परोपकारी संस्थाहरूले संकटमा महिलाहरूलाई गर्भ निरोधक सेवा र सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनलाई दबाब दिएका छन ।
एजेन्सि/ विश्व स्वास्थ्य संगठनलाई कोरोना महामारीको क्रममा गर्भपतनलाई पनि अत्यावश्यक स्वास्थ्य सेवा घोषणा गर्न आग्रह गरिएको छ ।
गत हप्ता जारी गरिएको निर्देशनमा विश्व स्वास्थ्य संगठनले सबै सरकारहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवाहरू पहिचान गरि प्राथमिकता दिन सल्लाह दियो, जसअनुसरा प्रजनन् स्वास्थ्य सेवाहरूको पिन सूचि बनाइयो । संगठनले गत महिना प्रकाशन गरेको क्लिनिकल दिशानिर्देशनहरूमा ‘कोभिड-१९ को स्थितिलाई ध्यानमा राखेर गर्भ निरोध र सुरक्षित गर्भपतनमा पहुँच सहित महिलाको यौन र प्रजनन् स्वास्थ्य सेवाको अधिकारको सम्मान गरिनु पर्दछ’ भनिएको थियो ।
मेरी स्टाप्स इन्टरनेसनलका सीईओ साइमन कुकले भने कि डब्लुएचओले कडा घोषणा गरे सबै देशहरूले गर्भपतनलाई सार्वजनिक स्वास्थ्यको दृष्टिकोणले हेर्न मद्दत पुर्याउँछ । सरकारहरूले संकटकालमा गर्भपतन सेवाहरूको सुरक्षाको लागि आह्वानहरू गरिरहेका छन् । एकसयवटा एनजीओहरूको संयुक्त बक्तब्य जारी गरी युरोपेली राज्यहरूलाई लकडाउनको बेला महिलाहरूलाई सहयोग पुर्याउने नँया तरिकाहरू पत्ता लगाउन आग्रह गरे, जसमा अनलाइन परामर्श मार्फत सल्लाह सुझाव दिने । जसमा युकेमा गत महिना महिलाहरूलाई घरमा गर्भपतनको औषधि लिन अनुमति दिएका थिए । अमेरिकामा प्रजनन अधिकार केन्द्रले राज्यमा आपत्कालिन मुद्दा दायर गरेको छ, जुन महामारीको समयमा गर्भपतन प्रतिबन्ध गर्न विधायिकाले चालेका कदम विफल पार्न सक्छ । सिइओ कुकले भने ‘हामीलाई र अनिश्चित गर्भधारण भएका महिलाहरूका लागि यो अत्यन्त चिन्ताजनक विषय र महत्वपूर्ण समय हो ।
गत हप्ता, मेरिस्टप इनटर्नेशनलले सजग गराएको थियो कि यस महमारीको कारण यस वर्ष ९.५ लाख महिला र युवतीहरूको परिवार नियोजनको सेवामा पहुँच पुग्नेछैन, जसको परिणाम स्वरूप तीन लाख अनिच्छित गर्भधारण र २.७ लाख असुरक्षित गर्भपतन हुन सक्छ । यो स्पष्ट छ कि गर्भपतन धेरै जसो पहिलो ३ महिनामा गरिन्छ, जसले तिनिहरूलाई सुरक्षित बनाउँछ । जुन देशहरू लकडाउनमा छन् वा हिडडुल कम हुन्छ, ती देशका महिलाहरूले प्रजनन स्वास्थ्य सेवा लिन लामो समय कुर्नु पर्छ र प्रक्रिया जटिल हुन्छ’ कुकले भने । उनी यसलाई जोड्दै भान्छन्, ‘बेलायतमा अन्तिम अवस्थामा गर्भपतन गराउन सक्ने पूर्वाधारहरू छन् तर धेरै देशहरू गर्भ निरोधक सेवाहरूको विकल्पमा काम गर्न सक्दैनन् त्यसैले असुरक्षित गर्भपतन जटिल र जोखिम बन्दै जान्छ ।’ उनले भने ४ प्रशत असुरक्षित गर्भपतन र १३ प्रतिशन मातृ मृत्युको बीचमा जीवन बचाउनका लागि गर्भपतन ‘एकदम आवश्यक’ थियो ।
स्त्री रोग र प्रसूति विज्ञान अन्तराष्ट्रिय संघको अध्यक्ष डा. जीन कोनरीले भने, महिलालाई गर्भपतनमा पहुँच हुन महत्वपुर्ण छ र यो चाहिन्छ । अन्यथा हामीले बढी अनावश्यक गर्भधारण, बढी मातृ मृत्युदर र बढी असुरक्षित गर्भपतन देख्नेछौ । ‘गर्भपतन वैकल्पिक प्रक्रिया होइन, यो महिलाको स्वास्थ्य सेवाको अत्यावश्यक अंश हो । यो ठ्याक्क समयमा निर्भर छ ।’ उनले भने कि टेलिमेडिसिन, जहाँ महिलाहरू इन्टरनेटमा डाक्टरहरूसँग कुरा गर्न सक्दछन्, ‘अहिले आलोचित’ छ ।
आइपीपीएफले भन्यो कि यस महासंघ अन्तर्गतका २ सदस्य (राष्ट्र) संघहरूले काभिड-१९ को कारणले गर्भपतन सेवा घटाउनु परेको छ । गर्भ निरोधक र एचआईभीको औषधीहरूको अभाव भएको कारण ६४ देशहरूमा ५ हजार ६ सय क्लिनिक पहिले नै बन्द भइसकेका छन । ‘यी तथ्यांकले देखाउँदछ कि विश्वभरी करोडौ महिला र युवतिहरूले आफ्नो स्वास्थ्य र शरीरहरूको ख्याल राख्ने प्रयासमा अझ ठूलो चुनौतीको सामना गरिरहेका छन्’, आईपीपीएफका महानिर्देशक डा.अल्भारो बर्मेन्योले भने ।
स्रोत:- https://www.google.com/amp/s/amp.theguardian.com/global-development/2020/apr/10/declare-abortion-a-public-health-issue-during-pandemic-who-urged
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)