- यौनिक डेष्क ।
धेरै मानिसले ख्याल गरेका हुनसक्छन धेरैपटक सोचेका हुनसक्छन कि मानिसको यौन अंगको भाग र छाला भन्दा किन धेरै गाढा हुन्छ भनेर । सायदै मानिसले मात्र जानाकारी राखेका हुनसक्छन यसको रहस्यका बारेमा ।
ती जिज्ञाशुहरू मध्ये विशेषज्ञहरु पनि रहेछन । उनहरू धेरैले भन्दै आएका हुन कि यौनाङ्गको रङ्ग गाढा हुनु भनेको प्राकृतिक प्रकृया हो र यो यसको शुरुवात किशोरअवस्थाको शुरुवातसँगै हुन्छ । किनकि किशोरावस्थाबाट नै शरीरमा यौन हार्मोनहरु ‘स्ट्रोजन’ र ‘टेस्टेस्टेरोन’ उत्पादन र बहन हुनथाल्छ । त्यसको सहयोगमा एक अमिनो एसिड बन्न थाल्छ । यसलाई ‘मेलानिन पिगमेन्ट’ भनिन्छ । मेलानिन पिगमेन्टले कपाल गाढा (कालो वा खैरो) बनाउने काम गर्छ । यसैको कारण पुरुषको लिंग र महिलाको योनी तथा स्तनको निप्पलको छाला शरीरको अरु भागको छाला भन्दा गाढा (कालो वा खैरो ) हुने गर्छ ।
कोलम्विया युनिभर्सिटी अन्तर्गत मेडिकल सेन्टरका डाक्टर लिन्डसे बोर्डोन भन्छन्, ‘सानो छँदा केटाकेटीका यौनाङ्ग तथा निप्पल फिक्का ( मधुरो) रङको हुन्छ भने जब जब उनिहरु किशोरअवस्थामा प्रवेश गर्छन सेक्स हार्मोनको बहाबका कारण ति भाग वा अंगहरूको रङ गाढा भएर आँउछ ।’
किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरुमा ‘टेस्टोस्टेरोन’ र महिलामा ‘एस्ट्रोजेन’ हार्मोनको उत्पादन तथा वहाब बढ्न थाल्छ । सिनाइ मेडीकल सेन्टरका डर्माटोलोजिका एसोसिएट प्रोफेसर डा कामेरन रोक्सार भन्छन यौन हार्मोनले नेलानोसाइट्स भनिने छालाको कोषलाई मेलानिन उत्पादन गर्ने सन्देश दिन्छन् र त्यसको कारण छालाहरु गढा वा कालो बान्दै जान्छ । ।
यसको अलावा खेलाडीहरू जसको यौनाङ्ग वरीपरि छालामा घर्षण भएको हुन्छ छालाले आफूलाई बचाउन बढी मेलानिन उत्पादन गर्ने हुदा ती भाग बढी गाँढा रङको हुन्छ ।
डा. बोर्डोन् बताउछन ‘यो बाहेक यदि घाँटी काखी, तथा शरीरका अन्य भाग बढी गाढा ( कालो) हुँदै गरेको पाउनुभयो भने तुरुन्त जाँच गराउनुस किनकी यो मधुमेहको संकेत पनि हुनसक्छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)