[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. किशोरीहरूको महिनावारी सरसफाइ तथा व्यवस्थापनका लागि अभिभावक, किशोरी, किशोर र विद्यालयको भूमिका । | Yaunik Media
  • २०८१ माघ २७, आइतवार
  • |
  • Sunday 9th February 2025
  • किशोरीहरूको महिनावारी सरसफाइ तथा व्यवस्थापनका लागि अभिभावक, किशोरी, किशोर र विद्यालयको भूमिका ।

    ५ भाद्र २०७७, शुक्रबार १०:१९

    अभिभावक

    • अलग्गै नराखी घरका परिवारसँगै राख्ने ।
    • परम्मराका नाममा सामाजिक विभेद नगर्ने, ।
    • दहिदुध, फलफुल लगायतका पोषिलो खाने कुराहरूको उचित प्रबन्ध मिलाउने ।
    • सहानुभूति र मायाँ गरेको अनुभूति गराउने ।
    • सरसफाइका लागि आवश्यक  सामाग्रीहरूको व्यवस्था मिलाउने ।
    • आफ्नो सँस्कार अनुसार कार्य गर्ने तर हिंसा हुने कुनैपनि किसिमको कार्य नगर्ने र गर्न नदिने  ।
    • विद्यालयमा पढ्न पठाउने ।
    • बाल अधिकार प्रति प्रतिबद्ध असल अभिभावकको उदाहरूण प्रस्तुत गरी समुदायमा पनि परिवर्तनका लागि निरन्तर प्रयास गर्ने ।

    किशोरीहरू

    • सामुहिक अभियानका लागि संगठित हुने जसमा  महिनावारी सम्बन्धी सरसफाइका साथै महिनावारीसँगै आउने गरेको विभेद तथा हिंसाहरूका विरुद्ध आवाज उठाउने ।
    • महिनावारी सरसफाइ तथा व्यवस्थापनका लागि विद्यालयमा किशोरीहरू स्वयंले पनि समुहिक माग राख्ने र व्यवहार परिवर्तनका लागि अभियान सञ्चालन गर्ने ।
    • महिनावारी हुँदा आफ्नो लागि गर्नुपर्ने तयारीहरू गर्ने  ।
    • हरेक दिन नुहाउने र आफ्ना यौनाङ्गहरूको पनि राम्रोसँग सफाइ गर्ने ।
    • घरेलु स्यानिटरी प्याडको प्रयोग गर्दा प्रयोग गरिसकेपछि साबुन पानीले धोएर राम्रोसंग घाममा सुकाएर मात्र सफा कपडाको प्रयोग गर्ने ।
    • महिनावरी हुँदा मानसिक तनाव भएमा वा कुनै अप्ठ्यारो महसुस हुँदा आफ्नो परिवारको सदस्य वा मिल्ने साथीहरूसँग आफुले गरेको अनुभूतिका बारेमा कुरा गर्ने ।
    • महिनावरी गढ्बढी भएमा जानेका व्यक्ति वा स्वास्थ्य कर्मीसँग सल्लाह लिन नहिच्किचाउने ।
    • महिनावारी वा अन्य यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या वा जिज्ञाशाहरूका बारेमा शिक्षक वा स्वास्थ्य कर्मी वा अरू कसैसाँग खुलेर कुरा गर्ने आत्मबलको विकास गर्न कोशिश गर्ने ।
    • महिनावारीका सम्बन्धमा अभिभावक वा परिवारका सदस्यहरूसँग आफुले गरेको अपेक्षाहरू खुलेर कुरा गर्ने ।
    • वेबसाइडमा महिनावारी स्वास्थ्य सम्बन्धी खोजी गरी नयानयाँ कुराका ज्ञानहरू लिने र साथीहरूलाई पनि सो को बारेमा जानाकारी गर्ने ।

    किशोरहरू

    • महिनावारी सम्बन्धी भ्रमहरूको विरुद्ध निरन्तर आवाज उठाउने ।
    • महिनावारी भएका किशोरी साथीहरू प्रति किशोरहरूलाई जस्तै समान व्यवहार गर्ने ।
    • साथी, दिदी, बहिनी वा आफन्त (किशोरी) महिनावारी भएको थाहा हुँदा अरु बेलामा भन्दा बढि असल व्यवहार अपनाउने ।
    • विद्यालयमा महिनावारी सम्बन्धी सरसफाइ तथा व्यवस्थापनको लागि किशोरीहरूको माग प्रति समर्थन गर्ने र व्यवस्थापनमा सहयोग जुटाउने ।
    • आफ्नो परिवारमा पनि दिदीबहिनीहरू महिनावारी हुँदा आवश्यक सहयोग गर्ने र गलत परम्पराका विपक्षमा आफ्नो मत राख्ने ।
    • अभिभावकहरूललाई सम्झाउन र व्यवाहार परिवर्तन गराउन निरन्तर प्रयास गरिरहने ।

    विद्यालय

    • महिनावारी प्रकृतिको वरदान हो त्यसैले यसको सम्मान गर्नुपर्छ भन्ने शन्देशलाई प्रत्येक विद्यार्थी र शिक्षकहरू बीच स्थापित गराउने ।
    • छात्रा सौचालयको व्यवस्था गरी सरसफाइको समेत प्रबन्ध मिलाउने ।
    • प्याड फेर्दा विसर्जन गर्ने व्यवस्था मिलाउने ।
    • विद्यालयमा सम्भव भएसम्म निशुल्क र सम्भव नभए बजार भाउ भन्दा निम्नतम मूल्यमा प्याडको व्यवस्था मिलाउने
    • विद्यालयलाई किशोरकिशोरी मैत्री वातावरण बनाउने ।
    • सबै शिक्षक तथा कर्मचारीहरूलाई समेत  महिनावारी, महिनावरी सम्बन्धी सरसफाई र व्यवस्थापमनको साथै बृहत यौनिकता शिक्षाका बारेमा अभिमूखिकरण गर्ने,
    • विद्यार्थीहरूलाई महिनावारी हुने उमेर भन्दा पहिला देखि नै महिनावारी सम्बन्धी ज्ञान दिने र महिनावारी हुदा अपनाउन पर्ने जीवनोपयोगी सीपको विकास गर्न मद्दत गर्ने  ।
    • महिनावारी हुँदा आउने मानसिक तनाव कम गराउने किसिमका ज्ञान तथा जीवनोपयोगी सीप विकास गर्ने तयार गर्ने ।
    • विद्यालयका महिला शिक्षकहरूले पनि महिनावारी हुँदा  विद्यार्थीहरूलाई दिइएको शिक्षा जस्तै आफुले पनि व्यवहारमा अपनाउने । 
    तपाइको मत
  • भिडियो सामाग्री