[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. हात धोऊ बाबू ! | Yaunik Media
  • २०८२ बैशाख १७, बुधबार
  • |
  • Wednesday 30th April 2025
  • हात धोऊ बाबू !

    २९ चैत्र २०७६, शनिबार ०८:०८

    उरेशको छोरा-छोरीले वार्षिक परीक्षा सकिने अघिल्लो दिन नै गाउँ जान पाउनु पर्ने माग राखे। उरेशले यस पटक अरू बेला भन्दा अलि सजिलै हुन्छ भने। संयोग २-४ दिन पछि सरकारले महामारीको सम्भाव्यता टार्न बन्दाबन्दीको घोषणा गरिदियो। २-४ दिन त उसै चलायो सामान्य खान्कीमा। एक दिन उरेशलाई जोश आयो धेरै पछि सिलौटामा हातैले जिरा अकबरे खुर्सानि अदुवा लगायत मसला मसिनो सँग पिसेर तरकारी खान मन गर्यो र उसै गर्यो पनि।

    एक्लो जिन्दगी, सुरक्षाको चुनौतीको विशेष अवस्था! त्यसै साँझ एक्लो ज्यानको यौन चाहनालाई वैकल्पिक रूपमा शान्त गर्ने अवस्था आई पर्यो ।  त्यसै गर्यो ।

    जोस सक्किए पछि बल्ल उसले लिङ्गमा आगो बलेको चाल पायो । मरमसला पिसेको हातको कमाल।

    झसङ्ग भयो र बल्ल चेत खुल्यो २० सेकेन्ड सम्म साबुने पानीले मिचि-मिचि हात धुँदा धेरै फाइदा रहेछ भनेर । अरूलाई पनि उ अहिले ज्ञान दिन्छ हात धोऊ बाबू भनेर ।

    महेश्वर घिमिरे

    कोभिड १९ को लकडाउनमा

    काठमाडौं ३२

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री