[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. लकडाउनको नौ महिनापछि व्यपक बच्चा जन्मने अनुमान | Yaunik Media
  • २०८१ माघ २५, शुक्रबार
  • |
  • Friday 7th February 2025
  • लकडाउनको नौ महिनापछि व्यपक बच्चा जन्मने अनुमान

    १३ बैशाख २०७७, शनिबार १६:४५

    एजेन्सि/

    मानिसहरू आफ्नो सामान्य जीवनयापनमा विविध क्रियाकलापहरूमा रूपमा संलग्न सक्रियभएको हुन्छ । घर कार्यालय वा व्यवसायको कामले नै फुर्सद हुँदैनथ्यो । अहिले महामारीको रूपमा फलिएको नोबल कोरोना भाइरसको कारणले विश्वका सबै देशहरू लकडाउनको परिस्थितिमा रहेको छ । मानिसहरूले आफ्नो परिवारसँग समय बिताउन परेको छ ।  अनि यो फुर्सदले अधिकांश विवाहित जोडीहरू बीचको यौनसंसर्गहरूलाई पनि  विगतको व्यस्त जीवनमा भन्दा धेरैगुणा बढि सक्रिय बनाइ दिएकोछ ।

    यसकारण पनि यो लकडाउनले अबको नौ महिना पछि विश्वको जनसङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ । समाचारहरु अनुसार लकडाउनको समयमा कतिपय ठाउहरूमा गर्भनिरोधका अस्थायी साधनरूको अभाव हुनथालेको छ । त्यसैले गर्भवती हुन नचाहने मानिसहरूलाई गर्भ निरोधक साधनहरूमा पहुँच हुन आवश्यक देखिन्छ ।

    स्विन्डोन एड्भरटाइजरले प्रकाशन गरेको एक लेखमा उल्लेख भए अनुसार, स्विन्डोनका जनस्वास्थ्य निर्देशक स्टीव म्याडरनले भने “तनावमुक्तिका लागि यौन जीवन राम्रो र आवश्यक हुन्छ, त्यसैले हामी यसलाई निरूत्साहित गर्दैनौ । हामी हाम्रो यौन स्वास्थ्य र गर्भ निरोधक सेवा प्रदायकहरूसँग उकदम मिहिनेतका साथ काम गरिरहेका छौं । यहाँ महामारीको समयमा पनि गर्भधारण गर्न नचाहने मानिसहरूका लागि सेवा उपलब्ध छ ।”‘ उनले थपे, “‘मलाई लाग्छ समग्रमा गर्भवस्थाको दरमा वृद्धि देख्न सकिन्छ तर आवश्यक पर्ने मानिसहरूलाई सेवा सुविधामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्छौ ।’    

    स्रोत:- https://www.swindonadvertiser.co.uk/news/18374007.coronavirus-lockdown-mean-swindon-baby-boom-says-new-director-public-health/

    तपाइको मत
  • भिडियो सामाग्री