
- यौनिक डेस्क/
पुरूषहरूले पनि बुझ्न आवश्यक छ महिलाहरूमा हुने महिनावारी सम्बन्धी समस्याहरू
महिनावारी सम्बन्धी समस्या रक्तस्राप हुँदाको बखतमा मात्रै नभएर पाठेघरको डिम्बबाहिनी नलीमा डिम्ब निस्कासन भए देखि नै सुरु भएको हुन्छ अर्थात अर्थात अघिल्लो पटक महिनावारी भएपछिको दुई हप्ता (१४ दिन) देखि शुरु भएर महिनावारी हुँदा रक्तस्राप सम्पन्न नभएसम्म आइपर्ने शारीरिक र मानसिक समस्याहरूलाई नै महिनावारी सम्बनेधी समस्याको रूपमा लिने गरिन्छ ।
मानसिक समस्याहरूः
झनक्क रिस उठ्ने, दिक्क लाग्ने, चिन्ता लाग्ने, कहिले खुसी—कहिले बेखुशी मन हुने, मन चुलबुल हुने जस्ता मानसिक समस्याहरू देखि थकाई लागेको अनुभव हुने, स्तन साह्रो हुने र छुँदा दुख्ने, कहिलेकाहिँ निद्रा बिग्रने, तौल बढ्ने आदि महिनावारी सम्बन्ध मानसिक समस्याहरू हुन ।
शारीरिक समस्याहरू
डण्डीफोर आउने वा आइरहेको भए बढ्ने, पेट फुल्ने र कहिलेकाहिँ दुखेको जस्तो अनुभव हुने जस्ता अनेकौं किसिमका शारीरिक समस्याहरू देखा पर्छन् ।
तथ्याङ्कहरू अनुसार यी समस्याहरू मध्ये ८० प्रतिशत महिलाले कुनै न कुनै किसिमको समस्या अनुभव गरेका हुन्छन् र ती मध्ये २० देखि ३० प्रतिशतले समस्या नै भोगिरहेका हुन्छन जसमा करीब २ देखि ६ प्रतिशत जटिल प्रकृतिका समस्याहरूमा परेका हुन्छन् ।
यसका वास्तविक कारणहरू पत्ता लगाउन नसकिएको विज्ञहरू बताउँछन । विज्ञहरूको अनुमान अनुसार शरीरमा उत्पादन हुने यौन हर्मोनहरू र स्नायु (नसा) प्रणालीबाट देखापर्ने अन्य रासायनिक पदार्थहरू बीच हुने अनमेलका कारणले यस्तो अवस्था भएको हुनसक्छ ।
महिनावारी पूर्व देखिने समस्याहरू अन्य रोगहरूसँग पनि मिल्दाजुल्दा हुनसक्छन् । उदाहरणको लागि डिप्रेशन भएको वा थाइरोइड हर्मोनको कमी भएको व्यक्तिमा पनि माथिका लक्षणहरू देखिन सक्छन तर यरमा केहि सम्बन्ध छैन । महिनावारी हुनु पूर्वका देखापर्ने ती समस्याहरू महिनावारी भएपछि तुरून्तै निको भैहाल्छन् ।
उपाय के त ?
वास्तविक कारण पत्ता नलागेको हुँदा उपचारको ठ्क्कै विधि पनि छैन तर चिकित्सकसँगको परामर्शमा भिटामीन बी–६, भिटामीन ‘ई’, क्याल्सियम र म्याग्नेशियम खानाले केही हदसम्म आराम भएको विज्ञहरूको दाबी छ । अलि धेरै समस्या भएमा चिकित्सकको सल्लाहमा औषध्योपचार गर्नपर्ने हुन्छ ।
रक्तस्रापको समयमा हुने दुखाईका लागि भने तातो पानीले नुहाउनु वा सेक्नु सजिलो र सहज उपाय हो । तातो पानी बाहेक ईट्टा, ढुङ्गा आदिले नसेक्नु । यसले हानी पुर्याउँछ भन्ने विज्ञहरूको मत छ ।
रोकथाम गर्न सकिन्छ
लगातार तर हल्का रूपमा शारीरिक श्रम तथा अभ्यास गर्ने, सान्त्वना र सहयोग दिने । हरियो सागसब्जी फलफूलहरू प्रशस्त खाने । तनाव हुन नदिन सकरात्मक सोँचको विकास गर्ने । त्यसैगरी, खानामा नुन र चिनीको मात्रा घटाउने वा नुनिलो बस्तु कम खाने, सुर्ती चुरोट वा सुर्तीजन्य पदार्थहरू र मादक पदार्थ सेवन नगर्ने, जस्ता खानपान र व्यवहारले यस्ता समस्याहरूबाट छुट्कारा पाउन सकिने कुरा विज्ञहरूको दाबी छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)