• २०७८ कार्तिक ६, शनिबार
  • |
  • Saturday 23rd October 2021
  • नियमित स्तनपान गर्भनिरोधक

    १५ पुष २०७६, मंगलवार १४:३८

    यौनिक डेस्क/

    परिवार नियोजन अन्तर्गत गर्भनिरोधका अस्थायी विधिहरू मध्ये बच्चा जन्माएपछि आमाले शिशुलाई नियमि स्तनपान गराउनु पनि एक हो । बच्चा जन्माएको ६ महिनासम्म आमाले शिशुलाई निरन्तर रूपले स्तनपान गराएको खण्डमा यसका प्रभावले गर्दा विना अस्थाई साधन यौन सम्पर्क हुँदा पनि गर्भधारण हुनबाट राम्रो सुरक्षा प्रदान गर्दछ । पहिलो ६ महिनासम्म यस विधिको प्रभावकारितादर ९८–९९ प्रतिशतसम्म रहेको अध्ययनहरूले बताएको छ । अध्ययनहरूले बताए अनुसार नियमित स्तनपान विधि अपनाउदा पाठेघरका माथि हुने डिम्ब निष्काशन हुदैन । यदि निस्काशन भइहाले पनि शुक्रकिटसँग निशेचन हुने सम्भावना कम हुन्छ । यदि निषेचित भइहाले पनि पाठेघरमा गर्भधारणबाट बचाउन मद्दत मिल्छ । नियमित स्तनपान गराउनु भनेको हरेक दिन कम्तिमा ६ देखि ८ पटक पूर्ण स्तनपान गराउनु हो ।

    स्वास्थ्यका दृष्टिकोणले पनि नियमित स्तनपानले आमा र बच्चा दुवैलाई फाइदाहरू पुगेको हुन्छ । स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई सन्तुष्टि प्राप्त हुन्छ । आमामा हुने मानसिक तनाव कम हुनपनि मद्दत पुगेको हुन्छ जसको कारण यौनसम्पर्क पनि आनन्दमयी हुनसक्छ । स्तनपानले स्तनको आकारमा विग्रन नदिन सहयोग पुगेको हुन्छ । साथै, यौन क्रियाकलापमा उत्तेजित हुन पनि मद्दत पुर्याइरहेको हुन्छ । नियमित स्तनपान विधिले महिलालाई यौनजन्य सङ्क्रमण र रगतबाट सर्ने रोगहरूबाट भने बचाउँदैन ।

    यस विधिको एउटै मुख्य बेफाइदा भनेको छ महिना पुग्नु छेउछाउ (अगाडि वा पछाडि) महिनावारी कहिले हुन्छ भन्ने टुङ्गो नलाग्ने हुनाले बच्चा जन्मिएपछि पहिलोपटक महिनावारी हुनुभन्दा अगाडि डिम्ब निस्कने हुनाले गर्भवधारण हुनसक्छ । यसमा मान्छे झुक्किन सक्छ । नियमित स्तनपान गराइरहने महिलाले यदि यो कुरामा शंका लागेमा पाचौं महिनाबाट नै अरू अस्थाई साधनहरुको प्रयोग गर्न सकिन्छ । सुत्केरी महिलाहरूको लागि धेरै साधनहरू उपयोगी हनु सक्दछन् जसमध्ये –

    • बच्चा जन्माएपछि निश्चित समयसम्मको लागि बच्चा जन्मदा भएको चोटपटक निको हुने र पाठेघर आफ्नो ठाउँमा फर्कन लाग्ने समयाबधी (करिव दुई महिना) ब्रह्मचार्य (यौन सम्पर्क नगर्ने) विधी अपनाउन सकिन्छ ।
    • कन्डमको प्रयोग गर्न सकिन्छ ।
    • बच्चा जन्मेको ६ हप्तापछिबाट डायफ्रामलाई प्रयोगमा ल्याउन सकिन्छ र नियमित स्तनपान गराउने महिलाले बच्चा जन्मिएको ५ महिना पछि पनि लगाउन सकिन्छ ।

    हेर्नुस    ww.plannedparenthood.org/learn/birth-control

    • बच्चा जन्माएपछि आमाले स्तनपान गराएको छैन भने वा नियमित हुनुपर्ने भन्दा कम पटक गराएको छ भने प्रोजेस्टोजिन (हर्मोन) विधिहरू जस्तै पिल्स, डिपोप्रोभेरा र इम्प्लाण्ट / कपर टी बच्चा जन्माएको ५ हप्ता भित्र प्रयोग गर्न सकिन्छ ।
    • बच्चा जन्माएको २ दिन वा १ हप्ता भित्रै पनि महिलाको स्थायी वन्ध्याकरण  गर्न सकिन्छ ।
    • स्तनपान गराई रहेको बेलामा यौनसम्पर्क गर्दा यदि गर्भरहेको शंका लागेमा आकस्मिक गर्भनिरोधकका साधनको प्रयोग गर्न सकिन्छ तर स्वास्थ्य कर्मीसँग परामर्श गरेर मात्र प्रयोग गर्न सकिन्छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री