• २०८० जेष्ठ १९, शुक्रबार
  • |
  • Friday 2nd June 2023
  • यौनिकता सम्बन्धी भ्रम र यथार्थता; अपाङ्ता भएका व्यक्तिहरूको सन्दर्भमा यस्तो पनि छ –

    ८ कार्तिक २०७६, शुक्रबार १५:१६
    • यौनिक डेष्क //

    व्यक्तिहरूको यौनिकताका सम्बन्धमा संसार भरिनै अनेकौ किसिमका भ्रमहरू छन । ती भ्रमहरू समाज र व्यक्तिहरू विशेषमा पनि फरक फरक किसिमले बनेका हुन्छन । जति किसिमका भएपनि भ्रम भनेको भ्रम नै हो । यसै सन्दर्भमा अपाङ्ता भएका व्यक्तिहरूको पनि यौनिकताका बारेमा विभिन्न किसिमको भ्रमहरू रहेका छन ।

    अध्ययनहरूले बताए अनुसार यौनिकता सम्बन्धी भ्रमहरू अपाङ्ता भएका व्यक्तिहरू प्रति नै अरूमा भन्दा धेरै भएको कुरा उल्लेख छ ।  अनि, अपाङ्गता भएका व्यक्तिहरू स्वयंमा जति भ्रमहरू हुन्छन त्यो भन्दा बढि साङ्गहरूमा अपाङ्ता भएका व्यक्तिहरूको यौनिकता प्रतिको अझै धेरै रहनेगरेको अध्ययनहरूले बताउँछ । साङ्गहरुले अपाङ्ता भएका व्यक्तहरूका यौनिकताका बारेमा बनाएका केहि मुख्य किसिमका भ्रमहरू यहाँ प्रस्तुत गरिएको छः

    भ्रमः  अपाङ्ता भएका व्यक्तिहरू र दीर्घ रोगीहरू यौनिक हुदैनन ।

    यथार्थः सबै मानिसहरू यौनिक हुन्छन, कसरी आफ्नो यौनिकता प्रस्तुत हुन्छ भन्ने कुरा प्रमुख हो । अपाङ्ता भएका व्यक्तिहरू पनि सामाजिक मूलधार भन्दा बाहिर रहन चाहदैनन । त्यसैले उनीहरू यौन तथा प्रजनन अधिकार अस्वीकार गर्न सक्दैनन । बरू उनीहरू मध्ये धेरैलाई मानिसहरूले उनीहरूको यौन जीवन प्रति बच्चा देखि नै कम्जोर दृष्टिकोणले व्यवहार गरेका हुन्छन । जसको परिणाम उनीहरूमा यौनिकता प्रतिको आत्मबल कम्जोर बन्न सक्छ । समाजले नै जब्बरजस्ती कम्जोर बनाएको मात्र हो ।

    भ्रमः अपाङ्ता भएका व्यक्तिहरूमा साङ्गहरूको जत्तिकै यौन चाहना हुदैन ।

    यथार्थः यौनिकता प्रतिको हेराई वा बुझाइ व्यक्ति विशेषमा फरक हुन्छ । सामान्यतय यौनसम्बन्ध युवा र सुन्दरतासँग मात्र जोडेर हेर्ने मानिस धेरै हुनाले उनीहरूको बुझाइ नै गलत छ । यौनिकताको निश्चित मापदण्ड हुदैन । समान्यतय यौनाङ्ग सकृय रहुन्जेल अपाङ्गता भएका व्यक्तिहरूको पनि साङ्गको जत्तिकै यौन चाहन हुन्छ ।

    भ्रमः यौनसम्पर्क हुँदा पनि साङ्गले जस्तै तरिका अपनाउन नसक्दा कतिपय अपाङ्ता भएका व्यक्तिहरूले अरूनै तरिका अपनाउन पर्नेहुन्छ र कहिलेकाहीँ गलत तरिका पनि अपनाउन सक्छन ।

    यथार्थः साङ्गहरूले पनि सोच्नु पर्छ कि आफु पनि अपाङ्ग भएको भए के गर्थेँहोला भनेर । कम्जोर यौनिकताका दृष्टिकोले अरूले व्यवहार गरेको भए कस्तो अनुभूति हुन्थ्यो होला भनेर । यौन सम्बन्धको कुनै पनि गलत तरिका भन्ने हुदैन । गलत तरिका भनेको यौन दुर्व्यवहार वा बलत्कार वा इच्छा विपरित यौनसम्पर्क गर्नु हो । बराबर चाहना र आपसी सहमतीमा यौन सम्पर्क हुनु  अपाङ्ता भएका वा साङ्ग सबैको लागि बराबरी नियम लाग्छ । त्यो अवस्थामा हुने कुनैपनि किसिम वा तरिकाको यौन सम्पर्क गलत हुदैन । कतिपयले खास खास किसिम र तरिकालाई मात्रै प्राकृतिक यौन सम्पर्क मानेको पाइन्छ बरू त्यो कुरामा उनीहरूको भ्रम हो । अनि, अपाङ्ता भएका मानिसहरूले पनि समलिङ्गीय यौन सम्बन्ध राख्न सक्छन ।   

    भ्रमः अपाङ्ता भएका व्यक्तिहरूको यौन सम्पर्क आनन्ददायी हुदैन ।

    यथार्थः यौन सम्पर्क आपसी सहतीको नहुँदा मात्र आनन्ददायी नहुने हो । यो कुरा साङ्ग वा अपाङ्ग सबैलाई बराबर लागु हुन्छ । संसारमा सबै अपाङ्ता भएका व्यक्तिहरू बीच मात्रै यौन सम्पर्क भएको हुदैन । साङ्ग र अपाङ्गता भएका व्यक्तिहरू बीचमा पनि यौन सम्पर्क भएको र दाम्पत्य जीवन संगै विताउनेहरू पनि अनगिन्ती छन । यौनिकताको मूख्य विशेषता असल मित्रता नै हो र उनीहरूमा अझै राम्रो असल मित्रता भएको पाइन्छ । साङ्ग र अपाङ्गता भएका व्यक्ति बीच हुने यौनसम्पर्कको आनन्दमा साङ्गको बढि योगदान हुन्छ भन्ठान्नेहरू झन ठूलो भ्रममा छन । यस्तो योगदान कहिले कसको र कहिले कस्को बढि भइरहेको हुन्छ । अपाङ्ता वा साङ्गका कारण यौनसम्पर्कमा आनन्द बढि वा कम हुने होइन । अपाङ्ता भएको व्यक्ति होस वा साङ्ग, जसले यौन आनन्दका चरणहरूमा बराबर सहभागी हुनसक्छ उसले आनन्द प्राप्त गर्नसक्छ ।

    भ्रमः अपाङ्ता भएका व्यक्तिका लागि त यौन भन्दा त अरू कुराहरू नै महत्वपूर्ण हुनुपर्ने हो ।

    यथार्थःसबैको यौनिक मान्यता बराबर हो । साङ्गहरूका लागि पनि जतिबेला पनि यौन मात्रै महत्वपूर्ण नहुनसक्छ । यौनिकता अपाङ्ता भएका व्यक्तिहरूका लागि पनि जीवनको केन्द्रीय पक्ष हुन्छ । अपाङ्ता भएका व्यक्तिहरूका लागि मात्रै यौन सम्बन्ध भन्दा अरू नै कुराहरू चाहिँ महत्वपरुण हुनुपर्ने साङ्गहरूको सोचाइ नै भ्रम मात्र होइन बरू गलत विचार पनि हो ।

    भ्रमः अपाङ्गता भएका व्यक्तिहरू यौनका लागि आकर्षक हुदैनन ।

    यथार्थः यौन इच्छा पटक्कै भएन भने अपाङ्गता भएका व्यक्तिमा मात्रै होइन साङ्ग व्यक्तिमा पनि यौन बकर्षण हुदैन  । शारीरिक रुपमा अपाङ्ता भएक व्यक्तिहरूका लागि यौन कृयाकलापमा साङ्गको जति चल्न खेल्न समस्या हुनसक्छ तर यौनको आकर्षण भनेको मूख्य रुपमा भावनाको कुरा हो । भावनात्मक रूपमा को मानिसक कोसँग किन वा कसरी आकर्षण हुन्छ भन्ने कुरा फरक मानिसमा फरक फरक किसिमको आकर्षण  हुन्छ र त्यो कुरा अपाङ्ता भएका व्यक्तिहरूमा पनि लागुहुन्छ ।

    भ्रमः अपाङ्ता भएका व्यक्तिको लागि यौन शिक्षा दिन जरूरी छैन ।

    यथार्थः हामी सबै यौनिक हौ । को कति भन्ने कुरामा फरक होला तर यौनका लागि सबै सकृय छौ । त्यसैले सबैलाई यौन शिक्षाको आवश्यक पर्छ । अपाङ्गता भएका व्यक्तिलाई यौन शिक्षा दिएमा उनीहरूमा यौनसम्पर्कको बढि  उत्तेजना आउछ भन्ने भ्रम साङ्गहरूमा पाइन्छ । वास्तवमा सूचनाको पहुँच साङ्गलाई भन्दा अपाङ्गता भएका व्यक्तिमा कमि हुनसक्ने हुनाले र कतिपयलाई अपाङ्ताको कारणले उनीहरू यौन जोखिम अवस्था बढि हुनसक्ने हुँदा साङ्ग व्यक्तिहरूलाई भन्दा अपाङ्ता भएका व्यक्तिहरूका लागि दिइने यौन शिक्षा प्राथामिकतामा राख्नु आवश्यक छ ।      

    तपाइको मत
  • भिडियो सामाग्री