
सामान्यतय मानिवसहरूमा निःसन्तान र बाँझोपनलाई एकै रुप र अर्थमा बुझाई हुन्छ । सन्तान नहुनुलाई कसैले बाँझोपन र कसैले निःसन्तान भनिरहेका हुन्छन । वास्तवमा नि:सन्तान र बाँझोपन फरक अवस्था हो – यौनिक डेस्क ।
नि:सन्तान (sterility):
सन्तान उत्पादन क्षमता नहुनु नै नि:सन्तान हो । प्रजनन स्वास्थ्यका विभिन्न समस्याका कारणहरू गर्दा प्रजनन उमेरमा पनि सन्तान उत्पादन हुन नसक्नु वा सन्तान उत्पादन क्षमतामा ह्रास आउँछ र उपचार गरेर पनि सन्तान उत्पादन गर्न सक्ने अवस्था सिर्जना भएको हुदैन ।
नि:सन्तान हुनुका केहि कारणहरू
- जन्मजात जनेन्द्रीयहरूमा वा प्रजनन प्रणालीमा खरावी देखिएमा
- किशोरावस्था देखि नै किशोरीहरूको महिनावारी नभएको भएमा
- जटिल किसिमको बाँझोपन भएको भए । जस्तै यौन संक्रमणले गर्दा पाठेरमा समेत संक्रमण हुन पुगेको भएमा र सुरक्षित गर्भपतन गरेको भएपनि पटकपटक गर्भपतन गरेको भएमा वा असुरक्षित तरिकाले गर्भपतन गराइउको भएमा ।
निःसन्तान उपचार नहुने अवस्था हो ।
बाँझोपन (Infertility)
स्वस्थ र सक्षम प्रजनन अवस्था हुँदा पनि लगातार एक बर्षसम्म महिला र पुरूष (श्रीमान श्रीमति) बीच सन्तान जन्माउँने अभिलाशाले यौन सम्पर्क गर्दा पनि गर्भधारण नभएको अवस्था बाँझोपनि हो ।
बाँझोपन उपचार हुनसक्ने अवस्था हो ।
बाँझोपन हुने कारणहरू ?
- महिलाको डिम्ब र पुरुषको शुक्रकिट उत्पादनमा खराबी भएमा
- पुरूषको कम्जोर र कम्सल किसिमको शुक्रकिटको उत्पादन भएमा
- जन्मजात वा जन्मेपछि पनि कुनै कारणले पाठेघर वा पाठेघरको डिम्बबाहिनीनलीमा कुनै खरावी भएमा
- यौन सम्पर्क पछि निशेचित भइ पाठेघरमा गर्धारण गरेको डिम्ब अडिन नसकि झरीरहने अवस्था भएमा
- गर्भधारण पछि भ्रुणको विकास राम्ररी हुने अवस्था नआएमा वा नभएमा
- भ्रुणको विकास हुन तथा भ्रुण पाठेघरमा अडिइरहन सक्ने हुन आवश्यक सबै र आवश्यक जति हर्मोनहरूको उत्पादन शरीरले गर्न नसकेमा वा नगरेमा
- शुक्रकिट र डिम्ब बन्ने प्रकृयामा गडबढी आएमा
- लिङ्गले काम गर्नै छोडेमा
अध्ययनहरूले बताए अनुसार बाँझोपन हुने संख्यामा पुरूषमा भन्दा महिलाहरूको संख्या बढि छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)