-एजेन्सी /

Covid-19 अर्थात नोबल कोरोना भाइरस, यसले विश्वभर महामारीको रूप लिइ सकेको छ । हरेक मानिसहरू सचेत भएर यस भाइरसबाट बच्नको लागि विविध उपायहरु अपनाई रहेका छन् । बालबालिका, युवायुवती र वृद्धृद्धा सबैले आफ्नो सरसफाईमा ध्यान दिनु पर्छ भन्ने जानकारी पाइसकेका छन् । तर गर्भवति महिला र स्तनपान गराइ रहेका महिलाहरू कसरी आफु र आफ्नो बच्चालाई जोगाउने भनेर कहि कतै उल्लेख भएको छैन ।
संयुत्त राष्ट्र यौन तथा प्रजनन् स्वास्थ्य एजेन्सीले गर्भवति महिला र स्तनपान गराइ रहेका महिलाहरूमा यसको असर र जोगिने उपायहरूका बारेमा केही जानकारी मुलक सूचना प्रुस्तुत गरेको छ ।
आजसम्म कहीँ पनि Covid-19 ले गर्भवति महिलाहरुमा संवेदनशील असर गरेको वैज्ञानिक प्रमाण भेटिएको छैन तर यस समुहका महिलाहरू पनि सचेत भएर आफुलाई जोगाउनु पर्छ । गर्भवस्थाले महिलाको शरीरमा केही शारीरिक परिवर्तनहरू ल्याउँदछ जसले केही गर्भवति महिलाहरूमा भाइरल श्वास्रश्वास संक्रमणहरू जोखिम रहन्छ ।
श्वासप्रश्वासको समस्या देखिएको गर्भवति महिलाहरूलाई अत्याधिक प्राथमिकताका साथ उपचार गर्नु पर्दछ । कोरोना भाइरस विरूद्धको खोप अहिले\सम्म नबनाइएको हुँदा गर्भवति महिलाहरूले अन्य उमेर समुहका मानिसहरूलाई सिफारिस गरिएको सक्रंमणबाट बच्ने उपायहरू अपनाउनु पर्दछ । जस्तैः रूघा, खोकी लागेको नजिकको सम्पर्क भएका मानिसहरूसँग टाढा बस्ने, साबुन र पानीले नियमित रूपमा हात धुने, खोक्दा र हाछ्यु गर्दा कुहिनाले छेक्ने, मासु र अणडा राम्रोसँग पखालेर, पकाएर मात्र खाने गर्नु पर्छ ।
यदि भाइरस संक्रमण भएको लक्षण देखियो भने प्रसुति सेवा र स्त्री रोग विशेषज्ञसँग उचित परामर्श लिनु पर्दछ ।
युनिसेफका अनुसार स्तनपान गराउने महिलाहरू नवजात शिशुबाट अलग बस्नु पर्दैन । किनकी श्वासप्रश्वासको विषाणुहरू स्तनको दुध मार्फत सर्न सक्छ भन्ने कुराको प्रमाण भेटिएको छैन । आमाले स्तनपान जारी राख्न सक्दछ । कोरोना संक्रमणको लक्षण देखिएको आमाहरूले केही आवश्यक सावधानी भने अपनाउनु पर्छ ।
- स्तनपान गराउने समयमा वा बच्चाको नजिक बस्दा माक्स लगाउने, दुषित भएका भुइ वा घरका अन्य स्थानहरूहरू सफा गर्ने । बच्चालाई खुवाउनु भन्दा पहिले र बच्चालाई खुवाइसके पछि साबुन पानिले हात धुनु पर्दछ ।
- स्तनपान गराउन नसकिने बिरामी भएमा सफा कचौरामा दुध दोएर चम्चाको माध्यमबाट बच्चालाई दुध खुवाउनु पर्दछ ।