– यौनिक डेस्क/
हस्तमैथुन गर्न मन नलाग्ने र गर्दै नगर्ने त को होला र यो संसारमा ?
हरेक मानिससँग हस्तमैथुनको मिठो अनुभव हुन्छ । स्वास्थ्य मनोविद्हरू पनि भन्छन स्वस्थ मानिसलाई यौनसम्पर्क गर्न मन लाग्नु स्वभाविक हो र यो बैकल्पिक र सुरक्षित यौन व्यवहार पनि हो ।
किशोरावस्थाको शुरूवातसँगै यौन चाहना तिब्ररूपमा बढ्दै जान थाल्छ । यौनसम्पर्कको विकल्पमा किशोरकिशोरीहरूले हस्तमैथुन गर्न थालेका हुन्छन । कुरा यत्ति हो कि उनीहरूलाई यो समाजले हस्तमैथुन गर्नु पाप हो, यसले शरीर कम्जोर बनाउँछ, हस्तमैथुन निरन्तर गरेमा पछि यौन दुर्वलता हन्छ वा नपुङ्सक भइन्छ भन्ने किसिमका अनेकौ कुराहरू सुनाएका र सिकाएको हुनाले हस्तमैथुन गरिसकेपछि उनीहरू निकै चिन्तित पनि हुनेगर्छन ।
यौनसम्पर्कको सम्बन्धमा धेरै नै वैज्ञानिक खोज र अनुसन्धानहरू भएका छन । अनुसन्धानका यथार्थहरू बाहिर नआउदासम्म हस्तमैथुन गर्ने व्यवहारलाई रोग र यौन विकृतिको दृष्टिले हेर्ने, व्यवहार गर्ने चलन थियो । तर, अनुसन्धानहरू अनुसार हस्तमैथुनले त्यस्ता कुनैपनि किसिमका हानी नगर्ने बताएपछि भने यस सम्बन्धी अने थरीका भ्रमहरू निवारण हुनथालेका हुन ।
भ्रम र थथार्थ
भ्रम – विवाह अगाडि हस्तमैथुन गरेमा विवाह पछि यौन दुर्वलता देखा पर्छ ।
यथार्थ– हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । विबाह हुनु अगाडिको यौनसम्पर्क गर्ने चाहना सुरक्षित र सरल रुपमा पुरा गर्ने मध्यम नै हस्तमैथुन हो । तसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोषि महशुस गर्नुमा कुनै तुक छैन ।
भ्रम – हस्तमैथुन गर्दा वीर्यको नाश हुनेहुँदा कम्जोर भइन्छ ।
यथार्थ– शरीरमा वीर्य जम्मा गरेर राख्ने मानिसको चाहि हस्तमैथुन गर्नेको भन्दा बढी शक्ति सञ्चय हुने होइन । आबश्यकता अनुसार नियमित रुपमा वीर्य थैलीमा वीर्य बनिरहन्छ र भरिएपछि निश्कासन भइरहन्छ । जसरी मुखको लागि र्याल, नाककोलागि सिंगान आदि बनिरहेको हुन्छ र निस्कासन पनि भइरहेको हुन्छ । लगातार हस्तमैथुन गर्दा वीर्यको मात्रामा केहि कमि भने आउनसक्छ, अनि वीर्य केहि पातलो जस्तो लाग्न पनि सक्छ तर यसले प्रजनन प्रकृयामा कुनैपनि नोक्सान पुर्याउदैन । केहि समय ढिला गरी हस्तमैथुन गर्दा विर्यको अवस्था पहिलाको जस्तै सामान्य रूपमा फर्कन्छ ।
भ्रम – हस्तमैथुन गर्दा पाप लाग्छ ।
यथार्थ – बरू हस्तमैथुन गर्दा सम्भावित पापबाट जोगाउँछ । तिब्र यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधि र व्यवहारमा हस्तमैथुन पनि पर्छ । जसको कारणले यौनातुरमा परेका पुरुष वा स्त्रीलाई सामाजिक नैतिक मान्यता भित्र पर्नसक्ने यौनसम्बन्धबाट बचाउँछ । यौन हिंसा हुनबाट केहि हदसम्म बचाउन सक्छ । अनिच्छित गर्भधारणका साथै असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौनजन्य संक्रमणहरूबाट जोगाउँछ ।
भ्रम – हस्तमैथुनले मानसिक विकृति बढाउँछ ।
यथार्थ – हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो पनि मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पुर्याउने मानिसहरूलाई मानसिक तनाव बढ्दै जानु स्वभाविकै हो । हस्तमैथुनको कारण देखपरेको मानसिक तनाव (Depression) लाई यौन मनोविज्ञानमा ‘धात सिन्ड्रम’ भनिएको छ । विना पछुतो हस्तमैथुन गर्नेहरूमा यी कुनैपनि मानसिक समस्या आउदैन । बरू हस्तमैथुन पनि सुरक्षित तरिकाले गर्नु आवश्यक चाहिं छ है ।
भ्रम – सधैं हस्तमैथुन गर्नेको लिङ्ग बाङ्गो (टेडो) हुन्छ ।
यथार्थ – किशोरावस्थाको शुरुवातसँगै शरीरका अरु अङ्ग जस्तै यौनाङ्गको पनि बृद्धि भइरहेको हुन्छ । मानसिक दवावमा नभएको अवस्थामा त बारम्बार लिङ्ग उत्तेजित भइरहन्छ । हस्तमैथुन गर्दा वा सुरक्षित स्थानमा भएको बेला किशोरहरूले आफ्नो लिङ्ग हेरेका हुन्छन । त्यसैले अधिकांश मानिसले हस्तमैथुनको कारण लिङ्ग बाङ्गो भएको होला भन्ने ठानेका हुन्छन । साथी वा समाजबाट पनि यस्तै भनाइ सुनेको हुनाले त्यहि कुरामा विश्वास गरेका हुन्छन । वास्तवमा कसैको अपबाद बाहेक प्राय सबै मानिसको लिङ्ग उत्तेजित हुँदा कतै न कतै पट्टी धेरथोर बाङ्गो हुन्छ नै । यस्तो हुनुमा हस्तमैथुनले नभइ प्राकृतिक रूपमै बाङ्गो हुनेगरी बनेको हुन्छ । कसैको दायाँ तिर. कसैको बायाँ तिर त कसैको उभो फर्केको उपर टुँडे पनि हुन्छ । वाङ्गो हुनुले यौन सन्तुष्टी वा प्रजननमा केहि फरक पर्दैन ।
भ्रम – सधैं हस्तमैथुन गर्ने मानिस दुब्लाउँदै जान्छ र रोगी हुन्छ ।
यथार्थ -हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन तर हस्तमैथुन गरेर पछुताइरहने मानिस चाहिं मानसिक चिन्ताको कारण दुब्लाउन पनि सक्छ । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना अनुसार भरपर्छ । तिब्र यौन चाहना भएको बेला यौनजोडी नपाउँदा वा पाएरपनि कुनै कारणले यौनसम्पर्क गर्न नमिलेको अवस्थामा हो बैकल्पिक यौनसम्पर्कको रुपमा हस्तमैथुन गरी मन शान्त पार्ने तर हस्तमैथुन गर्न पनि मन लाग्ने अनि मन पनि शान्त नहुने भएमा मानसिक तनावका कारण दुब्लाउन पनि सक्छ । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित छैन ।
भ्रम – सधैं हस्तमैथुन गर्ने मानिसको विस्तारै आँखा कम्जोर हुदैजान्छ ।
यथार्थ – हस्तमैथुनसँग आँखाको कुनै सम्बन्ध छैन । यसकारण यो भनाइ सोह्रै आना भ्रमपूर्ण हो ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)