[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. यौनिकताको अधिकारः अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा | Yaunik Media
  • २०८२ बैशाख १७, बुधबार
  • |
  • Wednesday 30th April 2025
  • यौनिकताको अधिकारः अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा

    १७ मंसिर २०७६, मंगलवार १३:२६

    रामकृष्ण पराजुली/

    विश्वमा आज अपाङ्ता भएका व्यक्तिहरूको २८ औं अन्तराष्ट्रिय दिवस मनाइदै छ । यहि सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र विकासका पक्षमा विभिन्न क्रियाकलापका साथै धेरै छलफल र विचार विमर्श भएका छन । अधिकांश बहस र छलफलका विषयहरू आर्थिक/सामाजिक र राजनीतिक नै छन । तर, अपाङ्गता भएका व्यक्तिहरूको यौनिकताका सम्बन्धमा कमै बहस भएका हुन्छन, जुन कुरा मानिसको केन्द्रिय पक्ष हो । यौनिकताका पक्षहरू मध्येपनि उनीहरूको यौन तथा प्रजनन अधिकार जीवनको जोखिम पक्षहरू मध्ये एक महत्वपूर्ण हुन्छ ।

    अधिकांश अपाङ्गता भएका बालबालिका, किशेरकिशोरीहरु र बयस्क महिलाहरु धेरैजसो साङ्ग व्यक्तिहरुबाट यौन हिंसाको सिकार भएका हुन्छन् । साङ्गहरु भन्दा अपाङ्गता भएका महिलाहरु २० गुणाले बढी यौन हिंसाका कारण असुरक्षित भएको एक अध्ययनले बताएको छ । मानिसहरुमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा सचेतना नभएका कारण अपाङ्गता भएका महिला तथा बालबलिकाहरु बढी जोखिममा परेका छन् ।  

    अपाङ्गता भएका व्यक्तिहरु पनि यौनिक हुन्छन् । प्रजननका लागि सक्षम हुन्छन् । जस्तो किसिमको अपाङ्गता भएपनि अपाङ्गता भएका अधिकांश व्यक्तिहरुले सामान्य सहयोग पाएमा सन्तान हुर्काउन सक्छन् । सबै भन्दा समस्या भनेको साङ्ग मानिसले उनीहरुलाई गर्ने विभेद र हिँसा र उपेक्षाले गर्दा धेरै असक्षम बन्न बाध्य भएका हुन्छन् । यस सम्बन्धी भएका अध्ययनहरुका केहि तथ्य पनि छन् ।

    • अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यलाई कम महत्वको दृष्टिकोणले हेरिएको पाइन्छ । तर उनीहरुको पनि यौन चाहना र प्रजनन् क्षमता साङ्गहरुको जस्तै हुन्छ ।
    • कतिपय परिवारमा अपहेलित हुनपरेका अपाङ्गाता भएका व्यक्तिहरुलाइ विभन्न प्रलोभन देखाएर र मन पर्ने उपहार दिएर असुरक्षित यौनसम्पर्क गर्नेगरेको विश्वव्यापी तथ्याङ्क छ ।
    • तथ्यहरूका अनुसार विश्वमा अपाङ्गता भएका महिला र वालिकाहरु उनीहरुको परिवारका सदस्य, आफन्त, स्याहार सुसार गर्ने व्यक्तिहरु र साथीहरुवाट नै सबै भन्दा बढी यौनशोषणमा परेका हुन्छन । 
    • प्रजनन् स्वास्थ्य सेवा पुर्याउन अपाङ्गताको प्रकृति, उनीहरु वस्ने ठाउँ, अपाङ्गताको स्तर र उनीहरुको ज्ञान तथा सीपको अवस्थामा निर्भर हुन्छ । त्यसैले सेवा दिने व्यक्तिले सवै कुरा बुझ्ने र यौन शोषण वा यौन अपराधको सिकार नहोऊन भन्ने कुरामा सदैव चनाखो रहनुपर्छ ।  
    • बौध्दिक र मानसिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुमा पनि यौन तथा प्रजनन् क्षमता र सक्रियता साङ्गको जस्तै हुने तर सुरक्षित यौन सम्पर्कको बारे जानाकारी नहुने हुँदा अत्यान्तै जोखिममा हुन्छन् ।
    • परिवारनियोजन सम्बन्धी सेवा उनीहरु मध्ये धेरैलाई पुग्न नसकेको अध्ययनहरूले बताएको छ । त्यसैले उनीहरुलाई परिवार नियोजनको साधन प्रयोगका बारेमा पूर्ण जानाकारी पाउने प्रवन्ध मिलाउन र उपयुक्त किसिमको  विधिको प्रयोग गर्न सक्ने वनाउनुपर्छ वा वातावरण तयार गरिदिनु पर्छ । जसको लागि आफ्नो अपाङ्गताको अवस्था र प्रकार  अनुसार विधिहरुको छनौट गर्न पाउनुपर्छ । तर उपयुक्त विधिका बारेमा भने अध्ययनहरू नपाइएको भनिन्छ ।
    • उनीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परामर्श र स्वास्थ्य सेवा अरुलाई भन्दा बढी आवश्यक छ तर अधिकांश स्वास्थ्य सेवाका निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा सहज छैन वा भौततिक रुपमा सहज भएतापनि ती संस्थाहरुका सेवा प्रदायकहरू नै मैत्री छैनन ।
    • कतिपय मानसिक अपाङ्गता भएका र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु ठीक र गलत छुट्टाउने जीवनोपयोगी सीप कम्जोर हुनेहुँदा यौनशोषणको कारण उनीहरुसँग योनशोषण हुँदा असुरक्षित यौनसम्पर्क हुनसक्ने हुँदा  अनिच्छित गर्भधारण हुने, यौन संक्रमण बढ्ने लगायत विभिन्न किसिमका यौनजन्य समस्याहरू हुने सम्भावना हुन्छ । त्यसैले उनीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी उपचार पाउँन र सम्भावित यौन शोषणहरूबाट बचाउन अभिभावक तथा स्याहारकर्ताहरुले त्यसबारे जानाकारी लिने र होसियारी अपनाउन आवश्यक छ ।

    केहि मननीय महत्वपूर्ण कुराहरु

    1. साङ्ग जस्तै अपाङ्गता भएका व्यक्तिहरु पनि यौनिक प्राणी हुन् ।
    2. अपाङ्ता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् अधिकार र भावनाको सम्मान गर्नुपर्छ ।
    3. अपाङ्ता भएका व्यक्तिहरुले देखाउने विविध खाले यौन व्यवहारहरु प्रति चिन्ता गर्ने होइन्, उचित व्यवस्थापनको लागि सम्भावित सहयोग गर्नुपर्छ, सकारात्मक भावना दर्शाउनु पर्दछ ।
    4. कहिलेकाहिँ सुस्तमनस्थिति भएका व्यक्तिहरुलाई (विशेषगरी बालिका तथा युवतीहरू) लाई  चोटपटक लाग्नेसम्मका हिंसात्मक यौन व्यवहारहरुमा संलग्न गराईएका हुन्छन्, त्यसैले उनीहरु खेल्ने र डुल्ने ठाउँमा निगरानी हुने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।
    5. अध्ययनहरू अनुसार साङ्गभन्दा अपाङ्गता भएका व्यक्तिहरू धेरै नै यौन हिंसा वा जोखिमपूर्ण यौनसम्पर्कमा पुर्याइएका हुन्छन र त्यसमा पनि सुष्तमनस्थिति भएका व्यक्तिहरु माथि साङ्गहरुको दाँजोमा बढी यौन हिंसा हुनेगरेको पाइएको हुनाले उनीहरुलाई यसबाट बचाउन सवलाङ्गहरुलाई भन्दा सानो उमेरमा नै यौन तथा प्रजनन् स्वास्थ्यका जीवनोपयोगी सीप सिकाउँन बढी ध्यान दिनुपर्दछ र परिवार तथा समुदायमा यसका बारेमा जानाकारी गराउँनु पर्दछ ।  

    स्रोतः www.yaunik.com

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री