[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. महिनावारीको दुखाइ घरै व्यवस्था गर्न सकिने | Yaunik Media
  • २०८१ चैत्र १, शनिबार
  • |
  • Saturday 15th March 2025
  • महिनावारीको दुखाइ घरै व्यवस्था गर्न सकिने

    ८ भाद्र २०७७, सोमबार २१:०१

    यौनिक डेष्क /

    प्रायः महिलाहरू र विशेषगरी युवातीहरू र किशोरीहरूलाई महिनावारी हुँदा कुनै बेला तल्लो पेट दुखेको हुन्छ । अलिअलि दुख्नु साधारण कुरा हो तर कुनैबेला निकै दुख्न पनि सक्छ । महिनावारीको अवधिमा गर्भधारण नहुने पक्कापक्की भइसकेपछि पाठेघरमा बच्चाको लागि भनेर जम्मा भएका  अनेकौं किसिमका रक्तकोशिकाहरू पाठेघरको भित्ताबाट खुस्किएर पाठेघरको मुख हुँदै झर्छ र योनी हुँदै रगत जस्तो रातो तरल पदार्थ बाहिर निस्कन्छ । त्यसरी निस्कनुलाई रक्तस्राप भएको भनिन्छ । बाहिन निस्कने क्रममा पाठेघरको मुख खुल्दछ र रक्तस्राप बन्दभएपछि मुख पनि बन्द हुन्छ । महिनावारी हुँदा तल्लो पेट दुख्नुको कारण कुनै बेला पाठेघरको मुख राम्रोसँग नखुलिदिनाले हो । जसको कारण ती रक्तकोशिकाहरू पाठेघरको मुखमा रोकिन्छन । त्यसलाई निष्काशन गराउनका लागि पाठेघर खुम्चन र फुक्न थाल्छ । त्यसरी पाठेघर खुम्चिदा नै तल्लो पेट र ढाड दुखेको हो । यसलाई पाठेघर बाउँडिएको पनि भनिन्छ । यसरी हुने दुखाइलाई निको पार्न केहि उपयहरू घरमै अवलम्बन गर्न सकिन्छ । ती मध्ये केहि तल उल्लेख गरिएको छ ।

    तातो पानीले नुहाउने

    घरको बाथरुममा हटसावर छ भने मज्जाले हटसावरमा सहन सकिने तातोमा नुहाउने । यदि छैन भने पानी ताएर नुहाउने । त्यो पनि सम्भव नभएमा थैलामा तातोपानी हालेर (Hot bag) दुखेको ठाउँमा निकैबेरसम्म सेक्ने । तातो बनाउँदा पाठेघरको मुख खुल्न सहजहुन्छ र ती रक्तकोशिका बाहिर निस्कन्छ । तातो पानीले सेक्दा तातोपानी वा अरू किसिमको तातो खोले वा पोषिलो किसिमको सुप  पिउदा झन राम्रो हुन्छ ।  

    व्यायाम गर्ने

    महिनावारी हुँदा पेट दुख्ने लक्षण थाहा पाएपछि हल्का किसिमको व्यायाम गर्ने । जसमा विस्तारै पुसअप, सिटअप, डोरी नाघ्ने (skipping), आँगन वा छत वरिपरि विस्तारै कुद्ने (Jugging) आदि । व्यायामले पाठेघरको मुखमा हल्का दवाव पर्नसक्छ र विस्तारै जिउ तात्दै जानाले रक्तस्राप हुन्छ । रक्तस्राप राम्रोसँग भएपछि सम्पूर्ण दुखाई हराउछ र सन्चो हुन्छ ।

    नियमित कसरत गर्ने

    पेट दुखेको बेलामा मात्र होइन । आफुलाई नियमित कसरत गर्ने बानी लगाएमा जिउका सबै भागमा रगत राम्रोसँग सञ्चालन हुन्छ र फुर्तिलो होइन्छ । कसरतले गर्दा पेटका मांसपेशीहरू बलिया हुन्छन् । जसका कारण पेट तथा ढाडका मांसपेशीहरू पनि बलियो हुँदा पाठेघरको मुख राम्रोसँग नखुले पनि पाठेघरको एक्कैछिनको दवापछि रक्तस्राप हुन्छ । जसको कारण उक्कैछिन दुख्दादुख्दै रक्तस्राप हुन्छ र छिट्टै सन्चो हुन्छ ।

    पोषिला खानेकुरा खाने

    महिनावारी सुरु हुनुपूर्व देखि नै थप पोषिला खानाहरू खान थाल्नुपर्छ र रक्तस्राप भइन्जेलसम्म पनि खानुपर्दछ । नियमित रुपमा यसो गर्नाले कम्जोर भइदैन र महिनावारीको बेला हुने पेट दुखाइ कम हुन्छ । दुखाइ भएपनि लामो समयसम्म हुदैन । बजारमा पाइने तयारी खाना (जङ्कफुड) बाहेक सबै खाना पोषिला नै हुन तर सबै किसिमका खाना मिलाएर ठिकठीक समयमा प्रशस्त मात्रामा खानुपर्छ । ती खानाहरू मध्येमा पनि  फलाम तत्व, भिटामिन, खनिज तत्व भएका खाना अनिवार्य खानुपर्दछ  । जस्तैः हरियोपरियो तरकारी, पहेला फलफूल, गेडागुडि, दहिदुध, आदि ।

    परामर्श र उपचार

    यी विधिहरू अपनाइरहँदा पनि कुनैबेला दुखाइमा कमि आएन भने स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्ने र सुझाव अनुसार उपचार विधि पनि अपनाउने । कहिले काहिँ कसैलाई धेरै मानसिक तनावका कारणले पनि महिनावारीको दुखाइ महशुस भएको हुनसक्छ । यदि यस्तो अवस्था भएमा मनोचिकित्कसँग पनि परामर्श लिन पर्नेहुनसक्छ ।  

    तपाइको मत
  • भिडियो सामाग्री