[REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. गर्भावस्थामा यौनसम्पर्कः कति भ्रम, कति यथार्थ ? | Yaunik Media
  • २०८१ अशोज २८, सोमवार
  • |
  • Monday 14th October 2024
  • गर्भावस्थामा यौनसम्पर्कः कति भ्रम, कति यथार्थ ?

    ३० फाल्गुन २०७६, शुक्रबार १३:२६
    • डा. अच्युतराज कार्की * /

    गर्भावस्था शारीरिक तथा मानसिक रुपमा सम्बेदनशिल अवस्था हो । यहि भएर मानिसहरूमा यो अवस्थामा हुने यौनसम्पर्कका बारमा जिज्ञासाहरू पनि धेरै हुने गरेका छन । सही जानाकारी नहुँदा धेरै भ्रमहरू पनि समाजमा व्याप्त छन । गर्भावस्थामा महिलाहरूमा यौन इच्छा हुन्छ वा हुँदैन भन्ने कुरामा पनि समाजमा धेरै खुल्ला गोपनीय रुपमा कुराकानी भएका हुन्छन । यस्ता कुराहरूको सही जानाकारी नहुँदा यस्ता कुराहरूमा अनेकौं चर्चा हुनु पनि स्वभाविकै हो । यसका बारेमा समाजमा चलेका केहि चर्चित भ्रमहरू र ती भ्रमहरूका बारेमा केहि यथार्थका सम्मन्धमा केहि चर्चा गरौ ।

    भ्रमः पेटमा भएको बच्चालाई असर पर्नसक्छ .

    यथार्थः  पहिलो कुरा त गर्भावस्थामा बच्चालाई एम्नियोटिक स्याक (Amniotic Sac) नामक झिल्लिले सुरक्षा गरिराखेको हुन्छ । यो झिल्ली बच्चा गर्भावस्था रहँदासम्म सवल हुन्छ र बच्चा जन्मने क्रममा मात्र फुट्दछ । दोस्रो कुरा,  बच्चा जन्मने प्रक्रियासँगै मात्र पाठेघरको मुख खुल्ने तर अरूबेला कसिलो भई नखुल्ने भएको हुँदा गर्भावस्थामा हुने यौनसम्पर्कले  गर्भको बच्चालाई कुनै असर पर्दैन ।  तर, विशेष अवस्थामा भने पुरूषले ध्यान पुर्याउन जरुरी छ । जस्तैः कुनैपनि किसिमको रक्तश्राव भइरहेको छ भने, पेट दुखेको छ भने, समयभन्दा पहिला बच्चा जन्मने अवस्था थाहा भएमा, यदि पहिला गर्भावस्थाको शुरुका महिनामा गर्भपतन भएको (अधिग्रो गएको) थियो भने वा समयभन्दा पहिले नै बच्चा जन्मिएको थियो भने गर्भावस्थामा यौन सम्पर्क नगर्दा राम्रो हुन्छ । यस्तै गर्भमा जुम्लिया वा तिम्लिया बच्चा छ भने पनि यौनसम्पर्क नगर्दा नै राम्रो हुन्छ ।

    भ्रमः  गर्भावस्थामा यौन सम्पर्क गर्दा गर्भवतीलाई धेरै पिडा हुन्छ ।

    यथार्थः  गर्भाधारण भएपछि यौनाङ्गहरू (विशेषतः योनी) मा रगत सञ्चालन अरू अवस्थामा भन्दा बढि हुने तथा योनीमा भएका नशाहरुको धेरै सम्बेदनशिलता (Sensitivity) अवस्थामा हुँदा यौनसम्पर्कको समयमा आनन्द अनुभूति गराउँछ तर श्रीमतिको इच्छा विपरित दवावमा यौनसम्पर्क गर्दा भने पीडा हुन पनि सक्छ । त्यसैगरी गर्भमा असर नपर्ने वा पेटमा दवाव नपर्ने उपाय र तरिकाहरू अपनाउन भने जरुरी छ । अन्यथा त्यो पनि श्रीमतिको लागि पीडादायी हुनसक्छ ।

    प्रजनन स्वास्थ्य अधिकारका दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ गर्भवतीको मानसिक अवस्थामा नकारात्मक असर नहुनु हो । अन्यथा यौन हिंसा हुनेछ । यसमा श्रीमान जवाफदेही हुन्छ । त्यसैले गर्भावस्थामा दम्पती बीच यौनसम्पर्क हुनु पूर्व आपसमा असल समझ्दारी र विश्वासको अत्यन्तै महत्व हुन्छ ।  

    भ्रमः  गर्भाधारण हुने वित्तिकै यौन सम्पर्क गर्न छोड्नु पर्छ ।

    यथार्थः महिनावारी रोकिएको एक महिना (बढिमा ३२ दिन कटेपछि) गर्भ रहेको अनुमान गरिन्छ र गर्भजाँच गरेर गर्भ रहे नरहेको निश्चित गरिन्छ । सधैंसंगै बस्ने प्राय दम्पत्तीहरू बीच गर्भावस्थामा  यौन सम्पर्क  भइनै रहेको हुन्छ तर द्विविधामा पनि परेका हुन्छन कि गर्भको बच्चा र बच्चाको आमालाई कुनै असर पनि परिरहेको छ कि भनेर । कतिपय गर्भवतीहरूले गर्भरहेको अवस्थाका कारण श्रीमानले अरू यौनसाथीको व्यवस्था गर्नसक्ने शंकाले द्विविधामा भएर पनि श्रीमानसँगको यौन चाहना (Sex Appeal) लाई कायम राख्न चाहेका हुन्छन ।  यौनसम्पर्कलाई निरन्तरता दिन चाहेका हुन्छन । यी अनेकौ द्विविधाहरूमा पर्नु पर्ने जरूरी नै छैन । बरु आपसी सहमतीमा गर्भावस्थाको समयमा पनि शारीरिक रुपमा असर नपर्नेगरी यौनसम्पर्कलाई निरन्तरता दिँदा नै गर्भवतीको मानसिक अवस्था सवल बन्न मद्दत मिलिरहेको हुन्छ ।  

    भ्रमः खासखास आसनमा यौनसम्पर्क  गर्दा गर्भमा भएको बच्चाको लिङ्ग परिवर्तन गर्नसकिन्छ

    यथार्थः यो सत्प्रतिशत गलत धारणा हो । पुरुष वा महिला के हुने भन्ने कुरा  पुरुषको शुक्रकिटले निर्धारण गरेको हुन्छ । पुरुषको लाखौं वीउ (शुक्रकिट) हरू मध्ये छोरा वा छोरी हुने कुनै एउटा वीउ चाहिँ पाठेघरमा  पुगेपछि पाठेघरमा उत्पादन भएको महिलाको डिम्ब (महिला विउ) मा  मिलन (निसेचित) हुन्छ, सोहि अनुसार छोरा वा छोरी हुन्छ । यस बाहेक अरु कुनैपनि उपाय छैन । लिङ्ग परिवर्तन गर्न सकिदैन ।

    श्रीमानले ध्यान दिनपर्ने अन्ष कुराहरूः    

    गर्भावस्थामा यौनसम्पर्क गर्दा सबैभन्दा पहिला श्रीमान श्रीमति बीचको समझ्दारी समन्वय र योजना हुनु आवश्यक छ । बच्चा अघि गर्भको जाँचको क्रममा स्वास्थ्यकर्मी एवं चिकित्सकसँग पनि आफ्ना यौनसम्पर्कका जिज्ञासाहरूका बारेमा पनि परामर्श लिन हिच्किचाउन हुदैन ।  यसो गर्नाले चिकित्सकीय सल्लाहले केहि विशेष अवस्थाको पहिचान र समाधानको लागि बाटो खुल्ला हुनेछ  ।

    *डा. कार्की  वीर अस्पतालमा कार्यरत  एम.डी. जनरल फिजिसियन हुनुहुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री