[REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. ‘कोभिड-१९’ ले अस्थायी साधनको मागमा बृद्धि | Yaunik Media
  • २०८१ अशोज २१, सोमवार
  • |
  • Monday 7th October 2024
  • ‘कोभिड-१९’ ले अस्थायी साधनको मागमा बृद्धि

    २३ चैत्र २०७६, आईतवार १३:३९

    यौनिक डेस्क /

    “लक डाउन पछि कण्डमको माग विगतको भन्दा एक चौथाइले बढेको छ र अरु अस्थायी साधनको बारेमा पनि परामर्श लिनेको संख्या अत्याधिक नै बढेको छ ।” यो भनाई सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्नका देशाभरमा लक डाउन घोषणा गरेको अवधिमा परिवार नियोजनको अस्थायी साधनहरूको माग बढेको अवस्थाका बारे जानाकारी दिने क्रममा औषधि व्यवसायी संघको पाँचथर–ताप्लेजुङ संयुक्त समितिका अध्यक्ष सुन्दरमोहन शाक्यको हो । अध्यक्ष शाक्यका अनुसार ताप्लेजुङ सदरमुकाममा अस्थायी साधनको मागहरूमा महिलाले खाने चक्की (पिल्स) को पनि झण्डै २० प्रतिशतले बढेको छ  ।

    अरूको भनाइमा पनि शाक्यकै हाराहारीमा पर्नआँउछ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका अर्का औषधि पसल सञ्चालक दिपेन्द्र पौडेलका अनुसार उहाँको पसलमा पनि कण्डमको माग साविभन्दा करिव २० प्रतिशतको हाराहारीमा बढेको छ । उहाँ भन्नुहुन्छ  “आकस्मीक गर्भनिरोधको औषिधको माग र बिक्री पनि पहिलाको भन्दा बढेको छ ।”

    अरु जिल्लाहरूका औषधि व्यवसायीहरुका अनुसार पनि परिवार नियोजनका साधनहरूमा सबैभन्दा बढी कण्डम र यसको संगसंगै आकस्मीक गर्भनिरोधको औषधिको पनि विगतमा भन्दा बढेको छ तर पौडेलको पसलमा भने आकस्मिक गर्भनिरोधको औषधि भने साविकको भन्दा बढि माग नबढेको बताउनुहुन्छ । फुङ्लिङकै अर्का औषधि व्यवसायी लाइफ फार्मेसीका सञ्चालक नारायण औझाले कण्डम र आकस्मीक गर्भनिरोधको पिल्सको माग साविक भन्दा बढी नै भएपनि प्रतिशत मै मापन भने नगरेको बताउनुभयो । ललितपुर स्थित ललितपुर नक्खीपोटका एक औषधि पसल सञ्चालक भन्नुहुन्छ “सधैको भन्दा लक डाउन भएपछि कण्डम र पिल्सको माग धेरै भएको छ । अब त पसलमा भएको जति सकिनै पनि लागेको छ ।”

    भरपुर चितवनमा पनि लक डाउनको समय शुरूभएपछि अरुसमयमा भन्दा गर्भनिरोधका अस्थायी साधनहरूको माग बढेको औषधि व्यवसायीहरूको भनाइ छ । नाम नबताउने सर्तमा भरतपुर चितवनका एक औषधि व्यवसायीले फोन मार्फन भन्नुभयो “लक डाउनको पछि अस्थायी साधनको व्यापार धेरै बढेको छ ।’ यहि लकडाउको अवस्थामा काठमान्डौंमा पनि अस्थायी साधनहरूको माग बढेको बताउछन औषधि व्यवसायीहरू । काठमाण्डौमा यी सामाग्रीहरूको विक्री प्रयोग कर्ताहरूको गोपनियता अपनाउन पर्ने अवस्थाका कारण आवास क्षेत्रमा भन्दा बढी व्यापारिक क्षेत्रमा भएको देखिन्छ । त्यस्तै काठमाण्डौका मेडिकल सञ्चालकहरूका अनुसार पसलमा अस्थायी साधन किन्न आउने अधिकांशको उमेर २० देखि ३० वर्ष भित्रका छन र ग्राहकहरू पनि महिला तथा पुरुषहरूमा करिव बरावरकै संख्या भएको अनुमान सञ्चालकहरूको छ ।

    गर्भनिरोधको पिल्स

    आकस्मिक गर्भ निरोधको औषधि किन्नका लागि चाहिं ग्राहकहरू अस्पतालको औषधि पसलमा आउने गरेको एक जना औषधि व्यवसायीको भनाइ प्रति जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ “आकस्मिक गर्भनिरोधको पिल्स किन्न चाहिं घर नजिकको पसलमा असहज लाग्ने हुनाले अस्पतामा आएका हुन ।”

    अन्लाइन र टेलिफोनबाट परार्मश सेवा दिने काठमाण्डौको एक संस्थामा पनि अहिले अस्थायी साधन, आकस्मिक गर्भ निरोधको औषधिको प्रयोग र गर्भपतनको बारेमा जिज्ञासा राख्ने र परामर्श लिनेहरूको सङ्ख्या साविभन्दा बढी भएको नाम नबताउने सर्तमा एक परामर्शकर्ताले बताउनुभयो । त्यस्तै जिल्ला अस्पतालमा ताप्लेजुङमा सेवा लिन नआएपनि टेलिफोनबाटै  पनि अस्थायी साधनको प्रयोग बारे परार्मश लिनेको संख्या लकडाउन पछिबाट बढिरहेको जिल्ला अस्पतालकि नर्सिङ निरीक्षक बिजया राई बताउनुहुन्छ ।

    व्यवसायहरू सञ्चालन नहुँदा वा अरुकारणले फुर्सदमा हुँदा कतिपय मानिसहरूको यौनसम्बन्ध र गतिविधिहरू अरू समयमा भन्दा बढि हुने गरेको पुष्टी यस अगाडि अरुबेला पनि हुने गरेको थियो । यसै हुनाले सुरक्षित यौनसम्बन्धका लागि परिवार नियोजनको अस्थायी साधनको खोजि हुनु स्वभाविकै हो ।  नेपालमा लोडसेडिङको अवधि लम्बिए पछि त्यसका परिणामहरू मध्ये काठमाण्डौ उपत्यकामा प्रजनन दर बढेको भनि सोही बेला कान्तिपुर दैनिक पत्रिकाले समाचार प्रकाशित गरेको थियो भने २०७२ सालको १९ दिने आम हड्तालको असरको रुपमा पनि यस्तै समाचारहरू प्रकाशित भएका थिए ।

    मनोसामजिक परामर्शकर्ता बसन्त तामाङ भन्नुहुन्छ, “युरोप र अमेरिकामा जस्तो महामारी नेपालमा पनि भएको भए सायद यस्तो अवस्था आउने थिएन किनकि मानसिक तनावमा कुनै पनि प्राणीले यौनसम्पर्क मनपराउदैन । डर लाग्नु, रिस बठ्नु , एकोहोरो हुनु आदि तनावका लक्षणहरू हुन । आफन्त वा आफ्नो परिवारमा कोहि संक्रमित भएको भए त तनावको अवस्था झन पढ्नेहुँदा यौनसम्बन्धको कुनै वास्तै हुदैन थियो । यस्तो बेलामा त कुरा सुन्न पनि मन  पराउदैनन ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री