[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. महिनावारी | Yaunik Media
  • २०८२ जेष्ठ ३२, शनिबार
  • |
  • Saturday 14th June 2025
  • महिनावारी

    १५ जेष्ठ २०७७, बिहीबार १४:३१

    पाठेघरको विकाससँगै महिलामा हेर

    २८ दिनको पिरियड हो नमान है धेर

    सरसफाईम ध्यान देउ अरूबेला भन्दा

    पोषिलो र तागतिलो खानेकुरा खाँदा ।।

    महिनावारी, परसर्ने धेरै नामले चिन्छन

    छाउपडी प्रथा हेर कतिको ज्यान लिन्छन

    सचेत बनौं सभ्य बनौ नमानौ है पर

    सफासुग्गर बनिकन बस आफ्नै घर ।।

    रजस्वता चक्र हेर प्राक्रतिक नियम

    अशिक्षा र अन्ध विश्वा हामी बढि चिनौं

    समयको चक्रसँगै सुधारौं है बानी

    हामी सचेत भयौ भने क्यै गर्दैन हानी ।।

    देवीदेउता रिसाउलान भन्ने भान मात्र

    स्कूल कलेज पढ्न जाने सबै जना छात्रा

    सचेतना फैलाउन पर्छ गाउँगाउँमा

    ज्यान गुमाउन नपरीस है छाउपडीको ठाउमा  ।।।

    महेश अधिकारी , शिक्षक , मैवाखोला मा वि ताप्लेजुङ

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री