डन्डिफोर किशोरावस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिमिरो हो । किशोरावस्थामा डन्डिफोर आउनु साधारण कुरो हो । शरीरको रागरस (Hormone) ले गर्दा छालाको तेल निकाल्ने ग्रन्थिहरुलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थिको आकारमा वृद्घि हुन्छ । यसमा हुने चिल्लो पदार्थले गर्दा जब ग्रन्थिको छाला बाहिर खुल्ने मुखको प्वाल बन्द हुन्छ तब ती ग्रन्थिहरु पाक्छन् र पीप भरिएको डन्डिफोरमा परिवर्तन हुन्छन् । मुखलाई लगातार साबुन पानीले धोएर छालालाई सुख्खा पारेर सफासँग राखेमा अनुहारमा आएका डन्डिफोरलाई बढ्नबाट रोक्न सकिन्छ । तर डन्डिफोरलाई कसै कसैले कोट्याउने, चिमोट्ने गर्ने गर्दछन् जुन बिल्कुलै गलत हो । यस्तो गरेमा पछि संक्रमण पनि हुन सक्छ । यदि त्यो अवस्था चिन्ताजनक भएमा छाला रोग विशेषज्ञ डाक्टरको सल्लाह लिनु पर्दछ ।
यौन सम्पर्क गरेपछि डन्डिफोर कम हुन्छ भन्ने धारणा एकदमै गलत कुरा हो । डन्डिफोर कम गर्न त छालालाई सुख्खा र सफा राख्नु पर्दछ । डन्डिफोर कम गर्न त छालालाई सुख्खा र सफा राख्नु पर्दछ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)