यौनाङ्ग जस्तै लिङ्ग वा योनीमा लाग्ने वा यिनै अङ्गको माध्यमबाट शरीरमा फैलिने संक्रमण नै यौन संव्रmमण हो । यी धेरैजसो सरुवा हुन्छन् र एउटा रोगी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा असुरक्षित यौन सम्पर्क वा यौनजन्य क्रियाकलापद्वारा सर्ने गर्दछ । एकै पटकको यौन सम्पर्क भएमा पनि यो रोग सर्न सक्ने सम्भावना धेरै हुन्छ संक्रमणका सूक्ष्म जीवाणु, विषाणु वा कीटाणुहरू यौन सम्पर्कको बेला लिङ्ग र योनीको माध्यमबाट एक अर्काको शरीरमा सजिलैसँग सर्न सक्ने भएकाले यौन संक्रमणहरू निको हुने र नहुने दुवै किसिमका हुन सक्छन् । संक्रमितहरूको वीर्य र योनीबाट निस्कने रस वा रगत आदि यौनसंक्रमण सार्न सक्ने माध्यमहरू हुन् । यसका साथै संक्रमितहरूका व्यक्तिमा प्रयोग गरिएका सुई, छाला छेड्ने औजार आदि निर्मलीकरण नगरी अर्को व्यक्तिमा प्रयोग गरेमा पनि सर्न सक्छ । धातुरोग, भिरिङ्गी आदि प्रमुख यौनजन्य संक्रमणहरू हुन् ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)