेश्वरमा बस्ने १७ बर्षको एक किशोर पढाइमा गति घटदै गएको उनका साथी र अभिभावकले सुनइरहेका थिए । सधैं निराश देखिने, अभिभावकसँग पनि पहिलाको जसरी राम्रोसँग कुराकानी गर्न मन नपराउने, खाना पनि कम खादै गएको र दुब्लाउँदै गएकोमा अभिभावक झन्झन चिन्तित हुदैथिए । एक दिन उनको आमाले लुगासुकाएको ठाउँमा लगेर बालाई देखाउँदै भने “यो छोराको तन्नामा किन यस्तो टाटो हो ? यसले के खान्छ कि हामीसँग लुकेर केहि गर्छ ?” बाले आमाको कुनै उत्तर त दिएनन तर सजिलै बुझे कि छोराले ओछ्यानमै हस्तमैथुन गर्दा निस्केको विर्यको टाटो हो भनेर । सायद यसमा उनी पनि उतिबेलाका भुक्तभोगी हुनुपर्छ । बाले यसको बारेमा बुझ्न पहिला मिल्ने उसको एकजना छिमेकी साथीलाई बोलाएर स्थितिको बारेमा बताएर अनि सोधे । साथीले आफुसँग हस्तमैथुन गर्नेगरेको कुरा सुनाएको कुरा बतायो ।
बेलुका घरमा बाले छोरालाई बोलाएर कड्केर सोधे हस्तमैथुन गर्ने गरेको हो वा होइन । उसले हो भन्न त सकेन तर बाले हस्तमैथुनको बारे धेरै डरलाग्ने कुरा सुनाए । यौन दुर्वलता हुने, नपुङ्सक हुने, शक्ति क्षय भएर अनेकौ रोग लाग्ने आदिइत्यादि । त्यस पछि उसले ओछ्यानमै त गरेन तर गर्न पनि छोडेन । उ त्यसै त हस्त मैथुन गरेर पछुताइ पनि रहेको थियो त्यस माथि बाले थाहा पाए अनि त्यस माथिपनि डरलाग्दो कुरा पनि सनुएपछि उ निकै कम्जोर भयो । उ झनझन कम्जोर हुँदै जाँदा उसलाई अभिभावकले उपचार तिर लगे । निकै पछि चिकत्सकले मानसिक समस्या मात्रै हो भनेपछि मनोसमाजिक परामर्श सेवामा लगे । परामर्शको क्रममा थाहा भयो हस्तमैथु प्रतिको भ्रमको कारण हुने मानसिक विमारी थियो । उसलाई मानसिक रुपमा आघात परिसकेको रहेछ । चिकत्सकको अनुसार यस्तो अवस्थाबाट हुने मानसिक समस्यालाई ‘धातसिम्ड्म’ भनिन्छ । केहि दिनको मनोसामाजिक परामर्श पछि उ सामान्य अवस्थामा फर्कियो ।
के हो किशोरकिशोरीमा हुने आघात ?
अचानक आइपरेको घटना वा कहिलेकाहि क्रमश रुपमा बढ्दै गएको मानसिक चिन्तामा त्यसै माथि थप घटना हुँदा पनि बालबालिका वा किशोरकिशोरीहरूमा आधात पुगेको हुन्छ । यसको मुख्यकारण एकाएक उत्पन्न हुने डर हो, जुन अचानक देखेर, सुनेर दुर्घटना परेर त्यसको बारेमा पढेर प्रतिबाद गर्न नसक्ने वा तत्काल समाधान हुननसक्ने पीडा हो । कुनै नसोचेको घटना घट्दछ वा घटाइन्छ तब त्यसले पिडितको सामान्य मनोभावनामा अचानक परिवर्तन ल्याउँदछ । आघात भनेको त्यहि हो । घटना र त्यसले पारेको असर अनुसार यसको असर पुस्तौंपुस्तासम्म पनि रहनसक्छ । किशोरकिशोरीहरूले त झन यस्ता किसिमका पीडालाई तुरुन्त बिर्सन कुनैपनि हालतमा नसक्ने हुनाले उनीहरुलाई दीर्घकालिन रुपमा सहयोग गर्नुपर्ने हुन्छ ।
आघातले गम्भिर रुपमा मानसिक दबाव दिइरहेको हुन्छ । जसको कारण उनीहरूको मनमा अरू पनि सम्भावित घटनाहरूको कल्पना गरिरहेका हुनसक्छन । फेरि पनि आफु माथि हिँसा हुन सक्ने, फेरि पनि दुर्घटनामा पर्न सकिने, कुनै पनि किसिमको दैविक प्रकोप हुनसक्ने आदि कुराले डरको अवस्था दिनानुदिन बढ्दै गएको हुनसक्छ । त्यसको परिणाम स्वरुप राम्रोसँग ननिदाउँने, डर मात्रै मान्ने, खानामा रुचि नलाग्ने, कहिलेकाहिँ सानातिना कुरामा पनि झर्केर रिसाउने आदि भावनात्मक प्रतिक्रिया आउँछन् ।
आघातबाट उत्पन्न हुने प्रतिक्रियाहरु किशोरकिशोरीहरूमा पनि फरक फरक किसिमको हुनसक्छन्, किनकि उनीहरूको विश्लेषण गर्ने क्षमता बयस्कहरूको जस्तै परिपक्व भएको हुदैन । त्यसले गर्दा अवस्थाको विश्लेषण भन्दा बढि अनेको डरलाग्दा कल्पनाहरू गर्न थालेका हुन्छन । जस्तै कसैलाई दिइएको गालिले मात्रै पनि उनीहरूको भावनामा निकै उथलपुथल ल्याउँछ र उ त्यस घटनाप्रति सोचिरहने, चिन्तित हुने, डराउने तथा आत्तिने हुन्छ । जसले गर्दा उसका आधारभूत मान्यताहरु जस्तै असुरक्षित भएको, आत्म सम्मान गुमेको, जीवनको अर्थ प्रति नकारात्मक विचार आदि उत्पन्न हुनथालेको हुन्छ तर अर्कोलाई चाहिँ त्यहि गाली सामान्य लाग्न सक्दछ ।
किशोरकिशोरीहरूमा हुने आघातका अवस्थाहरूः
- जीवन नै खतरामा पर्ने खालको अवस्था महशुस हुनु,
- अत्यान्तै डर र असहाय महशुस हुनु.
- आशंका बढेर असुरक्षित भएको ठान्दैजानु,
- भयावह वातावरणको सृजना भएको देखिनु,
- विभिन्न आरोपमा यातना पाउनु,
- परिवारको सदस्य वा आफ्नो नजिकको साथीलाई कसैले हिँसा गरेको वा मानसिक यातना दिएको देख्नु वा सुन्नु ।
- पत्रपत्रिका तथा टिभी/फिल्म आदिमा हिंसात्मक घटनाहरू देख्नु जस्तै रक्तपात हिंसा, चरम सन्त्रासमय दृष्यहरू आदि,
- परिवारमा आर्थिक-सामाजिक संकट वा अभिभावकहरू बीच द्वन्द्व वा विमेलको कारणले भावनात्मक पीडा बढ्नु,
किशोरकिशोरीहरूमा आघातले ल्याउने
प्रतिक्रियाहरु
- घटना स्वीकार नगर्ने
- बेसाहारा महसूस गर्ने
- रुने, चिच्याउने
- रिसाउने
- जिद्दी गर्ने
- ध्यान कम हुने
- एक्लै झोक्रिएर बस्ने
- झर्को मान्ने
- डराउने
- खान मन नगर्ने
- निन्द्रामा गडबडि
- नराम्रो सपना बढि देख्ने
- बढि चिन्ता लिने
- हिनताबोध हुने
- खान मन नलाग्ने
- दिक्दार हुने
- जीउमा पीडा हुने
- साथीभाइसँग नमिल्ने
- सानो बच्चाको जस्तो व्यवहार गर्ने
- मादक पदार्थ तथा धुम्रपान गर्न थाल्ने
- आक्रोशको भावना देखाउने
- बदलाको भावना बढि आउने
आघातमा परेका किशोरकिशोरीहरूका लागि अभिभावक र शिक्षकले के के उपायहरू अवलम्बन गर्न सक्छन ?
- उनिहरूको सामुन्नेमा हुँदा पहिला आफु शान्त तथा सन्तुलित रहने,
- घटनाका भएको स्थानमा भन्दा टाढा राख्ने र एक्लै नछाड्ने ।
- बसेको स्थान सुरक्षित भएको महशुस गराउने र तत्कालको आवश्यकतालाई ध्यान दिने (जस्तैः खाना, मौसम अनुसारको कपडा, सहज बसाइ आदि)
- शारीरिक र विशेष गरी स्वास्थ्य सम्बन्धी सहयोगको आवश्यकता भए तुरुन्तै सेवा दिने,
- घटनाबारे कुरा गर्न मद्दत गर्ने, तर दबाब नदिने र हौसला दिने, समस्या बुझ्न खोज्ने र उसले गरेको प्रयासमा प्रशंसा गर्ने,
- यदि अरू पनि खतारा आउन सक्ने महशुस भएमा के कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने,
- नियमहरु सामान्य अवस्थाको जस्तो पालना गर्न दबाब नदिने र विस्तारै खेलकुद वा मनोरञ्जनात्मक कार्यमा सहभागी गराउने । त्यस्तै अन्य क्रियाकलापहरु जस्तैः चित्र कोर्ने, रङ्ग लगाउने आदिमा संलग्न गराउने,
- नातेदार आफन्तसँग भेट्न चाहेमा भेट गराउन खवर गरिदिने,
- साना बालबालिकाहरूका लागि अरूका लागि भन्दा बढि समय दिने, सान्त्वना दिने, उनीहरुलाई सजिलो महसूस गराउने,
- दैनिक जीवनका क्रियाकलापमा संलग्न गराउनका लागि निरन्तर सहयोग गर्ने जस्तैः खान, बस्न, लुगा लगाउन र सफा सुग्घर रहन आदि ।
- उनीहरुको कुरा ध्यानपूर्वक सुन्ने, एउटै कुरा बारम्बार दोहोर्याइराखे पनि सुन्नलाई झर्को नमान्ने, घटनाबारे कुरा गर्न दबाब नदिने, कथा सुनाएर वा पुस्तक पढ्न दिएर, साना बच्चा भएमा विभिन्न अभिनय गरेर देखाएर, रचनात्मक खेलहरू खेलाएर, चित्र कोर्न लागाएर, गीत गाउन वा बाजाबजाउन दिएर वा बजाइदिएर पीडालाई कम गर्न मद्दत पुर्याउने,
- किशोरकिशोरीहरुलाई पर्याप्त समय दिने र के भइरहेको छ भन्ने बताइदिने, चिन्तालाई कम गर्न भनेर मदिरा तथा धुम्रपान गर्नु हुँदैन भनेर राम्रोसँग बुझाउने ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)