[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. आमा | Yaunik Media
  • २०८१ माघ २५, शुक्रबार
  • |
  • Friday 7th February 2025
  • आमा

    ११ बैशाख २०७७, बिहीबार १४:२९

    यश्नियाँँ गजुरेल, ९ वर्ष , भी. एस. निकेतन उच्च मा. बि.

    सबैभन्दा ठूलो देवता संसारमा आमा।

    आमालाई सम्मान गर्नु मेरो ठूलो काम।।

    नजानेर कहिले कही गल्ती मैले गरे पनि।

    चित्त दुखी हजुरको, मनमा पिर परे पनि ।।

    नजानेर यसले गल्ती गरी भन्ने ठानी दिनुस।

    बालकहरू यस्तै हुन्छन् भन्ने कुरा मानिदिनुस् ।।

    संसारमा सबै भन्दा ठूलो देवता आमा ।

    आमालाई माया गर्नु मेरो ठूलो काम ।।

    सकेकी नै छैन मैले हजुरलाई खुसी दिन ।

    कहिले कही त आँसु बग्छ, भित्र भित्रै किन किन ।।

    नझोक्किनु आमा हजुर, सानो गल्ती हुँदा खेरी ।

    बालकबाट भएको गल्ती दोहोरिँदैन फेरी फेरी ।।

    अरूहरू देवता भन्छन्, मेरो देवता आमा तिमि।

    आमालाई खुसी पार्नु मेरो ठूलो काम ।।

    बालापन गाको छैन, परिपक्व भाको छैन ।

    धेरै बुद्धी आको छैन, धेरै पढ्न पाको छैन् ।।

    सानो उमेर सानो बुद्धि¸ गल्ती हुन्छन् बुझि दिनु।

    देवता भन्दा ठूलो हजुर, देवताले झै क्षमा दिनु।।

    अरूहरू ईश्वर भन्छन् मेरो ईश्वर आमा ।

    आमालाई पूज्य ठान्नु मेरो ठूलो काम ।।

    उपहार दिन मन थियो आमा सकिन किनि ल्याउन ।

    लकडाउनको बेला पर्यो यस वर्षको दिन ।।

    न्यानो माया मन भरी छ सक्दिन देखाउन नि ।

    बुझिदिनु आमा आफैले छोरीको मनमा माया छ भनि ।।

    ज्ञान बुद्धि दिनु आमा, सिकाउँदै जानु आमा ।

    Mother’s Dayको उपलक्ष्यमा आमालाई शुभकामना ।।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री